के.सी. K.C., ध्रुव Dhrub2022-07-132022-07-132014https://hdl.handle.net/20.500.14540/11703नेपाल सामाजिक सांस्कृतिक तथा भौगोलिक विविधताले भरिपूर्ण राष्ट्र हो । यहाँ विभिन्न जातजाति र भाषभाषीको बसोबास रहेको छ । यहाँका १०२ जातजातिहरूमध्येमा सीमान्तकृत अल्पसंख्यक पेशागत सार्की पनि पेसागत जाति हो । सार्की जातिलाई पहिला पहिला देखिनै सार्की भनिन्थ्यो भने आजकल युवापिढीहरू नेपाली, बस्याल, चर्मकार, रोक्का, मिजार आदि लेख्ने गरेको पाइन्छ । सार्की जातिको परम्परागत पेशामा आएको परिवर्तनको कारण समाजशास्त्रीय अध्ययनको विषयभित्र हुँदा र यस अध्ययनले आधुनिकीकरणसँगै परम्परागत पेशाहरूलाई विस्थापन गर्ने प्रवृत्तिको अध्ययन गरिएको छ । यो अध्ययनमा कास्की जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने लामाचौर गाविस वडा नं. ३ को दुई गाउँ खत्रीडहर÷भक्तीनाथमा रहेका सार्की समुदायलाई छनोट गरिएको छ । यस अध्ययनबाट सार्की लगायत अन्य पेसागत जातिको परम्परागत पेशामा आएको परिवर्तन प्रवृत्ति बुझ्न अध्ययनले सहयोग पु¥याएको छ । २०५८ सालको राष्ट्रिय जनगणना अनुसार नेपालभर सार्की जातिको जनसङख्या ३१८९८ रहेको छ । जुन कुल आँकडाको १.४०% हुन आउँछ भने शोधपत्र तयारीका व्रmममा लामाचौर गाविस वडा नं. ३ खत्रीडहर, भक्तीपथमा गरिएको अध्ययन अनुसार ३७ घर धुरीको जनसङख्या १६१ रहेको छ । जसमा महिला ८० जना र पुरुष ८१ जना रहेका छन । जसमध्येबाट २० घरधुरीबाट प्रत्येक घरबाट १ जना पर्ने गरी २० जना सार्की मध्येबाट परम्परागत पेसा र परिवर्तित पेसा अपनाएका विद्यार्थी युवापिढी, राजनैतिक कार्यकर्ताको बारेमा वैयक्तिक अध्ययन गरिएको छ । सार्की जातिले परम्परागत पेशाका रूपमा छालाको काम गर्ने÷जुत्ता सिलाउने, हलि बस्ने, मजुरी, कृषि पेशा अपनाएको पाइयो । परम्परागत रूपमा साकीक्षर्् जातिहरू छालाको काम गर्ने÷जुत्ता सिलाउने मादल बनाउने र चाडपर्व मेलामा लगेर टाढासम्म पुगेर बेच्ने गर्दथे । मुजुरीको रूपमा वार्षिक अन्न धान पाउने गरी साहु महाजनकहाँ हलो जोत्न गरेको गर्दथे । हिन्दु धर्मालम्ब्ी सार्की जाति समय व्रmममा यही पेश ागर्ने जातिका रूपमा परिचित छन । तर यिनीहरूलाई सामाजिक धार्मिक हिसाबले अछुत जातिमा राखी छुवाछुतको भेदभावपूर्ण व्यवहार गर्दै आएको पाइयो । सार्की जातिमा परम्परागत पेसाहरूबाट जीवन निर्वाह नहुने महसुस गरी आधुनिकीकरणसँगै विभिन्न पेसा अपनाउने लहर चल्यो रोजगारी, व्यापार, वैदेशिक ख् रोजगारी, स्वदेशी जागिर ज्याला मजदुरी जस्ता अवसरहरू प्राप्त हुने अवस्थामा परम्परागत पेशा छाडदै गएको र आधुनिक पेशा अपनाउँदै गएको पाइन्छ । आधुनिकीकरण सँगै परम्परागत पेसा विस्थापन भई नयाँनयाँ पेसाको सृजना हुँदै गएका छन । यसले समाजशास्त्रीय अध्ययनकर्ता र योजनाकारहरूलाई सार्की जाति लगायत अन्य पेशागत जातिका उत्थानमा कार्यव्रmम तय गर्न र नीति बनाउन सहयोग पुग्ने आशा लिइएको छ । भने समाज र परिवार गरी त्यस अन्तर्गत देखिएका परिवर्तनको अध्ययन गर्दै सार्की समुदायको जीवनस्तर पेसा परिवर्तनमा केन्द्रित रही प्रस्तुत अध्ययनले विश्लेषणात्मक अवधारणात्मक योजना बनाएको छ । सार्की समुदायले परम्परागत पेशाबाट जीवन निर्वाहमा कठिनाई भएको समाजले हेलत्वको दृष्टिले हेरेको, नियमित आम्भ्दानी नहुनु, ज्यालामा कमी भएको कारणले र आधुनिकतासँगै परम्परागत पेसा छाडने र आधुनिक पेसा अँगाल्ने परिपाटीको विकास तीव्र रूपमा बढेको पाइयो । साथै स्वदेशी रोजगारी, व्यापार, वैदेशिक रोजगार, कृषि मजदुर, औद्योगिक मजदुरी, आदिमा आबद्धताले उनीहरूको जीवनस्तर केही माथि उठेको र सुधारोन्मुख रहेका र जसले गर्दा नियमित आम्दानीको स्रोत सामाजिक मर्यादा बढेको आम्दानी बढेको हुने गरेको देखिन्छ । सार्की समुदायमा रोजगारीमूलक तालिम दिने, शिक्षामा पहुँच वृद्धि गर्ने र रोजगार नभएका परिवारमा पनि रोजगारीको विकास गर्दै, मर्यादित बनाउँदै उनीहरूको सर्वाङ्गीण विकासमा ध्यान दिनुपर्ने र जुत्ता सिलाउने पेसालाई कारखानाका रूपमा विकास गर्नु पर्ने देखिन्छ । सार्की समुदायले विगतमा अपनाएका परम्परागत पेसाले उनीहरूको आवश्यकता पुरा गर्न नसककोले र उनीहरूको स्तर समाजमा तल्लो रूपमा रहेको र वैकल्पिक पेशामा संलग्न रहेका मानिस र निजको घर परिवारको समेत आम्दानीको स्तर राम्रो र समाजमा प्रतिष्ठित रूपमा बस्दै आएको पाइन्छ । उनीहरूले परम्परागत पेशा परिवर्तन गर्नु पर्नाका र पेशा परिवर्तन गर्न बाध्य पार्ने विभिन्न कारण रहेका छन जसले गर्दा जातिले आफ्नो परम्परागत पेसा एवं संस्कतिको जगेर्ना गर्न चाहँदा चाहँदै पनि नसकिरहेको पाइन्छ ।सार्की जाति Sarki Jatiपरम्परागत पेसा Paramparagat Peshaलामाचौरका सार्की जातिको परम्परागत पेसामा आएको परिवर्तनको समाजशास्त्रीय अध्ययन {Coming to the traditional occupation of the Sarki caste of Lamachaur Sociological study of change}Thesis