तिम्सीना, गीता Timsina, Geeta2022-06-072022-06-072017https://hdl.handle.net/20.500.14540/10921च्याउ फर्मको लागत लाभ विश्लेषण गरी शैक्षिक लगानीमा हुने अंश पत्ता लगाउन तयार गरिएको यस शोधपत्रको नमूना छनोटमा परेको काठमाडौँ जिल्ला कीर्तिपुर नगरपालिका वडा नं. ७ स्थित सामाजिक विकास कृषक समूहद्धारा संचालित च्याउ फर्मको लागत, लाभ, लागत –लाभ विश्लेषण र च्याउ खतीबाट प्राप्त आयबाट शैक्षिक लगानीमा हुने अंश अनुमान गर्नु यस अध्ययनको मुख्य उद्देश्य थियो । शोधपत्रको उद्देश्य पूरा गर्न परिमाणात्मक र गुणात्मक दुवै ढाँचाको प्रयोग गरी प्रमुख रुपमा प्राथमिक र अपूरा तथ्याङ्क द्घितीय स्रोतका माध्यमबाट संकलन गरी प्राप्त तथ्याङ्कलाई आवश्यकताअनुसार तालिका, स्तम्भचित्र, र वृत्तचित्रको माध्यमबाट विश्लेषण गरिएको छ । प्राथमिक स्रोतबाट तथ्याङ्क संकलन गर्न ३ वटा छुट्टाछुट्टै प्रश्नावली निर्माण गरी च्याउ फर्मका व्यवसायी, व्यवसायीका परिवार र कामदारलाई प्रत्यक्ष सोधेर संकलन गरिएको थियो भने अवलोकन सूची र छलफल निर्देशिकाको माध्यमबाट प्रत्यक्ष अवलोकन गर्ने कार्य पनि प्राथमिक तथ्याङ्क संकलनका क्रममा गरिएको थियो जसका लागि उद्देश्यमूलक र सुविधाजनक नमूना छनौटका आधारमा कीर्तिपुर न.पा. ७ मा रहेका १० वटा च्याउ फर्ममध्येबाट १० प्रतिशत हुने गरी सबैभन्दा ठूला र पुरानो सामाजिक विकास कृषक समूहद्धारा सञ्चालित एउटा च्याउ फर्मलाई छनौट गरिएको थियो । अध्ययन कार्यलाई सहज बनाउन द्घितीय तथ्याङ्कको स्रोतको रुपमा सम्बन्धित जिल्ला विकास समितिको कार्यालय, अर्थमन्त्रालय, केन्द्रीय तथ्याङ्क विभाग, नगरपालिकाको कार्यालय, विभिन्न विद्घानहरुका लेख रचना, पत्रपत्रिका र अन्य प्रकाशित र अप्रकाशित तथ्याङ्कहरुलाई आधार मानिएको थियो । यो च्याउ फर्म वि.सं २०७० सालमा रु. १२,००,००० वार्षिक १४ प्रतिशत व्याजदरमा ऋण लिई शुरुवात गरिएको थियो । यस फर्मका व्यवसायीका परिवारमा ८ जना सदस्य, ४ जना स्थायी कामदार र प्रत्येक कामदारको परिवारमा ४÷४ जना सदस्य रहेको पाइयो । फर्मका लागि आवश्यक बीउ, पराल, दाउरा, पानी लगायतका सम्पूर्ण कच्चापदार्थको नियमित आपूर्तिका लागि फर्म संचालनको शुरुवातमा नै सरोकारवाला निकायहरुसँग सम्झौता गरी सोहीअनुसार व्यवस्थित गर्दै आएको पाइयो । यस सामाजिक विकास कृषक समूहद्धारा सञ्चालित च्याउ फर्मको एक वर्ष (२०७२ साल) को लागत, आय र नाफाको आधारमा लागत पूँजीको सीमान्त क्षमता पत्ता लगाई सोही अनुसार लागत लाभ विश्लेषण गरिएको छ । यस फर्मको २०७२ सालको कुल स्थिर लागत रु.१६,१८,००० र कुल परिवर्तनशील लागत रु.२७,५१,००० गरी कुल लागत रु.४३,६९,००० रहेको पाइयो । यस फर्मले प्रति के.जी रु.८०.९० लागत लगाई च्याउको उत्पादन गरेको पाइयो । त्यसै गरी फर्मको आम्दानीको एक मात्र स्रोत च्याउको विक्री भएकाले र प्रति के.जी. च्याउ रु.११२ मा विक्री गरी एक वर्षमा ५४००० के.जी. च्याउको विक्रीबाट कुल आयको रुपमा रु.६०,४८,००० र कुल आयबाट कुल लागत कटाएर प्राप्त भएको रु.१६,७९,००० नै नाफाको रुपमा रहेको पाइयो । यस सामाजिक विकास कृषक समूहद्धारा सञ्चालित च्याउ फर्ममा लगानी गरिएका पूँजीको सीमान्त क्षमता वि.स.२०७२ सालमा ३८.४२९ प्रतिशत रहेको पाईयो जुन व्यवसायीले तिर्ने वार्षिक १४ प्रतिशत ब्याजदरभन्दा २४.४२९ प्रतिशतले बढी रहेको पाईयो । च्याउ फर्मबाट प्राप्त आयबाट शैक्षिक लगानीमा हुने अंश अनुमान गर्नका लागि क्षेत्रगत लगानीलाई विश्लेषण गर्दा व्यवसायीले वि.स २०७२ सालमा प्राप्त गरेको आय कुल रु.६०,४८,००० मध्ये रु.४३,६९,००० सोही व्यवसायको स्थिर र परिवर्तनशील लागतमा खर्च गरिएको पाइयो अर्थात कुल आयको ७२.२४ प्रतिशत त्यही व्यवसायको लागि खर्च गरिएको पाइयो भने स्वास्थ्य, उपभोग, ऋण तिर्न, सोही व्यवसायमा थप लगानी तथा अन्य विविध क्षेत्रमा कुल आयको क्रमशः ०.८३ प्रतिशत, ६.२० प्रतिशत, ३.३० प्रतिशत, ६.६१ प्रतिशत र ०.९१ प्रतिशत लगानी गरिएको पाइयो । व्यवसायीले आफनो कुल आयको ६.६१ प्रतिशत बालबालिकाको शिक्षाका लागि खर्च गरेको पाइयो । त्यसै गरी च्याउ फर्ममा कार्यरत कामदारको क्षेत्रगत लगानीलाई विश्लेषण गर्दा वि.सं २०७२ सालमा चार जना स्थायी कामदारले प्राप्त गरेको रु.७,२०,००० को औसत लगानीलाई आधार लिई सोही अनुसार सबैभन्दा बढी अर्थात कुल आयको ३८.८८ प्रतिशत उपभोगमा खर्च गरेको पाइयो भने कुल आयको ३४.७२ प्रतिशत शिक्षा क्षेत्रमा खर्च गरेको पाइयो । च्याउ फर्मबाट प्राप्त आयको शैक्षिक लगानीमा हुने अंश अनुमान गर्दा फर्मका व्यवसायीले आफनो आयको ६.६१ प्रतिशत अर्थात कुल आय रु.६०,४८,००० मध्ये रु.४,००,००० शिक्षाका लागि छुट्टाएको तथा कामदारले आफ्नो आयको ३४.७२ प्रतिशत अर्थात कुल आय रु.७,२०,००० को औसत रुपमा रु.२,५०,००० शिक्षाका लागि छुट्टाएको पाइयो । च्याउ फर्ममा तालिमको अभाव, रोगको समस्या, आवश्यक ऋणको समस्या, बजारको समस्या र अन्य समस्याहरु रहेको यस अध्ययनका क्रममा पाइयो । समग्रमा यस अध्ययनबाट च्याउ फर्ममा लगानी गर्दा पूँजीको सीमान्त क्षमता उच्च भइ व्यवसायी तथा कामदार दुवैको जीवनस्तरमा सुधार आउनुका साथै फर्मको सञ्चालनबाट पारिवारिक शिक्षामा पनि सकारात्मक प्रभाव परेको देखिन्छ । अन्तमा यस अध्ययनका निष्कर्षको आधारमा च्याउ फर्ममा लाग्ने लागतबाट उचित प्रतिफल प्राप्त हुने भएकाले यस्ता फर्ममा लगानी विस्तार गर्नका साथै च्याउ फर्ममा देखा परेका सामान्य समस्याहरुको समाधानका लागि समयमै पहल गर्न सके व्यवसाय थप प्रभावकारी हुने देखिन्छ ।neच्याउ फर्म Chayu farmशैक्षिक क्षेत्र Saikshik kshetra“च्याउ फर्मको लागत लाभ विश्लेषण र यसले शैक्षिक क्षेत्रमा पारेको प्रभाव (कीर्तिपुर नगरपालिका, काठमाडौँ {''Chayu farmko lagat labh bislesan ra yasle saikshik kshetrama pareko prabhab ( kirtipur Nagarpalika, Kathmandu)}Thesis