निरौला Niraula, कृष्ण प्रसाद Krishna Prasad2022-01-192022-01-192011https://hdl.handle.net/20.500.14540/7509१. शोधशीर्षक ः माझी भाषा र नेपाली भाषाका पदसङ्गतिको तुलनात्मक अध्ययन २. शोधार्थी ः कृष्णप्रसाद निरौला ३. शोध निर्देशक ः उपप्राध्यापक अर्जुनप्रसाद पौडेल ४. विभाग÷क्याम्पस ः नेपाली भाषा शिक्षा विभाग÷सिन्धुली बहुमुखी क्याम्पस ५. शैक्षिक वर्ष ः २०६६÷२०६७ ६. अध्याय÷पृष्ठ संख्या ः पाँच÷१५+७२+७ ७. समस्याकथन ः यो शोध पत्रको समस्याकथन निम्नानुसार रहेको छ ः १. उद्देश्य र विधेयको पदसङ्गति कसरी गर्न सकिन्छ ? (क) लिङ्गका आधारमा पदसङ्गतिको अवस्था के छ ? (ख) वचनका आधारमा पदसङ्गतिको अवस्था के छ ? (ग) पुरुषका आधारमा पदसङ्गतिको अवस्था के छ ? (घ) काल, पक्ष र भावका आधारमा पदसङ्गतिको अवस्था के छ ? (ङ) आदरका आधारमा पदसङ्गतिको अवस्था के छ ? २. नाम र सर्वनामका बीच पदसङ्गति कसरी गर्न सकिन्छ ? ३. विशेषण र विशेष्यका बीच पदसङ्गति कसरी गर्न सकिन्छ ? ४. भेदक र भेद्यका बीच पदसङ्गति कसरी गर्न सकिन्छ ? ८. अनुसन्धानको उद्देश्यः यस अनुसन्धानको निम्न अनुसार रहेको छ ः (क) पदसङ्गतिको परिचय दिनु, (ख) माझी भाषामा प्रयोग हुने उद्देश्य विधेय (लिङ्ग, वचन, पुरुष, काल, पक्ष, भाव, र आदर) का आधारमा देखिने पदसङ्गति, सर्वनामको सङ्गति, विशेषण—विशेष्य सङ्गति र भेदक भेद्यको पदसङ्गतिलाई नेपाली भाषाको पदसङ्गतिसँग तुलना गरी अध्ययन गर्नु, (ग) माझी भाषाको पदसङ्गतिको वैशिष्ट्यहरु केलाउनु, (घ) माझी भाषा र नेपाली भाषामा रहने पदसङ्गतिका बीच समानता र असमानता पहिचान गर्नु, (ङ) निष्कर्ष र सुझाव दिनु । ९. अध्ययन विधिः माझी र नेपाली भाषासम्बन्धी पदसङ्गगितका बारेमा तुलनात्मक अध्ययनका निमित्त लिङ्ग, वचन, पुरुष, आदर, काल, पक्ष र भावसम्बन्धी नेपाली भाषाका पद एवम् वाक्यहरु निर्माण गरिएको छ । यसरी निर्मित ती पद, पदावली, वाक्यहरुलाई माझी भाषा बोल्ने वक्ताहरुको सहयोगमा माझी भाषामा रुपान्तरण गरिएको छ । प्राथमिक स्रोतका आधारमा प्राप्त सामग्रीहरु विभिन्न भाषाविद्हरुद्वारा लेखिएका व्याकरण ग्रन्थ एवम् अन्य भाषा पुस्तकहरुका आधारमा तुलनात्मक विश्लेषण गरिएको छ । अनुसन्धेय सामग्री सिन्धुली जिल्ला कमलामाई नगरपालिका र रानीवास गा.वि.स. सँग सम्बन्धित छ । १०. मुख्य प्राप्ति ः यस अध्ययनका निम्नलिखित उपलब्धि छन्ः (क) माझी भाषा सर्वनामको एकवचन रुपलाई बहुवचनमा लाँदा इ, आइ वा ल प्रत्यय जोडिन्छ । एकवचन बहुवचन मुइँ (म) हाइँ (हामी) तुइ (तँ, तिमी), तोरा (तपाई) तोराइ (तिमीहरु, तपाईहरु) ह्य (यो) होइ (ऊ, उनी, त्यो) हेल (यिनीहरु), होल (उनीहरु, तिनीहरु) (ख) विशेषणको लिङ्गगत र वचनगत भेद नेपाली भाषामा झैं माझी भाषामा पनि पाइन्छ । पुलिङ्ग स्त्रीलिङ्ग काड्ड (कालो) काड्डि (काली) स्यान्ख (सानो) स्यान्खि (सानी) मज्जार÷माहाँल (राम्रो) मज्जारि÷माहाँलि (राम्री) ठोना (छुच्चो) ठोनि (छुच्ची) एकवचन बहुवचन बङ्ख÷बङ्खि (ठूलो÷ठूली) बउँडाइ (ठूला) माहाँल÷माहाँलि (राम्रो÷राम्री) माहाँलाइ ( राम्रा) काड्ड÷काड्डि (कालो÷काली) काड्डाइ (काला) (ग) माझी भाषामा विशेष्यको बहुवचनमा फेर्न ‘हरु’ को समानार्थी ‘ल’ जोडिन्छ । एकवचन बहुवचन बर्दइ (गोरु) बर्दइल (गोरुहरु) माछ (माछो) माछाल (माछाहरु) मानुस् (मानिस÷मान्छे) मान्छेल (मानिसहरु÷मान्छेहरु) सोरि (सँुगुर) सोरिल (सँुगुरहरु) (घ) भेदक विशेषणमा जोडिने षष्ठि विभक्तिका चिह्न (को, का, की, रो, रा, री, नो, ना, नी) को प्रयोग माझी भाषामा (कर÷क्र, क्रि, क्रा, र, रि,राइ, ने, ने, नाइ) का रुपमा गरिन्छ । (ङ) एउटै रुपमा लेखिने शब्द, वाक्यको उच्चारणका आधारमा फरक पाइन्छ । तोरा—तपाई, तिमी (छोटो समयमा उच्चारण) तोराः तपाई (लामो समयमा उच्चारण) तोराः को प्रयोग अति आदर जनाउने ज्वाइँ, सम्धी र मीतका लागि प्रयोग गरिन्छ । उहाँ भात खानुहुन्छ । उ भात खाइछइ । (नरम ढङ्गले उच्चारण गर्दा) ऊ भात खान्छ । उ भात खाइछइ । (कडा ढङ्गले उच्चारण गर्दा ) (च) माझी भाषामा तपसिल विभक्ति, नामयोगीहरुलाई निम्न रुपमा प्रयोग गरिन्छ । ले —न् बाट—बाटे सँग—सिन् माथि—उप्र जस्तै ः हरिले किताब पढ्यो । — हरिन् किताब पढ्ले । (छ) माझी भाषामा सामान्य वर्तमान कालमा धातुमा छुँ÷छे÷छस्÷छ÷छइ÷छत्, सामान्य भूतकालमा धातुमा नाइँ÷ले ÷लि÷लसइ÷लिसइ र सामान्य भविष्यत कालमा धातुमा नार+आछुम÷आछे ÷आछस् ÷आछ÷आछत आदि कालिक प्रत्यय गाँसिन्छ । (ज) माझी भाषामा अपूर्ण पक्ष जनाउन धातुमा तिन् प्रत्यय गाँसी सहायक क्रिया लेखिन्छ । नेपाली माझी म किताब पढ्दै छु । मुइँ किताब पढ्तिन् आछुम् । (गछुँ) उनीहरुले काम गर्दै थिए । होल काम गर्तिन गर्तिनि । मैले भात खाँदै हुनेछु । मुइँ भात खाइतिन् हकनारआछुम् । (झ) माझी भाषामा पूर्ण पक्ष जनाउन धातुमा ल÷आइ प्रत्यय थपी सहायक क्रिया लेखिन्छ । मुख्य क्रिया सहायक क्रिया पूर्ण वर्तमान धातु+ल÷आइ आछुम्÷आछे ÷आछस् ÷आछ÷आछत्÷ पूर्ण भूत धातु+ल÷आइ गर्तेनाइँ÷रइनाइँ÷रइले ÷गर्तेले÷रइल÷गर्तेल पूर्ण भविष्यत् धातु+ल÷आइ हक्नारआछुम्÷हक्नारआछे÷हक्नारआछस्÷ हक्नारआछ÷हक्नारआछत् जस्तैः मैले आँप खाएको छु । मुइँ आँम खाइल आछुम् । (ञ) माझी भाषामा अज्ञात भूत जनाउने क्रिया धातुमा सइ÷छइ÷छुम्÷आछे आदि प्रत्यय गाँसी बनाइन्छ । मैले कथा लेखेछु । मुइँ कथा लेख्लआछुम् । बालक रोएछ । बालक कानल्सइ । (ट) अभ्यस्त पक्षा जनाउने क्रिया धातुमा नाइँ÷ले÷ल आदि प्रत्यय लगाइन्छ ः बस्थें—बस्तेनाइँ जान्थ्यौं —जाइतेले । (ठ) माझी भाषामा द्वितीय पुरुष दुवैमा वचनमा भाव जनाउने क्रिया रुपमा लान सकिन्न । नेपाली माझी तँ ठूलो भएस् । × तिमी ठूलो भए । × (ड) माझी भाषामा अनिश्चयबोधक क्रियालाई निषेधात्मक क्रियामा बदल्न ‘बइ’ थपिन्छ खाइँछु (खान्छु) —बइखाइँछु (खाँदिन) खाइनाइ (खाएँ) —बइखाइनाइँ (खाँदिन) (ढ) हलन्त उच्चारणानुसार अक्षर आधा नलेखी पूरै अक्षर लेखेर त्यसलाई हलन्त दिने गरिन्छ ।otherमाझी भाषा Majhi languageनेपाली भाषा Nepali languageतुलनात्मक अध्ययन Comparative studyमाझी भाषा र नेपाली भाषाका पदसङ्गतिको तुलनात्मक अध्ययन {Comparative Study of Majhi Language and Nepali Language}Thesis