धर्मराज सिंहयादव, शिवदयाल2026-03-302026-03-302071https://hdl.handle.net/20.500.14540/26112औपचारिक प्राथमिक शिक्षामा विभिन्न कारणले विद्यालय जान नसकेका जस्तै घरायसी जिम्मेवारी बहन गर्नुपर्ने, गरिबीको कारणले श्रम गरेर जीविका चलाउनु पर्ने, परिवारका सदस्यहरुलाई काममा सघाउनु पर्ने र ५ वर्षको प्राथमिक शिक्षालाई पूरै समय दिन नसक्ने सहरी, अर्धसहरी र औद्योगिक क्षेत्रका ८–१४ वर्ष उमेर समूहका बालबालिकाहरुका सामाजिक पृष्ठभूमि र उनीहरुको शैक्षिक उपलब्धि पहिचान गर्नुका साथै शोधप्रस्तावमा उल्लेखित उद्देश्यहरु प्राप्त गर्न अपनाइनुपर्ने सम्पूर्ण प्रक्रियाहरु पूरा गरी यो शोधपत्र तयार पारिएको छ । अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रमको उपलव्धिशीर्षक छनोट गरि गरिएको यस अनुसन्धानले ८–१४ उमेर समूहका औपचारिक शिक्षाबाट बञ्चित बालबालिकाहरुको शौक्षिक उपलब्धि विकासमा विशेष सहयोग पु¥याउने अपेक्षा गरिएको छ । यस अध्ययनमा सहभागीहरुको लिङ्ग, उमेर, मातृभाषा, सामाजिक, आर्थिक र व्यवसायिक अवस्थाको पहिचान गर्नु अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रममा केटा, केटी र उपल्लो जातिका र तल्लो जातिका बालबालिकाहरुका शैक्षिक उपलब्धि तुलना गर्नु र कार्यरत सहजकार्ता र सहभागीहरुको कार्यक्रमप्रतिको धारण पत्ता लगाउनु रहेको थियो । अध्ययनको फाइल, प्रश्नपत्र र अन्तर्वार्ता प्रश्नावली प्रयोग गरिएको थियो । अध्ययन क्षेत्रका विद्यार्थीहरुको उपलब्धि हेर्नका लागि अनौपचारिक शिक्षा कार्यक्रमका ३९ जना बालबालिकाहरुकोे परीक्षा लिइएको थियो भने अन्तर्वार्ताका लागि २ जना सहजकार्ता र १० विद्यार्थीहरुलाई छनोट गरिएको थियो । सहभागीहरु मध्ये अधिकांश केटीहरु (६७%) र उमेर अनुसार १०–१५ वर्ष उमेर समूहका विद्यार्थीहरु नै रहेको पाइएको छ । विद्यार्थीहरुको सामाजिक पृष्ठभूमिको बारेमा बुझदा ७२ प्रतिशत बालबालिकाहरु संयुक्त (वृहत) परिवारबाट आएको पाइएको छ । जातजाति अनुसार क्षेत्री (५४%) र दलित (२८.२०%) समाजबाट वहुसंख्यक सहभागी रहेको देखिन्छ । विद्यार्थीहरु फरक फरक सामाजिक समूहका भए पनि भाषाको सन्दर्भमा सबैले राष्ट्रभाषा नेपाली नै बोलेको पाइन्छ । सहभागी विद्यार्थीका अभिभावकहरुको आर्थिक स्तर न्यून रहेका पाइन्छन् । अधिकांश अभिभावकहरु कृषि पेशा र अन्य घरेलु उद्योग, पशुपालन, मिस्त्री, छलफल खेती, सिलाइ ÷बुनाइ लगायत सीपमूलक र आयमूलक कार्यहरुमा संलग्न रहेका पाइन्छन् । कार्यक्रममा सहभागी बालबालिकाहरुको ५९ प्रतिशत अर्धपक्की र ४१ प्रतिशत कच्ची घरहरु रहेको पाइयो । त्यसैगरेर सहभागी बालबालिकाहरुको ३ रोपनी हुने (२३%), ४ रोपनी हुने (२८.२%) र ५ रोपनी हुने (५.१२%) रहेका पाइन्छन् । सहभागी बालबालिकाहरुको सतप्रतिशत अभिभभावक वैदेशिक रोजगारका क्रममा छिमेकी मुलुकमा काम गर्न गएका देखिन्छन् । नमुना छनोटमा परेका प्राथमिक शिक्षा केन्द्रको शैक्षिक उपलब्धि हेर्दा नेपाली विषयको तुलनामा गणित विषयमा पूर्णाङ्कको एक तिहाई अंक प्राप्त गर्ने विद्यार्थीहरुको संख्या बढी रहेका छन् । दुबै केन्द्रहरुमा पूर्णाङ्कको तीन तिहाई अंक प्राप्त गर्ने नेपालीमा बहुसंख्यक देखिए तापनि गणितमा एक जना पनि नभएको पाइयो । अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रममा दुवै केन्द्रका सहजकर्ताहरुको कार्यक्रमप्रतिको धारणा बुझ्दा तालिम प्याकेजलाई बढाउनु पर्र्ने र कार्यरत सहजकर्ताले पाउने पारिश्रमिक सन्तोषजनक नभएकोले पारिश्रमिक वृद्धि गरी जि.शि.का. बाट समय–समयमा निरीक्षण तथा अनुगमन हुनुपर्ने विचार व्यक्त गरेको पाइयो । निचोडमा लक्ष्मीपुर र राजपुर गा.वि.स. मा सञ्चालित अनौपचारिक शिक्षा केन्द्रमा सम्बन्धित निकायले समय–समयमा अनुमगन र निरीक्षण गरी उचित सल्लाह एवम् सुझावहरु दिई गण्ति विषयको शिक्षण सिकाइ क्रियाकलापलाई सुधारगरी र अन्य विषयको शिक्षण–सिकाइ क्रियाकलापमा पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ ।neप्राथमिक शिक्षासाहित्यको पुनरावलोकनअनौपचारिक प्राथमिक शिक्षा कार्यक्रमको उपलब्धिThesis