पौडेल Poudel, देवेन्द्र Devendra2022-11-282022-11-282011https://hdl.handle.net/20.500.14540/13318प्रस्तुत शीर्षक कक्षा ९ का अनिवार्य विषयहरुको शिक्षण सिकाइ क्रियाकलापमा अनुसन्धान गर्नका लागि झापा जिल्ला तोपगाछी गा.वि.स.का चार वटा विद्यालयहरुलाई समानसम्भाव्यतामा आधारित नमूना छनोट विधिबाट नमूना विद्यालयको रुपमा छनोट गरी अध्ययनगरिएको थियो । अध्ययनका क्रममा नमूना छनोट गरिएका विद्यालयहरुको अनुसन्धानकर्ता आफैले स्थलगत भ्रमण गरी आवश्यक तथ्यांक संकलन गरी शोधपत्र तयार गरिएको छ । प्रस्तुत शीर्षकमा अनुसन्धान गर्नका लागि तीनवटा उद्देश्यहरु राखि अनुसन्धान गरिएको थियो । जसमा शिक्षकको पृष्ठभूमि पहिचान गर्ने, शिक्षण विधि र शिक्षण सिकाइ क्रियाकलापका अवस्था पहिचान गर्ने र शिक्षण सिकाइ क्रियाकलाप प्रति शिक्षक तथा विद्यार्थीको दृष्टिकोण पहिचान गर्ने उद्देश्य रहेका थिए । यस अध्ययनलाई तोपगाछी गा.वि.स.का चारवटा विद्यालयका प्र.अ., अनिवार्य विषय शिक्षण गर्ने शिक्षकहरु र नमूना छनोटमा परेका विद्यार्थीहरुमा सिमित गरिएको थियो । प्रस्तुत अध्ययनबाटकक्षा ९ मा अनिवार्य विषयहरु शिक्षण गर्ने शिक्षकहरुले माध्यमिकतह अध्यापन गराउन सक्ने योग्यता हासिल गरेको पाइयो । अध्ययन गरिएका विद्यालयका सम्पूर्ण शिक्षकहरु तालिम प्राप्त नै पाइएको थियो । उनीहरु शिक्षाशास्त्र संकाय अध्ययन गरेका शिक्षकहरुले स्वतः शिक्षा सम्बन्धि तालिम लिएका र अन्य संकाय अध्ययन गरेका शिक्षकहरुले शिक्षक तालिम लिई अध्यापन अनुमति पत्र हासिल गरेको पाइयो । अध्ययन क्षेत्रका शिक्षकहरु कसैले लामो समय सम्म अध्यापन गरेका र कसैले छोटो समय देखि मात्र अध्यापन गर्न थालेको पाइएको थियो । यसरी अध्ययन गरिएका विद्यालयहरुमा अनिवार्य विषयहरु शिक्षण गनशिक्षकहरुले मिश्रित प्रकारका अनुभव हासिल गरेको पाइएको थियो । अध्ययन क्षेत्रहरुमा सबैभन्दा बढी प्रवचन विधि, प्रश्नोत्तर विधि र छलफल विधि प्रयोग गरिएको पाइयो भने विषयवस्तुको प्रकृति अनुरुप अन्य विधिहरु पनि प्रयोग गर्ने गरेको पाइयो ।अध्ययन क्षेत्रका दुई वटा विद्यालयहरुमा नियमित गृहकार्य दिने र परीक्षण गर्ने, मासिक परीक्षा अनिवार्य लिने गरेको पाइयो भने अन्य दुईवटा विद्यालयमा गृहकार्य र मासिक परीक्षाको स्थिति दयनीय रहेको देखियो । अध्ययन क्षेत्रका विद्यालयका शिक्षकहरु आफनो रुचि भएर शिक्षण गरेका र सब विद्यार्थीहरुलाई समान व्यवहार, समान अवसर प्रदान गरी शिक्षक तथा विद्यार्थी केन्द्रित विधिबाट शिक्षण गर्ने भएकाले शिक्षक तथा विद्यार्थीहरुका शिक्षण सिकाइ क्रियाकलाप प्रतिसकारात्मक धारणा रहेको पाइयो ।neसैद्धान्तिक साहित्य Saidhantik sahityaशिक्षण सिकाइ क्रियाकलाप Sikshyan sikai Kriyakalapकक्षा ९ का अनिवार्य विषयहरुको शिक्षण सिकाइ क्रियाकलाप {Kashya Nou Ka Aniwarya Bisayaharuko Sikshyan Sikai Kiryakalap}Thesis