कुमारी Kumari, किरण Kiran2023-11-242023-11-242016https://hdl.handle.net/20.500.14540/20681प्राथमिक तहमा कक्षाकोठा व्यवस्थापन विषयको यस शोध अध्ययनको मूल उद्देश्य प्राथमिक तहमा कक्षाकोठा व्यवस्थापन को अवस्था खोजी गर्नु रहेको छ । यो शोध अध्ययन कार्य सम्पन्न गर्न गुणात्मक ढाँचाको प्रयोग गरिएको छ । तथ्यांक संकलनका लागि अवलोकन फारम, अन्तर्वाता निर्देशिका, लक्षित समूह छलफल, सर्वेक्षण फारमको निर्माण एवं प्रयोग गरी तथ्यांक संकलन कार्य सम्पन्न गरिएको थियो । यस अध्ययनका लागि गोलाप्रथा संयोगिक नमूना छनौट विधिलाई आधार मानी चारवटा विद्यालयलाई नमूना छनौट गरिएको थियो । यसमा विद्यालयमा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक, विद्यालय निरीक्षक , विद्यार्थी, शिक्षकलाई नमूनाको रुपमा लिएर प्राथमिक तथ्याक संकलन गरिएको छ । यस शोधपत्र सम्पन्न पार्नको लागि मानव सम्बन्ध सिद्धान्तलाई वैचारिक खाकाको रुपमा लिएर कक्षाकोठाको व्यवस्थाको अवस्थालाई हेर्ने प्रयत्न गरिएको छ । कक्षाकोठा व्यवस्थापनमा देखिएका समस्याहरु पारिवारिक पृष्ठभूमि, अभिभावकको कमजोर आर्थिक तथा शैक्षिक अवस्था, अनुशासनको समस्या, विद्यार्थी विद्यार्थीबिच व्यवस्थापन, स्थानिय निकाय र संघसंस्थाबाट निरन्तर सहयोग तथा परामर्श हुन नसक्नु, मुल्याङ्कन तथा तालिमको अभाव, विद्यार्थीहरुको धारणा, शिक्षकको शिक्षणप्रति धारणा आदि समस्याहरु रहेका छन । यी समस्या समाधानका लागि विद्यालयले बालबालिकाहरुलाई कक्षाकोठा भित्र समान व्यवहार र समान अवसर प्रदान गर्नु पर्दछ र अभिभावकको सोचाइमा परिवर्तन गर्न लैङ्गिक संचेतनामूलक कार्यक्रम संचालन गरिएको छ । विद्यालयको कक्षाकोठाको व्यवस्थापनका लागि विद्यार्थीबीच सहभागीता, सामग्रीहरुको परिचालन , अभिभावकमा संचेतना कार्यक्रम, शिक्षक र अभिभावकबिच संचालन शैक्षिक परामर्श, नीतिगत तथा कानुनी सुधार गर्नुपर्ने यस अध्ययनको सुझाव रहेको छ ।neकक्षाकोठा व्यवस्थापन Classroom managementप्राथमिक तह Primary levelप्राथमिक तहमा कक्षाकाेठा व्यवस्थापन {Classroom management at primary level}Thesis