शिव बहादुर थापाभानुभक्त पौडयाल2026-05-252026-05-252071https://hdl.handle.net/20.500.14540/26825प्रस्तुत शोधपत्र त्रिभुवन विश्व विद्यालय, मानविकी तथा समाजशास्त्र सङ्काय अन्तर्गत समाजशास्त्र मानवशास्त्र विभाग, समाजशास्त्र विषयको स्नातकोत्तर तह द्वितीय वर्षको आठौँ पत्रको प्रयोजनका लागि तयार गरिएको हो । यो शोधपत्र कारागारको बारेमा अध्ययन गरिएको छ । प्रस्तुत अध्ययन खास गरी कास्की जिल्ला कारागारका बन्दीहरुको सामाजिक प्रव्रिmया सम्बन्धी एक अध्ययन शीर्षक छनोट गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको शोधपत्र मुख्यतयाः तिन उददेश्यमा केन्द्रित गरिएको छ । बन्दीहरुको सामाजिक, आर्थिक अवस्थाको विश्लेषण, अपराध प्रतिको बन्दीको दृष्टिकोण विश्लेषण गर्ने र अपराध गर्नाको कारण पत्ता लगाउने छ भने बन्दी जीवन पद्धति र कारागार व्यवस्थापन सम्बन्धी अध्ययन गरी विश्लेषण गरिएको छ । बन्दीहरुको अपराधप्रतिको दृष्टिकोण र समग्र कारागार समाज बुझने उद्देश्यका साथ गरिएको प्रस्तुत अनुसन्धान मानवीय संवेदनाको कोणबाट हेर्दा अत्यन्त आवश्यक महत्वपूर्ण र औचित्यपूर्ण छ । अझ हालसम्म सम्बन्धित अध्ययन, अनुसन्धान नभईरहेको अवस्थामा समय, जनशक्ति र आर्थिक अभावका कारणले सीमित गरिएको प्रस्तुत अध्ययन कास्की जिल्ला कारागारका जम्मा ५४६ बन्दीहरु मध्ये ४४ बन्दीमा आधारित रहेर यो अनुसन्धान प्रक्रिया सघन विधिलाई आधार बनाई अगाडि बढाइएको छ । प्रस्तुत अध्ययन वर्णनात्मक र अन्वेषणात्मक पद्धतिमा आधारित छ । तथ्याङ्क स्रोत मध्ये प्राथमिक स्रोतलाई बढी जोड दिइएको छ जसले गर्दा अनुसन्धान बढी यथार्थपरक र वैज्ञानिक रहोस भनी सङ्कलनका प्राथमिक स्रोतमा लागि प्रश्नावली, अवलोकन र छलफल विधिको प्रयोग गरिएको भने द्वितीय स्रोतहरुमा प्रकाशित र अप्रकाशित लेख रचना र पुस्तकहरुमा समाविष्ट गरिएको छ । शोधपत्रका जम्मा ६ अध्याय र निम्न निष्कर्षहरु निकालिएको छः  बन्दीहरुको अन्य मुद्दा भन्दा लागुऔषध मुद्दामा पर्ने बढी छन । साथै कैदीको तुलनामा थुनुवाको सङ्ख्या बढी देखिन्छ ।  बन्दीहरुको युवा अवस्थामा (३५–४४वर्ष) अपराध गर्नेहरु बढी पाइएको छ । भने बृद्ध अवस्थामा अपराध गर्ने बन्दीहरुको सङ्ख्या कम रहेको पाइएको छ । छ  अविवाहितको तुलनामा विवाहितको सङ्ख्या बढीरहेको पाइयो साथै अन्य कारण भन्दा साथीसङ्गतको कारण अपराध गर्ने बन्दीहरुको सङ्ख्या बढी पाइएको छ ।  आर्थिक अवस्था धेरै कमजोर भए पनि आर्थिक कारणबाट हुने अपराधको सङ्ख्या भने कम रहेको पाइएको छ ।  कारागारबाट दिइने सुविधाले नपुग्नेहरुमध्ये केही त्यही आयआर्जन गरेर र केही घरबाट खर्च मगाएर जीवन गुजारा गरेका छन कोही त्यसै निर्वाह गरी दिन बिताउन बाध्य भएको पाइन्छ । परिवार, इष्टमित्रको नकारात्मक दृष्टिकोणका कारण केही बन्दीहरु घर परिवारको भेटमा वञ्चित रहेका छन ।  बन्दी र कर्मचारीबिचको सम्बन्ध राम्रो भएको पाइएको छ ।  बन्दीहरुको मुख्य समस्याको रुपमा रहेको कारागारको भौतिक सुधार, खानेपानी, भवन निर्माण, शौचालय, स्नानगृह आदि रहेका छन ।  बन्दीहरु कारागारबाट छुटेपछि बन्दीले व्यवसाय र वैदेशिक रोजगारका लागि अपनाएर जीवनयापन गर्ने सङ्कल्प लिइएको पाइएको छ ।  हाम्रो समुदायमा समुदायका सदस्यहरुको बन्दीहरुप्रति हेर्ने दृष्टिकोण र धारणाले गर्दा समुदायप्रति बढी मात्रामा सशंकित छन् ।  प्रस्तुत विषयमा गरिएको अध्ययनको निष्कर्षलाई निम्नअनुसार संश्ले षण गरिएको छ । बन्दीहरुको ज्ञान, सिप र क्षमताको स्तर निम्न रहेको, आत्म विश्वास सुधार रहेको भावी जीवनभरि आशावादी हुन सकेको र गरिब तथा विपन्न बन्दीहरुको खाना र स्वास्थ्यको समस्या सामान्य अवस्थामा रहेको छ ।  बन्दीहरुमा अपराध गराईप्रति पश्चाताप गर्नु र ती जेल जीवनबाट मुक्त भइसकेपछि परिवार तथा समाजका निम्ति सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ भन्ने विचार र भावनाको विकास भएको पाइयो ।neकास्की जिल्ला कारागारका बन्दीहरुको सामाजिक प्रक्रियाThesis