भट्टराई, गोपाल दत्त Bhattrai, Gopal Dutt2022-02-212022-02-212007https://hdl.handle.net/20.500.14540/8389नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, र बहुसांस्कृतिक देश हो । नेपालका यिनै विविध जातीका विविध पक्षहरुमध्ये “सकार गा.वि.स. वैतडीका प्राथमिक विद्यालयमा दलित विद्यार्थीहरुको अवस्था” सम्बन्धी खोज गरिएको यो एक अध्ययन हो । यस अध्ययनमा प्राथमिक विद्यालयमा दलित विद्यार्थीको भर्ना र उपस्थिति, कक्षा कोठा र विद्यालय क्रियाकलापमा सहभागिता, शिक्षक र गैरदलित विद्यार्थीले दलित विद्यार्थीप्रति गर्ने व्यवहार, दलित विद्यार्थीको विद्यालय सहभागितामा समस्या र त्यसका कारणहरुजस्ता उद्देश्यमा आधारित भई अनुसन्धानकार्य गरिएको थियो । उक्त उद्देश्यहरूपूरा गर्नको लागि अध्ययनमा वर्णनात्मक अनुसन्धान ढाँचा प्रयोग गरिएको थियो । यस अध्ययनको लागि अध्ययन क्षेत्रभित्रका जम्मा पाँचओटा प्रा.वि.हरुलाई नमूनाको रुपमा लिइएको थियो । अध्ययनकार्यको लागि तथ्याङ्क संकलन गर्न विद्यार्थी भर्ना सम्बन्धी तथ्याङ्क संकलन फारम, उपस्थिति फारम, अवलोकन फारम, अन्तर्वार्ता तथा समूह छलफल निर्देशिकाको निर्माण एवम् प्रयोग गरी प्राथमिक तथा सहायक श्रोतका माध्यमबाट सूचना संकलन गरिएको थियो । अध्ययन क्षेत्रका प्रा.वि.मा गैर दलित विद्यार्थीको तुलनामा दलित विद्यार्थीको भर्ना कम पाइयो । दलित विद्यार्थीमा छात्र र गैर दलित विद्यार्थीमा छात्राको भर्नादर बढी रहेको पाइयो । विद्यालयमा गैर दलित विद्यार्थीको तुलनामा दलित विद्यार्थीको विद्यालय उपस्थिति कम पाइयो । त्यसैगरी कक्षाकोठामा गैरदलित विद्यार्थीको तुलनामा दलित विद्यार्थीले कक्षा कार्य र गृहकार्य कम मात्रले गर्ने, छलफलमा पनि कम सहभागी हुने, कक्षामा पछाडि बस्ने जस्ता क्रियाकलापहरू गरेको पाइयो । विद्यालयमा जातिगत रुपमा भने कुनै भेदभावको व्यवहार पाइएन । शिक्षक र गैर दलित विद्यार्थीहरुले दलित विद्यार्थीहरुलाई कक्षा सिकाई र अतिरिक्त क्रियाकलापमा विभिन्न किसिमको सहयोग र उचित व्यवहार गरेको पाइयो । दलित विद्यार्थीहरूविद्यालयमा कम सहभागी हुनुमा गरिवीको कारण, विद्यालय पोशाक, भर्ना शुल्क, कपि, कलम किन्ने पैसाको अभाव, अन्य क्षेत्रजस्तो शिक्षाबाट तुरुन्त प्रतिफल प्राप्त नहुनु, दलित अभिभावकहरुको चेतनामा कमी, परीक्षामा अनुत्तीर्ण हुनु, लैङ्गिक विभेद, दलित महिलाहरूनिरक्षर हुनु, रुढीबादी धारणा, दलित स्वयम्ले आफूलाई तल्लो वर्गको ठान्नुजस्ता पक्षहरूप्राप्त भए । उल्लेखित समस्याहरूसमाधानको लागि दलित विद्यार्थीको पायक पर्ने ठाउँमा विद्यालय खोल्ने, विहानी कक्षाको व्यवस्था, विद्यालय पोशाक र छात्रवृत्ति प्रदान, निःशुल्क पाठ्यपुस्तक वितरण, घरदैलो जागरण कार्यक्रम, साक्षरता कार्यक्रम, लैङ्गिक समतासम्बन्धी तालिम, विद्यालयमा दलित शिक्षकको व्यवस्था तथा जनचेतना र सशक्तिकरण जस्ता कार्यक्रमहरूसम्बन्धित पक्षले संचालन गर्नुपर्ने देखिन्छ ।neदलित विद्यार्थी Dalit Bidyarthiसाहित्यिक समीक्षा Sahityik samikshaसकार गा.वि.स. वैतडीका प्राथमिक विद्यालयमा दलित विद्यार्थीहरूको अवस्था {Sakar ga.bi.sa. Baitadika prathamik bidyalayama dalit bidyarthiharuko abastha}Thesis