खत्री Khatri, निमबहादुर Nimbahadur2022-06-092022-06-092018https://hdl.handle.net/20.500.14540/11016प्रस्तुत शोधपत्रको शीर्षक ‘बेकर स्ट्रिटका दुई आँखा कथासङग्रहमा अङग्रेजी कोड मिश्रणको अध्ययन’ रहेको छ । यस शोधपत्रलाई अघि बढाउन विभिन्न उद्देश्यहरू राखिएकोछ । जसमा ‘बेकर स्ट्रिटका दुई आँखा’ कथासङग्रहमा प्रयुक्त अङग्रेजी भाषिक कोडहरू पहिचान गर्नु, उक्त कथासङग्रहमा प्रयुक्त अङग्रेजी कोडहरूलाई भाषातत्वका आधारमा विश्लेषण गर्नु र उक्त कथासङग्रहमा अङग्रेजी भाषाका कोडहरू मिश्रण हुनुका कारण पत्तालगाउनु रहेका छन । प्रस्तुत शोधकार्य वर्णनात्मक विधि,सर्वेक्षण विधि र पुस्तकालयीय अध्ययनमा आधारित भएर तयार गरिएको छ । उक्त कथासङग्रहमा प्रयुक्त अङग्रेजी कोड मिश्रणको अध्ययन भाषातत्वका आधारमा गरिएको छ ।यो अध्ययन ‘बेकर स्ट्रिटका दुई आँखा’ कथासङग्रहमा प्रयुक्त अङग्रेजी भाषिक कोडहरूका अध्ययन, भाषात तत्वका आधारमा विश्लेषण रकोड मिश्रणका कारणहरू पत्ता लगाउन सीमित रहेको छ । जसका लागि उद्देश्यमूलक नमुना छनोट पद्धतिका आधारमा नेपालीभाषा शिक्षा विभागका २० जना विद्यार्थीहरूलाई नमुनाका रूपमा लिई तिनका धारणा विश्लेषण गरिएको छ । जसका लागि प्रश्नावलीको प्रयोग गरिएको छ । समग्रमा यस अध्ययनपत्र परिमाणात्मक र गुणात्मक दुबै प्रकृतिको रहेको छ । ‘बेकर स्ट्रिटका दुई आँखा’ कथासङग्रह भित्रका सम्पूर्ण १३ वटा कथाहरूमा विभिन्न भाषिक तहमा अङग्रेजी भाषिक काड मिश्रण भएका छन । समग्रमा सङख्याका आधारमाहेर्दा सबैभन्दा बढी ‘दर्सिनढुङ्गा र चकमक’ कथामा २५४ वटा, ‘डानियल’ कथामा १६७ वटा,‘क्रिसमस डे’ कथामा १५६ वटा, ‘घात’ कथामा ११७ वटा, ‘डाँडाको जुन’ कथामा ११४वटा, ‘अपोलो पवनिर’ कथामा १०३ वटा, ‘बेकर स्ट्रिटका दुई आँखा’ कथामा ८३ वटा,‘प्लनकी केटी र टेक्ला’ कथामा ७४ वटा, ‘आज’ कथामा ६८ वटा, ‘बाइ इमिली’ कथामा५७ वटा, ‘स्टाफ रुम’ कथामा ५७ वटा, ‘रूप’ कथामा ५६ वटा र ‘काम’ कथामा ५४ वटाअङग्रेजी भाषिक कोडहरू विभिन्न भाषिक तहमा मिश्रण भएका छन । यस कथासङग्रहमा रहेका १३ वटा कथाहरूमा जम्मा १३६० वटा अङगेजी भाषिक कोडहरू मिश्रित छन ।सम्पूर्ण कथाहरूको विश्लेषण गर्दा उक्त कथासङग्रहमा शब्दका तहमा १०४३ वटा अर्थात७६.६९ पतिशत, पदावलीका तहमा ३०२ वटा अर्थात२२.२१ प्रतिशत, उपवाक्यका तहमा ६ वटा अर्थात०.४४ प्रतिशत र वाक्यका तहमा ९ वटा अर्थात०.६६ प्रतिशत अङग्रेजी कोडहरू मिश्रण भएका छन । उक्त कथासङग्रहमा अङग्रेजी भाषिक कोडहरू मिश्रण हुने कारणहरूमा अङग्रेजी भाषाको विश्वव्यापी प्रभाव, बौद्धिक पाठकप्रति लक्षित हुनु, आवश्यकता पूर्ति गर्न, लेखक प्रयोगवादी हुनु, डायस्पोरिक कथाहरू भएकाले, उत्तर आधुनिकतावादको प्रभाव, नेपाली भाषालाई अस्तरीय मान्न आदि रहेको छन ।neबेकर स्ट्रिट Baker Stritदुई आखा कथासङग्रह Dui aakha kathasangrahअङग्रेजी कोड मिश्रण English code mixtureबेकर स्ट्रिटका दुई आखा कथासङग्रहमा प्रयुक्त अङग्रेजी कोड मिश्रणको अध्ययन {Bekar Stritka Dui aakha kathasangrahma Prayukta Angreji kod Mishranako Adhayayan}Thesis