राई Rai, राजेन्द्र कुमार Rajendra Kumar2022-07-062022-07-062018https://hdl.handle.net/20.500.14540/11585कक्षाकोठा व्यवसथापनमा प्र.अ.को सहजीकरण शीर्षकमा गरिएको यस अनुसन्धानात्मक कार्यको प्रमुखउद्देश्य कक्षाकोठा व्यवस्थापनमा प्र.अ.को सहजीकरणको अवस्था पहिचान गर्नु रहेकोछ । यस शोधपत्रमा गुणात्मक तथा संख्यात्मक अध्ययन विधि अपनाइएको छ । वास्तविकताकागहिराईमा पुगी यथार्थता पत्तालगाउन यस अध्ययन सँग सम्बन्धित उद्देश्य निर्माण गरिएकोछ ।अध्ययनको उद्देश्य पुरागर्न संयोगमा आधारित नमुना छनौट विधिको प्रयोग गरी नमूना छनौट गरेरसम्बन्धित स्थलमा प्रत्यक्ष अवलाकन, रुजुसूची तथा प्रश्नावलीका माध्यमबाट तथ्याङ्क सङ्कलन गरिएकोछ। प्रश्नावली र रुजुसूचीबाट प्राप्त तथ्याङ्कलाई अवलोकन र अभिलेख सँग भिडाई एक अर्कामा सम्बन्धकायम गरिएकोछ । कक्षाकोठा व्यवस्थापनमा प्र.अ.ले सहजकर्ताको रुपमा मूख्यगरी विद्यालयको भौतिकपक्ष र शैक्षिक पक्षको सुधारमा गरेका कार्यहरु समेटने प्रयास गरिएकोछ ।प्रस्तुत अध्ययनमा कक्षाकोठा व्यवस्थापनमा प्र.अ. सहजकर्ताको रुपमा कार्य गर्न सफल भएको देखिन्छ ।यसको कारण निजि लगानी र त्यसको प्रतिफलको आशा स्वरुप प्र.अ. लगायत वि.व्य.स. , शिक्षकस्टाफको सामुहिक प्रयासलाई मान्न सकिन्छ । शिक्षक तथा विद्यार्थीलाई नियमित तथा अनुशासित बनाइयोजना निर्माण र कार्यान्वयनमा सरिक गराई पृष्टपोषण गर्ने कार्यबाट पनि कक्षाकोठाको व्यवस्थापन गनसफल भएको देखिन्छ । विद्यालयको भौतिक पक्ष भने आर्थिक अभावका कारण सामान्य मात्र देखिन्छ ।आर्थिक लगानीमा वृद्धिगर्ने, कार्य विकेन्दी्रकरण गरी स.प्र.अ.लाई पनि जिम्मेवारी दिने, शिक्षक तथाविद्यार्थीको अवलोकन गरी पृष्टपोषण र परामर्श उपलव्ध गराउदा आन्तरीक मूल्याङ्कन पद्धति र अतिरिक्तक्रियाकलापको माध्यमबाट विद्यार्थी मूल्याङ्कनमा सहयोग पुग्दछ भन्ने अध्ययनबाट निष्कर्ष निकालिएकोछ।आर्थिक लगानीमा वृद्धि गरी, मानव संसाधनको विकास गरी, कार्य विकेन्द्रीकरण र सहभागीतामूलकव्यवस्थापनमा जोड दिँदा कक्षाकोठाको व्यवस्थापनमा सुधार ल्याउन सकिन्छ भनी यस शोध अध्ययनले सिफारिस गरेको छ ।neकक्षाकोठा व्यवस्थापनशैक्षिक अनुशासनकक्षाकोठा व्यवस्थापनमा प्रधानाध्यापकको सहजीकरण(Facilitation of Headmaster in Classroom Management)Thesis