ऋषिराज धिमाल ( Rishiraj Dhimal)विष्ट, शिवराज ( Bista, Shivaraj2026-02-032026-02-032012https://hdl.handle.net/20.500.14540/25578“बालमैत्री विद्यालयमा कक्षाकोठा व्यवस्थापन” शीर्षकमा गरिएको यो शोध अध्ययनमा मूल उद्देश्य बालमैत्री विद्यालयमा कक्षाकोठा ब्यवस्थापनको अवस्थाको विश्लेषण गर्नु रहेको छ । प्रस्तुत अध्ययन परिमाणात्मक र गुणात्मक दुवै ढाँचामा सम्पन्न गरिएको छ । यो शोध अध्ययनमा मोरङ जिल्लामा सञ्चालित बालमैत्री विद्यालयहरू मध्ये विराटनगर उपमहानगरपालिका अन्तर्गतका ४ वटा विद्यालयलाई नमूनाको रूपमा लिई सो विद्यालयका ४ जना प्र.अ., ४ जना शिक्षकहरू, ४ जना अभिभावकहरू, ८ जना विद्यार्थीहरू र वि.नि., स्रोतव्यक्ति र प्रशिक्षकहरू ३ जना गरी जम्मा २३ जना व्यक्तिहरूलाई समावेश गरिएको छ । उक्त व्यक्तिहरूसँगको अन्तर्वार्ता, छलफल र अन्तरव्रिmया, निर्देशित प्रश्नावलीबाट तथ्याङ्क सङ्कलन गरिएको छ । यस व्रmममा विभिन्न सन्दर्भ सामग्रीहरूको अध्ययन तथा विद्यालयको विविध पक्षको अवलोकनलाई उपयोग गरेर तथ्याङ्क सङ्कलन प्रव्रिmयालाई परिपुष्ट पारिएको छ । हालसम्म बालमैत्री विद्यालयको सन्दर्भमा सैद्धान्तिक स्पष्टता विद्यालयहरूमा प्राप्त भईनसकेको अवस्था भए तापनि बालकेन्द्रित शिक्षण पद्धति अपनाएर सक्रीया सिकाइ, दण्डरहीत सिकाइ, विद्यार्थी सहभागिता, समावेशीकरण र विद्यालयमा रमाइलो शिक्षण वातावरण सिर्जनामा भने विद्यालयहरू लागि परेको अवस्था पाइयो । बालमैत्री विद्यालयमा शिक्षक पथप्रदर्शक तथा निर्देशकको रूपमा रहेर विद्यार्थीहरूलाई स्व–सिकाइका लागि उपयुक्त रमाइलो वातावरण सिर्जना गर्न कार्यरत रहनुपर्ने, खेलको माध्यमबाट सिकाइ, बालगीत, कविता तथा कथाको प्रयोग, अभिनय तथा नाटकीकरण, परियोजना कार्य, सिर्जनात्मक कार्य, क्षेत्र भ्रमण कार्य सञ्चालन गर्नुका साथै कक्षाकोठाभित्र विभिन्न भौतिक क्षेत्रहरूको व्यवस्था, शिक्षकका बालमैत्री ब्यवहारहरू, कक्षाकोठा व्यवस्थापन पक्षहरूमा जोड दिनुका साथै विद्यालयमा योजनाबद्ध अतिरिक्त व्रिmयाकलाप सञ्चालन, मनोवैज्ञानिक छात्रबृत्तिको व्यवस्था, शान्ति शिक्षाको ब्यवस्था, बिनाडर सिक्ने अवस्थाको सिर्जना गरेर वास्तविक र अर्थपूर्ण सिकाइ गर्नुु गराउनु पर्ने देखिन्छ ।neकक्षाकाेठा व्यवस्थापन ( Kakshakotha byabsthapan)बालमैत्री विद्यालय ( Balmaitri bidhyalaya)बालमैत्री विद्यालयमा कक्षाकाेठा व्यवस्थापन { Balmaitri bidhyalayama kakshakotha byabsthapan}Thesis