जोशी Joshi, हरि प्रसाद Hari Prasad2022-01-232022-01-232011https://hdl.handle.net/20.500.14540/7622नेपाली कथा साहित्यमा एक विशिष्ट र नितान्त नयाँ मान्यता एवमप्रस्तुतीकरणमा नौलो शैली प्रणेताको नाम हो; विश्वेश्वर प्रसाद कोइराला । नेपालीकथाको आधुनिक कालका प्रणेता मध्ये एक कोइरालाको नवीन लेखन शैली, भाषिकप्रयोग, वाक्य गठन एवं रचना शिल्पबाट प्रभावित भएर उनकै स्वेतभैरवी कथासङग्रहभित्रकै श्वेतभैरवी कथाको शैली वैज्ञानिक अध्ययन गर्नका लागि शोधकताउत्प्रेरित भएको हो । शोधपत्रको पहिलो अध्याय शोधको परिचय तथा रूपरखामा केन्द्रित छ । यसअन्तर्गत शोधले सुल्झाउनसमस्या, शोधका उद्देश्यहरू, पर्व कार्यका समीक्षा, शोधकाऔचित्य र महŒव, शोधका क्षेत्र र सीमा, शोध गरी आवश्यक पर्ने सामग्रीहरूसँगशोधको अध्याय योजना दिएर पहिलो अध्याय समाप्त गरिएको छ । दोस्रो अध्याय शैली विज्ञानको सैद्धान्तिक अवधारणामा केन्द्रित छ । यसअन्तर्गत शैलीविज्ञानको उदभव, विकास र प्रयोगसँग पूर्वीय र पाश्चात्य विद्वानकामतमतान्तर उल्लेख छन । कृति विश्लेषणको सैद्धान्तिक अवधारणाका बारमा वृतान्तदिएर दोसो अध्याय टुङग्याइएको छ । तेस्रो अध्याय श्वेतभैरवी कथाको कथानकको विश्लेषणमा केन्द्रित छ । यसअन्तर्गत कथानकको आदि, मध्य र अन्य भागलाई विस्तृत रूपमा विश्लेषण गरिएकाछ । यसै अध्यायमा कथानकलाई प्रसिद्ध भाषा वैज्ञानिक फेट्रागका पिरामडिकाआधारमा वर्गीकरण गरिएको छ । यसलाई हेर्दा कथानक सूक्ष्म भए पनि सिलसिलाबद्धरूपमा गम्भीर विषयवस्तुको उदघाटन भएको पाइन्छ । अध्याय चारमा कथामा प्रयुक्त पात्रहरूको अति सूक्ष्म ढङगले परिचयसँगै शैलीवैज्ञानिक विश्लेषण गरिएको छ । अध्याय पाँचमा भाषा शैलीका आधारमा कथाको विश्लेषण गरिएको छ ।विश्लेषण गर्नका लागि भाषिक चयन, विचलन रसमानान्तरतालाई मुख्य आधार बनाइएको छ । चयन अन्तर्गत भाषिक शब्दहरूसँगै लेख्य चिन्हको चयन,समानान्तरता अन्तर्गत बाह्य र आन्तरिक समानान्तरता तथा विभिन्न किसिमकाभाषिक विचलनको प्रयोगलाई कथासँग तुलना गरिएको छ । यसरी हेर्दा विचलनकाप्रयोग न्यन मात्रामा भएका पाइन्छ । यसरी भन्नपदा कोइरालाको लेखन शैली, भाषिक प्रयोग, वाक्य गठन एवमरचना शिल्प समकालीनहरूको तुलनामा धेरै पृथक रहेका छ; जसको यथाथ जानकारीयस शोधपत्रले पस्किएको छ ।otherश्वेतभैरवी कथा Shwetabhairavi kathaवैज्ञानिक अध्ययन Scientific studyश्वेतभैरवी कथाका शैली वैज्ञानिक अध्ययन {Stylistic scientific study of the story of Shwetabhairavi}Thesis