शान्ति प्रसाद खनालशाही, नेत्रबहादुर ( Shahi, Netrabahadur)2026-05-182026-05-182077https://hdl.handle.net/20.500.14540/26727प्रस्तुत अध्ययन अपाङ्गता भएका महिलाहरूमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको उपयोग सम्बन्धी शीर्षकमा तयार गरिएको छ । यस अध्ययनको मुख्य उद्देश्य अपाङ्गता भएका महिलाहरूमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको उपयोगको विश्लेषण गर्नु रहेको छ । यो अध्ययन जुम्ला जिल्ला चन्दननाथ नगरपालिका र तातोपानि गाउपालिकाको ९० जना अपाङ्गता भएका महिलालाई गरिएको छ । यस अध्ययनमा उत्तरदाताको जनगणना बिधिको प्रयोग गरी उत्तरदाता छनोट गरिएको छ । यो अध्ययन व्याख्यात्मक र परिमाणात्मक अनुसन्धान ढाँचामा आधारित छ । यस अध्ययनमा तथ्याङ्कलाई तथ्याङ्कशास्त्रीय विधिको प्रयोग गरि शीर्षक, उपशीर्षकहरूमा विभाजन गरी तालिकाको माध्यमद्वारा सहज र बुझ्न सकिने गरी व्याख्या विश्लेषण गरिएको छ । यस अध्ययनमा अपाङ्गता भएका महिलाहरुको उमेर १५–२० वर्ष उमेरमा (५० प्रतिशत), महिनावारी भएको समयमा (५६.६६ प्रतिशत) उत्तरदाताहरुले नरम कपडा प्रयोग गर्ने (५६.६६ प्रतिशत) महिनावारी भएको समयमा स्वास्थ्य संस्थाबाट सेवा लिने (२५.५५ प्रतिशत ) ३ पटक गर्भ जाँच गर्ने (३८.८९ प्रतिशत) रहेको पाइयो । त्यसैगरी गर्भावस्थामा गर्भजाँच गर्न (२८.८९ प्रतिशत) स्वास्थ्य चौकीमा, (४६.६६ प्रतिशत) स्वास्थ्यचौकीबाट औषधी लिने गरेको, प्रसुति हुँदा (३४.४४ प्रतिशत) महिलाहरु घरमा हुने गरेको, घरमा सुत्केरी गराउँदा (५४.८४ प्रतिशत) महिलाहरुले स्थानीय महिलाको सहयोग लिने गरेको पाइयो । जन्मान्तरका सम्बन्धमा (५० प्रतिशत) महिलाहरुले २ वर्षको जन्मान्तर राखेको पाइयो । धेरैजसो (३१.१२ प्रतिशत) महिलाहरुले स्वंयमसेवीकाबाट परिवार नियोजन सम्बन्धी सेवा लिने गरेको देखिन्छ । सबैभन्दा बढी (३७.७७ प्रतिशत) महिलाहरुले ३ महिने सुई प्रयोग गर्ने गरेको पाइयो । अधिकांश (४८.७२ प्रतिशत) ले स्वंयमसेविकाको सल्लाह लिने गरेको पाइयो । घरदेखि स्वास्थ्य संस्थासम्म जान १ घण्टा भन्दा बढि लाग्छ भन्ने महिलाहरु (५७.७८ प्रतिशत), (४४.४४ प्रतिशत) महिला स्वास्थ्य संस्था पुगेको आधा घण्टापछि मात्र सेवा लिएको, (५५.५५ प्रतिशत) महिलाहरुका अनुसार नकारात्मक व्यवहार गर्ने गरेको, तल्लो पेट दुख्ने सम्बन्धी समस्या भएका (२६.६७ प्रतिशत), स्वास्थ्य समस्या (७७.७८ प्रतिशत) ले कसैलाई पनि नदेखाउने गरेको पाइयो । स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गराउन जाँदा लगभग (३८.८९ प्रतिशत) महिलाले घण्टौं लाइनमा बस्नुपर्ने, यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रभावकारी छैन भन्ने (६२.२२ प्रतिशत) उत्तरदाता पाइयो । बिभिन्न समस्याहरुले गर्दा अपाङ्गता भएकामहिलाहरुको यौन तथा प्रजनन स्वास्थ्य सेवाको उपयोगमा बाधा गरेको निष्कर्ष निकाल्न सकिन्छ ।neस्वास्थ्य सेवाअपाङगता महिलाअपाङ्गता भएका महिलाहरुमा याैन तथा प्रजनन स्वास्थ्य सेवाकाे उपयाेगThesis