राजवंशी Rajavansi, अर्जुनकुमार Arjun Kumar2022-02-272022-02-272010https://hdl.handle.net/20.500.14540/8590प्रस्तुत शोधपत्र प्राथमिक तहका विद्यार्थीहरुले कक्षा छाड्ने कारणहरु® शीर्षकमा मूख्य उद्देश्य कक्षा छाड्ने बालबालिकाहरुको स्थिति पत्ता लगाउने, बालबालिकाले कक्षा छाड्ने कारणको विश्लेषण गर्ने र कक्षा छाड्ने दर घटाउने उपाय सुझाउने राखी अध्ययन गरिएको हो । यो शोधकार्य ३९ वटा विद्यालयलाई जनसंख्या मानी १० वटा विद्यालयलाई नमूना छनोट गरी अध्ययन अनुसन्धान गरिएको छ । अध्ययनका लागि शोधकर्ता स्वयम् उपस्थित भएर कक्षा छाडेको बालबालिकाको अभिभावक, कक्षा छाडेका बालबालिका, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् शिक्षक अभिभावक संघका अध्यक्षसँग समेत प्रश्नावली, अन्तवार्ता, प्रश्नोत्तर, छलफल आदिको माध्यमबाट यो अध्ययन अनुसन्धान गरिएको छ । अध्ययनलाई सरल ढ्गले सम्पन्न गर्न विभिन्न प्रविधि र साधानहरुमा प्राथमिक स्रोतबाट उत्तरदातालाई प्रश्नावली भराउने, अन्तर्वार्ता लिने, छलफल आदिबाट तथ्याङ्करु संकलन गरियो भने केही द्वितीय तथ्याङ्कहरु विभिन्न लेख, रचना, पत्रपत्रिका बुलेटीन, स्मारिका, पुस्तक एवम् सम्बन्धित विद्यालयका विद्यार्थी अभिलेख आदिबाट संकलन गरियो । यस अध्ययनबाट प्राप्त तथ्यहरुको आधारमा बालबालिकाहरुले कक्षा छाड्नमा गरिबी, छात्रवृत्ति नियमित नपाउनु, विद्यालयको कक्षा सञ्चालन समयमा बालबालिकाहरु आय आर्जनको काममा जानु, चेतनाको कमी, सामाजिक कुसंस्कार, खेतीपाती लगायत घरको काममा सहयोग गर्नु, घरमा साना–साना भाइ बहिनीहरुको हेरचाह गरेर बस्नु, विद्यालयको भौतिक व्यवस्थापनमा कमी कमजोरी रहनु, विद्यालयको पठनपाठन प्रभावकारी हुन नसकेको शिक्षकहरुको विद्यार्थी प्रति राम्रो, मायालु व्यवहार नरहेको लगायत समग्ररुपमा विद्यालय र घरको वातावरण बालबालिकाको पठनपाठनको लागि अनुकूल नभएको आदि कमी कमजोरी रहेको पाइयो । यस अध्ययनबाट प्राप्त नतिजाको आधारमा बालबालिकाको कक्षा बाल मैत्री हुनु पर्ने शिक्षक तथा प्रधानाध्यापकलाई तालिमको व्यवस्था हुनु पर्ने, गरिबी उन्मूलन कार्यक्रम सेवा क्षेत्र भित्र सञ्चालन गर्नु पर्ने, छात्रवृत्ति वितरण लक्षित समूहमा नियमित गर्नुपर्ने, विद्यालयको भौतिक सुधार गर्नुपर्ने, सरोकारवालाहरुलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सुझावहरु बालबालिकाहरुले तह पूरा नगर्दै कक्षा छाड्नबाट रोक्न, यस समस्याको न्यूनिकरण गर्ने, रणनीति अपनाउन र समाधान गर्ने प्रधानाध्यापक, शिक्षक, जिल्ला शिक्षा कार्यालय, क्षेत्रिय शिक्षा निर्देशनालय, शिक्षा विभाग, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग आदि नीति निर्माण गर्ने तह देखि कार्यान्वयन गर्ने निकाय स्थानीय निकाय सम्मका लागि आवश्यक सुझावहरु गरिएको छ ।neप्राथमिक तह Prathamik tahaसाहित्य पुनरावलोकन Sahitya punarawolokanप्राथमिक तहका विद्यार्थीहरुले कक्षा छाड्ने कारणहरु{Prathamika tahaka vidyarthiharule kakṣa chaḍne karaṇaharu}Thesis