पोखरेल Pokhrel, किशोर Kishor2022-03-202022-03-202011https://hdl.handle.net/20.500.14540/9194व्यवस्थापन तालिमले विद्यालय व्यवस्थापनमा पारेको प्रभाव शीर्षकमा तयारपरिएको यस अध्ययनको मुख्य उद्देश्य व्यवस्थापन तालिमले विद्यालयको शिक्षण सिकाइ रब्यवस्थापकीय पक्षमा पर्ने प्रभावको अध्यययन गर्ने रहेको छ । ग्रेगरको एक्स वाई र मेक क्ल्याण्डको उपलब्धिको सिद्धान्तलाई आधार बनाएरतयार पारिएको यो अध्ययनमा प्रधानाध्यापकहरुलाई समय सापेक्ष व्यवस्थापनका तरिकाहरुप्रदान गर्न दिइएको तालिम र उनीहरुले तालिम पछाडि विद्यालय गई चालेको कदमलल्याएका परिवर्तनहरुको अवस्था विश्लेषण गरिएको छ । अध्ययनलाई पूर्णता दिनका लागिपूर्व साहित्यहरुको अध्ययन गरी आवश्यक पन सिद्धान्त सम्बन्धि ज्ञान र अध्यययनकाविधिको लागि आवश्यक उर्जा प्राप्त गर्ने प्रयास गरिएको छ । शोध बिषयलाई यथार्थता दिनका लागि यस प्रकारका साहित्य र सिद्धान्त अध्ययनगरिएको हो भने यसका लागी गुणात्मक विधिमा आधारित भई वस्तुगत अवस्थको पहिचानर समस्या समाधानका उपाय पत्ता लगाउने गरी अध्ययन ढाँचा तयार पारिएको छ ।अध्ययनका लागि आवश्यक पन तथ्याङ्क र विवरणहरु संकलनका लागि अध्ययन उद्देश्यमाकेन्द्रित रही अध्ययन क्षेत्रमा स्थलगत रुपमा गई अन्तरवार्ता, अन्तत्र्रिmया, अवलोकन रअभिलेख अध्ययनबाट तथ्याङ्क र विवरण संकलन गरिएको छ । थप जानकारीका लागिशैक्षिक लेख, पुस्तक, पुस्तिकाहरु अध्ययन गरिएको छ । प्राप्त भएका विवरणहरुलाई उद्देश्यर प्रयोजन अनुरुप वर्गीकरण र व्याख्या र विश्लेषण गरिएको छ । विद्यालयको शैक्षिक, भौतिक लगायत समग्र पक्षमा सुधारात्मक कदम चाल्दाविद्यार्थीहरुको शैक्षिक उपलब्धिमा पनि सकारात्मक प्रभाव पर्ने रहेछ भन्ने वास्तविकताअध्ययनबाट देखिएको छ । विद्यालय स–संचालनका लागि आवश्यक विधि र तरिकाहरुकालागि समेत सबै प्र.अ.हरु लाई व्यवस्थापन सँग सम्बन्धित तालिम दिन पर्ने रहछ र त्यस्तातालिमले प्र.अ. लाई विद्यालयका लागि के के कार्यक्रम गर्न आवश्यक हुन्छ भन्नेमा पनिजानकार बनाउने रहेछ भन्ने पनि अध्यययनबाट स्पष्ट भएको छ । अध्ययनका लागि फरक फरक विद्यालय भन्दा पनि एउटै विद्यालयको तालिम पूर्र्व र पछिकातुलनात्मक अध्ययन गरिएको छ । अध्ययनबाट जति सुकै तालिम प्राप्त प्र.अ. भएपनि र जस्तो व्यवस्थापन भएपनिकाम गर्दै जाने क्रममा सबैले विविध समस्याहरुको सामना गर्नै पर्ने रहेछन भन्ने पाइएकाछ र उक्त समस्याहरुलाई समाधान गर्न एउटा तालिम प्राप्त प्र.अ. को हैसियतले के के गनसकिन्छ भन्ने समाधानका उपायहरु पनि सुझाइएका छन । यस्ता समस्या तथा समाधानकाउपायहरु माथिल्लो तहका नीतिगत देखि लिएर व्यवाहारिक र स्थानीय तह सम्मका रहेका छन ।neव्यवस्थापन तालिम Byabasthapan talimविद्यालय व्यवस्थापन Bidhyalaye byebasthapanशिक्षण सिकाई Shikshan sikaiव्यवस्थापन तालिमले विद्यालय व्यवस्थापनमा पारेको प्रभाव {Byabasthapan Talimle Bidhyalaya Byabasthapanma Pareko Prabhab}}Thesis