खगेन्द्र प्रसाद लुईटेल Khagendra Prasad Luitelलिम्बु, विर्ख माया Limbu, Birkha Maya2024-12-262024-12-262017https://hdl.handle.net/20.500.14540/23497शोधसार महिला शिक्षकको सहभागिताले शिक्षण सिकाइमा पारेको प्रभाव शीर्षकमा तयार परिएको शोधप्रत्रमा महिला शिक्षकको सहभागिताले शिक्षण सिकाइमा पारेको प्रभाव यसको मुख्य उद्देश्य रहेको छ । यो शोधकार्य इलमा जिल्लाको चुलाचुलि स्रोत केन्द्र भित्र संञ्चालित दसवटा सामुदायिक प्राथमिक विद्यालय र सम्वन्धित विद्यलयका प्र.अ., वि.व्या.स. अध्यक्ष, महिला शिक्षक, शिक्षक अभिभावक संघ र विद्यार्थीहरूबाट अध्ययन भित्र सीमित गरिएको छ । यो अध्ययन कार्यलाई अगाडि बढाउन सम्बन्धित उद्देश्यले मेलखाने प्रश्नावली नमूना, अवलोकन, अन्तर्वार्ता तथा अभिलेख जस्ता साधनहरूबाट तथ्याङ्क संकलन गरी गुणात्मक तथा परिमाणत्मक दुवै ढाँचाको सहयोगबाट तथ्याङ्कलाई तालिकीकरण गर्दै तथ्याङ्कशास्त्रीय विधिको प्रयोग गर्दै सम्बन्धित सहित्यको सहित्य र सैद्धान्तिक खाकासँग समिश्रण गर्दै व्यख्या र विश्लेषण छ । यस अध्ययन क्षेत्रमा पूरुष शिक्षकको तुलनमा महिला शिक्षक संख्या न्यून रहेको पाइयो त्यस मध्ये स्थायी महिला शिक्षक पनि न्यून रहेको पाइयो । अस्थायी, राहात र नीजि शिक्षकमा भने समानता रहेको पाइयो । त्यस्तै तलिमा प्राप्त,अप्राप्त र आंशिक तलिम प्राप्त शिक्षक सामान्य रहेको पाइयो । वि.व्य.स.मा महिला सहभागिता कम रहेको पाइयो । त्यसैगरी कक्षा एकमा छात्राको खुद भर्ना दरको अवस्था क्रमश घट्दै गएको पाइयो । छात्राको उत्र्तीण, कक्षा दोहो¥याउने अवस्था, विचैमा कक्षा छोड्ने, कक्षा दोहो¥याउने छात्रको अवस्था छात्राको तुलनामा कम रहेको पाइयो । शिक्षणमा महिला शिक्षकको अवस्थामा कक्षा शिक्षण नभएको पाइयो भने प्र.अ.को महिला शिक्षक वीच र शिक्षण प्रति राम्रो व्यवहार रहेको पाइयो । अध्ययन क्षेत्रमा समग्रमा महिला शिक्षक दरवन्दी मिलानमा महिलालाई प्राथमिकता दिनुपर्ने सुझाव पाइयो । पारिवारीक कारण, आर्थिक कारण सामाजिक कारण, द्वन्दका कारण र भौगोलिक कारणले गर्दा सो अवस्था भएको पाइयो, यी सम्पूर्ण गतिविधिहरूलाई सुल्झाउन सम्बन्धित निकाय सम्बेदनशील रहनु पर्ने देखिन्छ ।neमहिला शिक्षक Mahila sikshakशिक्षण सिकाइ Sikshan sikaiमाहिला शिक्षाककाे शिक्षणले सिकाइमा पारेकाे प्रभाव { Mahila sikshakako sikshanle sikaima pareko parbhab}Thesis