अर्याल Aryal, मदन Madan2022-02-272022-02-272010https://hdl.handle.net/20.500.14540/8574दलित बालबालिकाहरुले बीचैमा विद्यालय छाड्नुका कारणहरुको पहिचान गरि निराकरणका लागि उपायहरुको खोजी गर्नु वर्तमान परिप्रेक्षमा अत्यन्तै सान्दर्भिक हुने भएकाले “दलित विद्यार्थीहरुले बीचैमा कक्षा छाड्नुका कारणहरु ” शीर्षक राखी यो शोधपत्र तयार गरिएको छ । प्रस्तुत शोधपत्रका प्रमुख उद्देश्यहरु प्राथमिक तहका दलित विद्यार्थीहरुको विद्यालय भर्नाको स्थिति र सहभागिता अध्ययन गर्ने, प्राथमिक विद्यालयहरुमा बीचैमा कक्षा छाड्ने दलित विद्यार्थीहरुको संख्या पत्ता लगाउने र दलित विद्यार्थीहरुले बीचैमा विद्यालय छाड्ने कारणहरु पत्ता लगाई समाधानका उपायहरु सिफारिस गर्ने राखिएको छ । उल्लेखित उद्देश्य प्राप्तीका लागि प्बच िःबचह ९ज्ञडज्ञड(ज्ञडडघ० को सामाजिक वर्गिकरणको सिद्धान्त र ःबह ध्भदभच ९ज्ञडटद्ध(ज्ञढद्दण्० को सामाजिक स्तरीकरणको सिद्धान्तलाई यस अध्ययनको वैचारिक खाकाको रुपमा राखिएको छ । अध्ययनका लागि छनौट गरिएको क्षेत्र केराबारी स्रोतकेन्द्र (उत्तरी मोरङका पाँच गा.वि.स.हरु समेट्ने गरी ) का विद्यालयहरु मध्ये १० विद्यालयहरुलाई नमूना छनौट गरी अध्ययन कार्य सम्पन्न गरिएको छ । यसै गरी अध्ययनको तथ्याङ्क संकलनको लागि प्राथमिक तथ्याङ्क संकलन विधी अन्तर्गत दलित विद्यार्थी, दलित विद्यार्थीका अभिभावक र विद्यालयका विभिन्न जिम्मेवार व्यक्तिहरुसँगको प्रत्यक्ष अन्तर्वार्ता र छलफलबाट जानकारी लिई सोको विश्लेषण गरिएको छ । साथै तथ्याङ्क संकलनको लागि द्घितिय तथ्याङ्क संकलन विधि अन्तर्गत विभिन्न पत्र–पत्रीका, पुस्तक, सम्बन्धित शोध पत्रहरु, छनौट गरिएका विद्यालयका संकलित रेकर्ड ईत्यादिबाट सूचना समावेश गरी सोको विश्लेषण गरिएको छ । अध्ययनबाट प्राथमिक तहमा अध्ययन गर्ने दलित बालबालिकाहरुले कक्षा छाड्ने दर १०.८६% रहको र उक्त संख्या अन्य जातिको तुलानामा बढी नै रहेको पाइएको छ । दलित बालबालिकाहरुको कक्षा उत्तीर्ण दर समेत न्यून भएकाले कक्षामा अनुत्तीर्ण हुने डरले कक्षा छाड्नेको संख्या बढी रहेको पाइयो । प्राथमिक तहका दलित विद्यार्थीहरुले कक्षा छाड्नुका अन्य कारणहरु अध्ययन गर्दा आर्थिक तथा सामाजिक पक्षहरु पनि उत्तिकै जिम्मेवार रहेको पाइयो । विद्यालयहरुमा विद्यामान दलित विद्यार्थीहरुले कक्षा छाड्ने प्रवृत्तिलाई न्यूनीकरण गर्नका लागि सामाजिक चेतना, प्रोत्साहनमूलक शैक्षिक कार्यक्रम, सहभागितामूलक सिकाइ, भयरहित र बालमैत्री सिकाइ जस्ता कुराहरुमा जोडदिनु पर्ने कुराहरु मुख्य सुझावको रुपमा प्रस्तुत गरिएको छ ।neदलित विद्यार्थी dalit bidyaartheeदलित विद्यार्थीहरुले बीचैमा कक्षा छाड्नुका कारणहरु {Dalita vidyarthiharule bicaima kakṣa chaḍnuka karaṇaharu}Thesis