अधिकारी Adhikari, दुर्गा Durga2022-06-202022-06-202017https://hdl.handle.net/20.500.14540/11417कास्कीमा पत्रकारिता क्षेत्रमा महिलाहरूको सहभागीता बढ् दै गएको छ । यो अध्ययनले कास्कीमा पत्रकारितामा महिलाहरूको आर्थिक तथा सामाजिक स्थिति कस्तो छ ? उनीहरूका व्यवसायिक समस्या के छन् ? यो पेशामा किन लागे ? सञ्चार क्षेत्रमा भएका लैंगिक विभेद, यो पेशा सम्वन्धि पत्रकार महिलाहरूका े धारणा आदि प्रश्नको सेरोफेरोमा रही शोधपत्र तयार गरिएको छ । यस अध्ययनको मुख्य उद्देश्य कास्की जिल्लाको पत्रकारिता क्षेत्रमा लागेका पत्रकार महिलाहरूको आर्थिक तथा सामाजिक अवस्थाको विश्लेषण गर्नु हो । यो शोध अध्ययनमा नेपाल पत्रकार महासंघ कास्की शाखामा सदस्यता लिएका ५० जना पत्रकार महिला मध्ये ४४ जना सँग प्रश्नावली तयार गरी सर्भेक्षण फारम भरी अध्ययन गरिएको हो । सर्भेक्षण फाराममा भरिका प्रश्नोत्तरको आधारमा तथ्याङ्ग विश्लेषण गरिएको छ । यस अध्ययनले पूर्व अध्ययन समाग्रीको विश्ले षण गर्ने क्रममा नेपालमा पत्रकारिताको विकासक्रम, नेपाली पत्रकारितामा महिला क्रियाशीलता, कास्कीको पत्रकारिताको विकासक्रम र कास्कीको पत्रकारितामा महिला क्रियाशीलता लगायतका विषयहरूको विश्लेषण गरेको छ । यस अध्ययनमा गरिएका तथ्याङ्क विश्ले षण, विवेचना र नतिजाहरूले कास्कीमा क्रियाशील पत्रकार महिला पछिल्लो समयमा कास्कीमा संख्यात्मक रुपमा बढेको देखाएको छ । यस क्षेत्रमा महिलाहरूलाई अवसर र सम्भावना सँगै पछिल्लो समयमा आर्थिक र सामाजिक हैतियत पनि राम्रो भएको अध्ययनले देखाएको छ । यद्यपी विषयवस्त ु को ज्ञानको अभाव, समयले नबाधिएको पेशा र महिलाको दोहोरो जिम्मेवारीका कारणले यसलाई महिलाले एक अवधि अगालेपछि विस्तारै छोड् न थालेको पाइएको छ । चुनौती भित्र अवसर खोज्ने कतिपय महिलाहरू निरन्तर यही पेशामा लागेका पनि छन् तर उनीहरूलाई सम्वन्धित निकाय नेपाल पत्रकार महासं घ, नेपाल सरकार लगायत सम्वन्धित सं घसस्थाबाट उत्प्रेरणा गर्न आवश्यक देखिन्छ । महिलाहरूलाई पत्रकारिता पेशामा टिकाई राख्नका लागि विभिन्न किसिमका आर्थिक तथा भौतिक सुरक्षाका लागि नेपाल सरकारले पहल गर्नु पर्छneपत्रकारिता क्षेत्र The field of journalismमहिला सहभागिता Women's participationसमाजशास्त्रीय अध्ययन Sociological studiesकास्की जिल्लाको पत्रकारिता क्षेत्रमा महिला सहभागिताका समाजशास्त्रीय अध्ययन{Sociological study of women's participation in the field of journalism in Kaski district}Thesis