संग्रौला Sangraula, सीतादेवी Sitadevi2022-04-172022-04-172019https://hdl.handle.net/20.500.14540/9868पाठ्यक्रम अनुरुपताका दृष्टिले कक्षा दशको नेपाली पाठ्यपुस्तकमा समाविष्ट व्याकरण शीर्षकको प्रस्तुत शोधपत्र स्नातकोत्तर उपाधिको प्रयोजनार्थ तयार पारिएको हो । यस शोधकार्यको उद्देश्य कक्षा दशको नेपाली पाठ्यपुस्तकमा व्याकरणात्मक अभ्यासका अध्ययन गर्न पाठ्यक्रम अनुरुपताका दृष्टिले कक्षा दशको नेपाली पाठ्यपुस्तकमा समाविष्ट व्याकरणको अध्ययन गर्नु रहेको छ । यो गुणात्मक प्रकृतिको अनुसन्धान भएकाले शाब्दिक रूपमा तालिका, सूचीपत्र, टिपोटपत्र आदि साधनबाट सङ्कलन गरिएका असाङ्ख्यिक तथ्याङ्कहरूलाई पाठ्यपुस्तकका व्याकरणिक विशेषताहरूमा आधारित भएर पुस्तकालीय र वर्णनात्मक विधिबाट विश्लेषण गरिएको छ । यो शोधपत्रमा प्राथमिक र द्वितीय सामग्रीको छनोट गरिएको छ । प्राथमिक सामग्री अन्तर्गत कक्षा दशको पाठ्यपुस्तक रहेको छ भने द्वितीय सामग्री अन्तर्गत प्रस्तावित शोधपत्रसँग सम्बन्धित विभिन्न शोधपत्रहरू, प्रकाशित खोजमूलक लेखहरू, प ्र तिवेदनहरू र भाषा शिक्षण सम्बन्धी पुस्तकहरूको उपयोग गरिएको छ । त्यसैगरी अन्तिममा अध्ययनका लागि सामग्री सङ्कलन गरिसकेपछि पुस्तकालयीय, वर्णनात्मक विधिलाई उपयोग गरी आवश्यकता अनुसार तालिकीकरण गरिएको छ । कक्षा दशको नेपाली पाठ्यपुस्तकमा रहेका व्याकरणिक अभ्यासको अध्ययनका सीमाहरूमा कक्षा दशको नेपाली भाषा पाठ्यपुस्तक (२०७४), पाठ्यपुस्तकका े व्याकरणिक अभ्याससँ ग मात्र केन्द्रित भर्इ व्याकरणका विषयवस्त ु को मात्र विश्लेषणमा आधारित रहेको छ । कक्षा दशको नेपाली पाठ्यपुस्तकले विद्यार्थी रुचि, क्षमता र स्तर अनुरूप व्याकरणिक अभ्यास राख्ने प्रयास गरिएको पाइन्छ तापनि भाषिक सिपहरूको विकासमा समानुपातिक वितरण पाइँदैन । व्याकरण सिकाइमा आगनात्मक पद्धति अँगालिए पनि यसलाई अझ बढाएर लैजानु पर्ने दे खिन्छ ।neपाठयक्रम अनुरुपता pathaykram anuruptaनेपाली पाठ्यपुस्तक Nepali pathayapustakनेपाली व्याकरण Nepali byakranपाठयक्रम अनुरुपताका दृष्टिले कक्षा दशको नेपाली पाठयपुस्तकमा समाविष्ट व्याकरण { Paṭhayakram Anurupataka Dr̥iṣhṭile kaksha Daskō Nepali Paṭhayapustakama Samabisṭ Vyakaraṇa}Thesis