Education Planning & Management
Permanent URI for this collection
Browse
Browsing Education Planning & Management by TU Affiliated Institute "ओखलढुंगा क्याम्पस, ओखलढुंगा"
Now showing 1 - 2 of 2
Results Per Page
Sort Options
Item कक्षाकोठा व्यवस्थापनमा प्रधानाध्यापकको सहजीकरण(Facilitation of Headmaster in Classroom Management)(Department of Education Planning And Management, 2018) राई Rai, राजेन्द्र कुमार Rajendra Kumarकक्षाकोठा व्यवसथापनमा प्र.अ.को सहजीकरण शीर्षकमा गरिएको यस अनुसन्धानात्मक कार्यको प्रमुखउद्देश्य कक्षाकोठा व्यवस्थापनमा प्र.अ.को सहजीकरणको अवस्था पहिचान गर्नु रहेकोछ । यस शोधपत्रमा गुणात्मक तथा संख्यात्मक अध्ययन विधि अपनाइएको छ । वास्तविकताकागहिराईमा पुगी यथार्थता पत्तालगाउन यस अध्ययन सँग सम्बन्धित उद्देश्य निर्माण गरिएकोछ ।अध्ययनको उद्देश्य पुरागर्न संयोगमा आधारित नमुना छनौट विधिको प्रयोग गरी नमूना छनौट गरेरसम्बन्धित स्थलमा प्रत्यक्ष अवलाकन, रुजुसूची तथा प्रश्नावलीका माध्यमबाट तथ्याङ्क सङ्कलन गरिएकोछ। प्रश्नावली र रुजुसूचीबाट प्राप्त तथ्याङ्कलाई अवलोकन र अभिलेख सँग भिडाई एक अर्कामा सम्बन्धकायम गरिएकोछ । कक्षाकोठा व्यवस्थापनमा प्र.अ.ले सहजकर्ताको रुपमा मूख्यगरी विद्यालयको भौतिकपक्ष र शैक्षिक पक्षको सुधारमा गरेका कार्यहरु समेटने प्रयास गरिएकोछ ।प्रस्तुत अध्ययनमा कक्षाकोठा व्यवस्थापनमा प्र.अ. सहजकर्ताको रुपमा कार्य गर्न सफल भएको देखिन्छ ।यसको कारण निजि लगानी र त्यसको प्रतिफलको आशा स्वरुप प्र.अ. लगायत वि.व्य.स. , शिक्षकस्टाफको सामुहिक प्रयासलाई मान्न सकिन्छ । शिक्षक तथा विद्यार्थीलाई नियमित तथा अनुशासित बनाइयोजना निर्माण र कार्यान्वयनमा सरिक गराई पृष्टपोषण गर्ने कार्यबाट पनि कक्षाकोठाको व्यवस्थापन गनसफल भएको देखिन्छ । विद्यालयको भौतिक पक्ष भने आर्थिक अभावका कारण सामान्य मात्र देखिन्छ ।आर्थिक लगानीमा वृद्धिगर्ने, कार्य विकेन्दी्रकरण गरी स.प्र.अ.लाई पनि जिम्मेवारी दिने, शिक्षक तथाविद्यार्थीको अवलोकन गरी पृष्टपोषण र परामर्श उपलव्ध गराउदा आन्तरीक मूल्याङ्कन पद्धति र अतिरिक्तक्रियाकलापको माध्यमबाट विद्यार्थी मूल्याङ्कनमा सहयोग पुग्दछ भन्ने अध्ययनबाट निष्कर्ष निकालिएकोछ।आर्थिक लगानीमा वृद्धि गरी, मानव संसाधनको विकास गरी, कार्य विकेन्द्रीकरण र सहभागीतामूलकव्यवस्थापनमा जोड दिँदा कक्षाकोठाको व्यवस्थापनमा सुधार ल्याउन सकिन्छ भनी यस शोध अध्ययनले सिफारिस गरेको छ ।Item सामाजिक अध्ययन विषयकाे शिक्षण विधिमा पाठ्यक्रम कार्यन्वयनकाे अवस्था (The state of curriculum implementation in the teaching method of social studies)(पाठ्यक्रम तथा मूल्याङ्कन विभाग, 2021) निराैला Niroula, रुक्मणि Rukmaniसामाजिक अध्ययन विषयको शिक्षण विधिमा पाठ्यक्रम कार्यान्वयनको अवस्था शीर्षकमा सामाजिक अध्ययन विषयको शिक्षण विधिमा पाठ्यक्रम कार्यान्वयनको अवस्था पहिचान गर्नु, सामाजिक अध्ययन विषयको पाठ्यक्रममा प्रयोग भएका शिक्षण विधिले शैक्षिक उपलब्धिमा पारेको प्रभावको विश्लेषण गर्नु, सामाजिक अध्ययन विषयको पाठ्यक्रमका शिक्षण विधिमा देखा परेका समस्या समाधानका उपायको खोजी गर्ने उद्देश्यका साथ गरिएको शोध कार्य नमुनाका रुपमा छनौटमा लिइएका विद्यालयहरुमा पुगी विद्यालयको वस्तुस्थिति,सम्बन्धित व्यक्तिहरुबाट नमुना छनोटमा लिइएका सूचना दाताहरुसँग प्रत्यक्ष भेटघाट गरी उद्देश्यसँग सम्बन्धित विषयमा तयार पारिएका विधि तथा साधनहरुको प्रयोग गरी यस अध्ययन कार्यसँग सम्बन्धित विषयवस्तुमा आवश्यक तथ्याङ्क सङ्कलन गरिएको छ । सङ्कलित तथ्याङ्क एवम् सूचनालाई गुणात्मक तथा परिमाणत्मक विधिबाट व्याख्या एवम् विश्लेषण गरी अध्ययनको निष्कर्ष निकालिएको छ । स्याङजा जिल्लाको आँधीखोला गाउँपालिका अन्र्तगतका ५ वटा सामुदायिक विद्यालयलाई नमुनाको रुपमा लिइ अध्ययन गर्दा जिल्लाका अन्य सामुदायिक विद्यालयहरुको नतिजा सरह नै यी विद्यालयहरुको सामाजिक अध्ययन विषयको शैक्षणिक अवस्था र औषत सिकाइ उपलब्धि रहेको पाइयो । प्रायः सबै विद्यार्थीहरुले उत्तीर्ण हुनका लागि आवश्यक न्यूनतम उपलब्धि प्राप्त गरे तापनि उत्कृष्ट जीपीए भने प्राप्त गर्न नसकेको अवस्था पाइयो । सामाजिक अध्ययन विषयको शिक्षणका लागि आवश्यक शैक्षिक न्यूनत्तम योग्यता र सो भन्दा बढी पनि शैक्षिक योग्यता भएका शिक्षकको व्यवस्था गरिएको भए पनि सामाजिक अध्ययन विषयको वास्तविक विषय शिक्षक भने उपलब्ध नभएको पाइयो । अधिकाँस विद्यालयमा सबै क्षेत्र र विषयवस्तु शिक्षण सक्षमता शिक्षकको व्यवस्था भएको पाइएन । पाठ्यक्रम, शिक्षक निर्देशिका, पाठ्यपुस्तक, सन्दर्भ सामग्री, शैक्षिक सामग्री, कक्षाकोठा व्यवस्थापन, शिक्षण विधि, सूचना प्रविधि आदिको कार्यन्वयनको अवस्था २ वटा विद्यालयले आधुनिक र समय सापेक्ष तरिकाबाट कार्यान्वयन गरेका र बाँकी विद्यालयले परम्परागत तरिकाबाट कार्यान्वयन भएको पाइयो । नमुनाको रुपमा लिएका ५ वटा विद्यालयमा २ वटा विद्यालय बाहेक बाँकी ३ वटा विद्यालयले पाठ्यक्रम तथा शिक्षक निर्देशिकाले तोके बमोजिमका शैक्षिक सामग्रीको पनि प्रभावकारी प्रयोग भएको पाइएन वर्तमान पाठ्यक्रमको मर्म अनुसार नभई पुरानै शिक्षण शैलीको बढी प्रयोग भएको पाइयो । शिक्षण विधिको प्रभाव सन्दर्भमा उपलब्धिमा पारेको प्रभावमा ५ वटा विद्यालय मध्ये २ वटा विद्यालयमा राष्ट्रिय स्तर भन्दा माथि रहेको र ३ वटा विद्यालयमा राष्ट्रिय स्तर सरह भएको पाइयो । विद्यार्थी सहभागितामा पनि उपयुक्त विधिको प्रयोग भएका विद्यालयहरुमा उच्च सहभागिता भएको र परम्परागत शिक्षण विधिको प्रयोग भएका विद्यालयमा तुलनात्मक कम सहभागिता भएको पाइयो । शिक्षण विधिमा देखा परेका समस्याहरुमा पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिकाको सरल पहुँच नहुनु, विषय क्षेत्र व्यापक हुनु, सामग्रीको व्यवस्थापनमा आर्थिक अभाव हुनु, शिक्षक दरबन्दी कम जस्ता समस्या देखिए भने समस्या समाधानमा प्रभावकारी शिक्षण, सक्रिय सहभागिता आधुनिक सूचना प्रविधिको प्रयोग, अनुसन्धानमा आधारित सिकाइ, शैक्षिक तथा सन्दर्भ सामग्रीको व्यवस्था, अवलोकन भ्रमण, पुस्तकालय, प्रयोगशालाको प्रयोग, नियमित अनुगमन, सुपरीवेक्षण तथा पृष्ठपोषणको प्रभावकारी व्यवस्थापन, शिक्षक विद्यार्थी नियमितता, शिक्षक–विद्यार्थी, शिक्षक–शिक्षक, शिक्षक–अभिभावक बीच नियमित भेटघाट, समसामयकि विषयवस्तुमा छलफल, अन्र्तक्रियाद्वारा योजनाबद्ध कार्यान्वयन, शिक्षक पेशागत क्षमता वृद्धि आदि सुझाव दिइएको छ ।