Education Planning & Management
Permanent URI for this collection
Browse
Browsing Education Planning & Management by TU Affiliated Institute "कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा झापा"
Now showing 1 - 6 of 6
Results Per Page
Sort Options
Item छात्रवृति कार्यान्वयन र विधार्थीकाे सिकाइ उपलब्धि स्तर (Scholarship implementation and student learning achievement levels)(2015) काेइराला Koirala, यादवप्रसाद Yadavprasadप्रस्तुत अध्ययन “छात्रवृत्ति कार्यान्वयन र विद्यार्थीको सिकाइ उपलब्धि स्तर” शीर्षकमा तयार पारिएको हो । यस अध्ययनको मुख्य उद्देश्य छावृत्ति कार्यक्रम कार्यान्वयनको वर्तमान अवस्था पहिचान गर्नु, छात्रवृत्तिले विद्यार्थीको सिकाइ उपलब्धि स्तरमा पारेको प्रभाव खोजी गर्नु सिकाइ उपलब्धिमा प्रंभाव पार्ने समस्याहरु विश्लेषण गर्नु र विद्यमान समस्या समाधान र सिकाइ उपलब्धि सुधारका उपायहरु सु झाउनु रहेका छन ् । यो अध्ययन गुणात्मक किसिमको भएता पनि यसमा सिकाइ उपलब्धि मापनका केही परिमाणात्मक तथ्याङ्कहरु समेत समावेश गरी मिस्रित ढाँचामा तयार गरिएको छ । अनुसन्धानात्मक साधनहरुका े प्रयोगको सम्बन्धमा नमूना छनौटमा परेका विद्यालयका प्रधानाध्यापक शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक र विद्यार्थीसँ ग प्रश्नावली भराइ छलफल, अन्तरवार्ता, भेटघाट र अन्तरक्रिया गरी विविध प्रकारका तथ्याङ्क संकलन गरिएको छ । नमूना छनौट विधि अन्तर्गत सुविधायुक्त नमूना छनौट विधि, सम्भावनायुक्त नमूना छनौट विधिको प्रयोग गरिएको छ । प्राथमिक र द्वितीय दुवै स्रोतबाट प्राप्त भएका सूचना, जानकारी र तथ्याङ्कहरुको प्रयोग गरिएको छ । सङ ् कलित तथ्याङ्कलाई सम्पादन र प्रशोधनपछि तालिकीकरण गरी तथ्याङ्कको आधारमा औषत र प्रतिशतको गणना गरेर विषय र प्रसङ ् ग अनु सार चित्रात्मक रुपमा समेत प्रस्तुत गरी उद्देश्य प्राप्तिका लागि विभिन्न शीर्षक, उप–शीर्षकहरुका व्याख्या र विश्ले षण गरेर विषयबस्तुलाई स्पष्ट पारिएको छ । अध्ययनकर्ताको अध्ययन र नतिजा विश्लेषणको आधारमा प्राप्त निश्कर्षलाई अध्ययनको बैचारिक खाका अन्तर्गत थर्नडाइकको सम्वलनको सिद्धान्त, वी.एफ. स्कीनरको कार्यपरक सम्बद्ध सिकाइ सिद्धान्त र अव्राहम मस्लोको अभिप्रेरणाको सिद्धान्तको चिन्तनसँग सम्बद्ध गरी सोही आधारमा निश्कर्षमा पुगेर सुधारका लागि सुझावहरु पेश गरिएको छ । अध्ययनबाट विद्यालयमा छावृत्ति कार्यक्रमले अभिभावक वर्गमा विद्यालयप्रति सकारात्मक धारणाको विकास भइ विना भे दभाव छोराछोरीलाई विद्यालय पठाउने बाँनीका े सुधार भएका े र विद्यार्थीको विद्यालयमा नियमितता वृद्धि भइ सिकाइ उपलब्धिमा सामान्य वृद्धि भएको पाइयो । तर छात्रवृत्ति कार्यक्रमले विद्यार्थीको सिकाइ उपलब्धिस्तरमा पुर्नवल युक्त उत्तेजनाको रुपमा कार्य गर्नु पर्ने सैद्धान्तिक आधारहरु भएता पनि सिकाइ उपलब्धिस्तरItem विद्यालय सुधार याेजना निर्माणमा प्रधानाध्यापककाे व्यवस्थापकीय शैलीकाे प्रभाव {vidyalay sudhar yojana nirmanma pradhanadhyapakko vyabasthapakiya shailiko prabhaw}(शैक्षिक योजना तथा व्यवस्थापन विभाग, 2010) संग्रौला Sangraula, देवीप्रसाद Deviprasadयो अध्ययन विद्यालय ‘सुधार योजना निर्माणमा प्रधानाध्यापकको व्यवस्थापकीय शैलीको प्रभाव’ शीर्षक अन्तर्गत रहेर गरिएको छ । यसका प्रमुख उद्देश्यहरुमा विद्यालय सुधार योजना निर्माण प्रक्रियाको वर्तमान अवस्थाको पहिचान गर्ने, विद्यालय सुधार योजना निर्माणमा प्रधानाध्यापकको व्यवस्थापकीय शैलीको लेखाजोखा गर्ने, व्यवस्थापकीय प्रभावको विश्लेषण गर्ने र विद्यालय सुधार योजनालाई प्रभावकारी बनाउने उपायहरु प्रस्तुत गर्ने रहेका छन् । यस अध्ययनका लागि उद्देश्यमूलक विधि अपनाइएको छ । गुणात्मक ढाँचामा गरिएको यो अध्ययनको जनसंख्यामा तेह्रथुम जिल्लाको आठराई क्षेत्रः हवाकु, इवा, छातेढुंङ्गा, चुहानडाँडा, थोक्लुङ्ग, सक्रान्ति बजार र खाम्लालुङ्ग गा.वि.स.मा सञ्चालित ९ वटा सामुदायिक उच्च मा.वि.का प्र.अ.हरु, मा.वि. तहका शिक्षक, वि.व्य.सका पदाधिकारीहरु, अभिभावकहरु तथा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु रहेका छन् । उक्त ९ वटा उ. मा.वि.हरु मध्ये उद्देश्यमूलक रुपमा छनौट भएका ५ वटा मा.वि.हरुका प्र.अ.हरु प्रति विद्यालय २÷२ जनाका दरले १० जना वि.व्य.स. पदाधिकारीहरु, २÷२ जनाका दरले १० जना अभिभावकहरु, २÷२ जनाका दरले १० जना शिक्षकहरु र २÷२ जनाका दरले १० जना विद्यार्थीहरुलाई नमूना जनसंख्याको रुपमा लिई यो अध्ययन गरिएको छ । अध्ययनको क्रममा प्रश्नावली, सरोकारवालासंगको छलफल, अन्तर्वार्ता, विद्यालय सुधार योजनासंग सम्वन्धित विभिन्न लेख रचनाहरु र विशेषगरी सम्वन्धित विद्यालयद्वारा निर्मित विद्यालय सुधार योजनालाई साधनको रुपमा लिई तथ्यांङ्क संकलन गरिएको छ । यस अध्ययनका मुख्य प्राप्तिहरुमा प्र.अ.ले विद्यालय सुधार योजना निर्माण गर्दा सहयोगी पुस्तिकाको सहयोग कम लिने गरेको, निर्माण समिति गठन नगरेको,प्रायःजसो शिक्षकको सहायताले मात्र विद्यालय सुधार योजना निर्माण गर्ने गरेको, तोकिएको ढाँचा पूरै अवलम्वन नभएको, सरोकारवालाको सहभागिता कम गराइएको, योजना निर्माण गर्दा शैक्षिक पक्षलाई भन्दा भौतिक पक्षलाई बढी जोड दिइएको, विद्यालय सुधार योजना ५ वर्षका लागि बनाई प्रत्येक वर्ष सोही अनुसारको कार्ययोजना बनाएर लागू गर्नुपर्नेमा उक्त अनुरुप कार्य कम भएको पाइयो । विद्यालय सुधार योजना निर्माण गर्दा प्रध्यानाध्यापकले सहयोगी पुस्तिकाले तोकेबमोजिमको ढाँचामा निर्माण गर्नुपर्दछ । सरोकारवालाहरुको भेला बोलाई विद्यालयको स्थिति प्रतिवेदन सार्वजनिक गरी भावी योजना निर्माणका लागि निर्माण समितिको गठन गर्नुपर्दछ । शिक्षकको सहायताले मात्र नभई निर्माण समितिद्वारा योजना निर्माण गर्नुपर्छ । सरोकारवालाहरुको राय सल्लाह र सुझावको आधारमा वस्तुनिष्ठ योजना निर्माण गर्नुपर्छ । निर्माण गरिएको विद्यालय सुधार योजनाको मस्यौदालाई लेखाजोखा समितिबाट मूल्याङ्कन गराई विद्यालय व्यवस्थापन समितिको स्वीकृतिपछि अन्तमा विद्यालय सुधार योजना निर्माण गरी लागू गर्नुपर्छ ।Item शिक्षण सिकाइमा उत्प्रेरणा (Motivation in teaching learning)(शैक्षिक योजना तथा व्यवस्थापन विभाग, 2015) खतिवडा Khatiwada, लाेकनाथ Loknath“शिक्षण सिकाइमा उत्प्रेरणा” शीर्षकमा गरिएको यो अध्ययनको उद्देश्यहरु प्राथमिक तहको कक्षा शिक्षणमा उत्प्रेरणा र यसवाट विद्यार्थीमा पर्ने प्रभाव पत्ता लगाउन, सम्वन्धित सरोकारवालाहरुसँगै शिक्षण सिकाइमा उत्प्रेरणाको अवस्था संकलन गरि सिकाइ उपलब्धीको असर पत्ता लगाउन र सिकाइमा पुरस्कार दण्डको प्रयोगको समस्या पत्ता लगाउनु रहेका छ । यस अध्ययनका उद्देश्यहरुको पर्णता दिन ताप्लेजुङ जिल्लाका १४ वटा स्रोतकेन्द्रहरु मध्ये २ वटा स्रोतकेन्द्र भित्रका ३/३ वटा विद्यालय र अभिभावकहरु सँगै अन्तर्वाता, कक्षा शिक्षण अवलोकन विशेष शिक्षण सिकाइमा उत्प्रेरणाको लेखाजोखा गर्ने र सिकाइ उपलब्धीमा परेका प्रभाव अवस्था पत्ता लगाई त्यसमा पर्ने असर ती विद्यार्थीको विद्यालयमा रेकर्ड अध्ययन गरी सूचना संकलन गरिएको थियो । त्यसैगरी सूचनाको सहायक स्रोतको रुपमा विभिन्न पत्रपत्रिकामा छापिएका लेख, घटना तथा पस्तकलाई लिइएको थियो । विद्यार्थीहरुलाइ उत्प्रेरणा दिने व्यवस्था गरिएको भनि सवै विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको पूर्ण रुपमा प्रयोग भएको राय प्राप्त भएको थियो । सँधै सफा सुग्गर भएमा, विद्यालय नीति नियम पालन गरेमा, विद्यालय समयमा आएमा, साथीहरु सँगै छलफल गरी सहपाठी सिकाइ गरेमा उत्प्रेरणा दिने व्यवस्था भएको छ भन्ने सन्र्दभमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरुबाट ४५ पतिशतको धारणा पाइयो भने अभिभावक र बाँकी सहभागीहरुको कुनै प्रतिक्रिया प्राप्त भएन । शिक्षण सिकाइमा सबै सरोकारवालाहरुको धारणा विद्यालयलाई बालमैत्रीपूर्ण बनाई शिक्षण सिकाइमा सुधारल्याई विद्यालयमा रहेको बाह्य वातावरण अन्तर्गत भौतिक व्यवस्था कक्षाकोठा, खेलमैदान, खानेपानी, शौचालय, शैक्षिक सामग्री जस्ता कुराले सिकाइ वातावरणमा प्रभाव पार्ने कुरामा सबैको एक मत देखिएको साथै शिक्षण सिकाइको अवस्था लेखाजोखा गर्दा कक्षाकोठाको वातावरणभित्र नियमित शिक्षण गर्नुपर्ने शैक्षिक सामग्रीको उचित प्रयोग, सहपाठी शिक्षण सिकाइ, समूहकार्य, निरन्तर विद्यार्थी मूल्याङकन, उदारकक्षोन्नति र विषयवस्तुमा आधारित शिक्षण कौशलता भित्र विविध पक्षको विषयमा प्रधानाध्याप र शिक्षकले १०० प्रतिशत प्रतिक्रिया दिए पनि विद्यालय व्यवस्थापन समिति तथा अभिभावकले भने धेरै अनभिज्ञताको प्रतिक्रिया दिएका थिए । विद्यार्थीहरुले पनि स्वअध्ययन सह तथा अतिरिक्त क्रियाकलापको माध्यमबाट उत्साहित क्रियाकलपबाट मात्र शिक्षण सिकाइ दिगो र प्रभावकारी हुने कुरा बताएका थिए । बालबालिकाको चौतर्फी विकास भन्नाले शारीरिक वौद्धिक संवेगात्मक तथा सामाजिक विकासको लागि सबै सरोकारवादलाहरुले जस्तै विद्यार्थीले पनि शैक्षिक गुणस्तर विकासको पक्षमा जोड दिई सिकाइ उपलब्धीमा वृद्धि हुने प्रतिक्रिया जनाएका थिए । सिकाइ उपलब्धी सम्वन्धी समस्याहरु विद्यालयको भौतिक पक्षमा साथै शैक्षिक पक्षको समग्र सक्षमताले नै दिगो भर भरपर्दो विकास भै समय सापेक्ष सुधारोन्मुख हुने कुरामा दुईमत देखिदैन । पढाइमा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रथम, द्वितीय र तृतीय हुने, सँधै कक्षाकार्य गर्ने, विभिन्न क्रियाकलापमा सहभागिता जनाउने र विजय प्राप्त गर्ने विद्यार्थीहरुलाई भौतिक, नगद तथा शाब्दिक पुरस्कार दिने गरेको प्रतिक्रिया पाइयो । पुरस्कार भने सवै विद्यालयमा परम्परागत शैलीमा दिने गरेको पाइयो । अन्त्यमा समग्रमा सरोकारवालाहरु सबैले शिक्षण सिकाइमा उत्प्रेरणाले सकारात्मक तथा सुधारोन्मुख उपलब्धि दिने कुरामा भने सबैको धारणा एउटै छ जसमा बालमनोवैज्ञानिक तथा हौसलामुखी वातावरणमा प्रभावकारी शिक्षण तरिकाबाट गर्नुपर्ने र दण्डको भन्दा विशेषतः उत्प्रेरणालाई विद्यालयमा वढी प्रयोग गरी कमजोर विद्यार्थीहरु समेतलाई उचित वातावरणको सिर्जना गरी निरन्तर विद्यार्थी मूल्याङ्कन र उदार कक्षोन्नतीको माध्यमबाट हौसलामुखी प्रक्रियाबाट शिक्षण गर्ने प्रतिक्रिया प्राप्त भएको छ ।Item संस्थागत विधालयमा दलित बालवालिकाकाे सिकाइ स्थिति {Sansthagat vidyalayma dalit balbalikako sikai sthiti}(शैक्षिक योजना तथा व्यवस्थापन विभाग, 2011) राई Rai, चन्द्रप्रकाश Chandraprakashप्रस्तुत शोधपत्र ‘संस्थागत विद्यालयमा दलित बालबालिकाको सिकाइ स्थिति’ शीर्षक राखेर तयार पारिएको छ । यस अध्ययनको मुख्य उद्देश्य संस्थागत विद्यालयमा दलित विद्यार्थीहरुको सिकाइ स्थितिको विश्लेषण गर्नु रहेको छ । यस अध्ययनको अनुसन्धानात्मक ढाँचा गुणात्मक रहेको छ । यस अध्ययनको लागि उद्देश्यमूलक नमूना छनौट विधि र सामान्य संभावनायुक्त नमूना छनौटको मिश्रित विधि अपनाइएको छ । झापा जिल्लाको दमक नगरपालिकामा संचालित ३० वटा संस्थागत विद्यालयहरुमध्ये १४ वटा संस्थागत माध्यमिक विद्यालयहरु रहेकोमा चारवटा संस्थागत विद्यालयहरु चयन गरिएको छ । गुणात्मक तथ्यांक संकलन गर्न विद्यार्थी अभिलेख फाराम, प्रश्नावली, अन्तरवार्ता, छलफल, अवलोकन जस्ता साधनहरु प्रयोग गरि सरोकारवाला ७६ जना उत्तरदाताहरुसँग प्रत्यक्ष साक्षात्कार गरिएको छ । यस अध्ययनको क्रममा प्राथमिक र द्वितिय दुवै स्रोतको प्रयोग गरिएको छ । संस्थागत विद्यालयहरुको माध्यमिक तहमा दलित विद्यार्थीहरुको भर्ना गैरदलित विद्यार्थीको तुलनामा अत्यन्त न्यून रहेको पाइएको छ । दमक नगरपालिकामा बसोवास गरिरहेका दलितहरुको जनसंख्याको आधारमा पनि दलित विद्यार्थीहरुको भर्ना न्यून रहेका छ । संस्थागत विद्यालयको माध्यमिक तहमा दलित विद्यार्थीहरुको विद्यालय छाड्ने र कक्षा दोहो¥याउने अवस्था न्यून पाइएको छ । सिकाइ क्षमता, गृहकार्य, नियमितता, साथीहरुसँगको सम्बन्ध, शिक्षकहरुसँगको सम्बन्ध, अतिरिक्त क्रियाकलाप, अनुशासन, व्यक्तिगत सरसफाइ जस्ता शैक्षिक क्रियाकलापमा दलित विद्यार्थीहरुको सिकाइ गैर दलित विद्यार्थीहरुको तुलनामा कमजोर पाइएको छ । दलित विद्यार्थीहरुको संस्थागत विद्यालयको माध्यमिक तहमा न्यून पहुँच हुनका मुख्य कारण र प्र्रभाव पार्ने तत्वहरुमा कमजोर आर्थिक अवस्था, शिक्षा र चेतनाको अभाव, पारिवारिक पृष्ठभूमि, सरकारको दलित सम्बन्धी शिक्षा ऐन र नियम, सामाजिक विभेद र हिनभावना तथा परम्परागत पेशा÷व्यवसाय पाइएको छ । संस्थागत विद्यालयहरुले आ–आफ्नै तरिकाले धेरैजसो दलित विद्यार्थीहरुलाई मासिक र वार्षिक शुल्कमा आंशिक र पूर्ण सहुलियत दिएको पाइएको छ । संस्थागत विद्यालयको माध्यमिक तहमा दलित बालबालिकाको सिकाइ अभिवृद्धि गर्न दलित समुदायलाई राज्य र गैर सरकारी निकायले विभिन्न तालिमको व्यवस्था गरेर तथा आर्थिक सहयोग गरेर आफ्नो परम्परागत पेशा र व्यवसायलाई आधुनिकिकरण र व्यवसायीकरण गरी आफ्नै पेशा सञ्चालन गर्न सक्ने बनाउने वा रोजगारको व्यवस्था गर्ने, राज्यले संस्थागत विद्यालयमा के कति दलित विद्यार्थी कसरी भर्ना गर्ने भन्ने स्पष्ट ऐन र नियम बनाउनु पर्ने, संस्थागत विद्यालयबाट उठाइएको शिक्षा कर र आय करबाट दलित शिक्षा कोष खडा गरी दलित विद्यार्थीहरुको आधारभूत आवश्यकता पूरा गर्दै संस्थागत विद्यालयमा नै पढ्न पाउने सुविधा प्रदान गर्ने, सामाजिक विभेद विरुद्ध बनेको ऐन र कानुनलाई पूर्ण रुपले कार्यान्वयन गरी सामाजिक विभेद अन्त्य गरिनु पर्ने, शिक्षक र प्र.अ.हरु अग्रसर भई विद्यालयमा गरिने विभेद पूर्ण रुपले अन्त्य गरिनु पर्ने, दलितहरुको आत्म सम्मान र आत्म स्वाभिमान उच्च बनाउने वातावरण विद्यालय, समाज र राज्यका हरेक इकाइहरुले विशेष पहल गरेर सृजना गर्नुपर्ने, शैक्षिक क्रियाकलापमा सक्रिय सहभागि भई अव्वल नतिजा ल्याउन शिक्षक, प्र.अ. तथा सरोकारवालाहरुले प्रोत्साहन र उत्प्रेरणा प्रदान गर्नुपर्ने र संस्थागत विद्यालयले सकेसम्म धेरै सुविधा प्रदान गर्ने सुझावहरु प्रस्तुत गरिएको छ ।Item समुदायद्वारा व्यवस्थित विधालयकाे स्राेत व्यवस्थापन {Samudaydwara vyabsthit vidyalayko srot vyasthapan}(शैक्षिक योजना तथा व्यवस्थापन विभाग, 2011) भट्टराई Bhattarai, जीवन Jeevanप्रस्तुत शोध अध्ययनको शीर्षक समुदायद्वारा व्यवस्थित विद्यालयको स्रोत व्यवस्थापन रहेको छ । यस अध्ययनको मुल उद्देश्य समुदायद्वारा व्यवस्थापन गरिएका प्राथमिक विद्यालयहरुको भौतिक र आर्थिक स्रोत व्यवस्थापनको अवस्था पत्ता लगाउनु, स्रोत व्यवस्थापनमा रहेका चुनौतिहरु पहिल्याउनु र स्रोत व्यवस्थापनको अवस्थाको विश्लेषण गर्नु रहेको छ । यो अध्ययन कार्य सम्पन्न गर्ने सिलसिलामा वर्णनात्मक तथा विश्लेषणत्मक ढाँचाको प्रयोग गरिएको छ । यो अध्ययनको लागि झापा जिल्लाका समुदायमा व्यवस्थापन हस्तान्तरण गरिएका सबै प्राथमिक विद्यालयहरुलाई कुल जनसंख्याको (ग्लष्खभचकभ) को रुपमा लिइएको छ । जसमा उद्देश्यमूलक नमुना छनौटको आधारमा समुदायमा व्यवस्थापन हस्तान्तरण गरिएका पथरिया गा.वि.स.को १ वटा र भद्रपुर नगरपालिकाको १ वटा गरी जम्मा २ वटा प्राथमिक विद्यालयहरुलाई मात्र नमुना छनौट गरिएको छ । तथ्याङ्क संकलनका लागि अवलोकन फारम, अन्तरवार्ता निर्देशिका, लक्षित समुह छलफल निर्देशिका र सर्वेक्षण फारमको निर्माण एवम् प्रयोग गरी तथ्याङ्क संकलन कार्य सम्पन्न गरिएको छ । यसमा विद्यालयका प्र.अ., विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, विद्यार्थी र अभिभावकहरुलाई उद्देश्यमूलक छनौटको आधारमा नमुनाको रुपमा लिएर प्राथमिक तथ्याङ्क संकलन गरिएको छ । सामुदायिक विद्यालयको भौतिक स्रोतको अध्ययन गदा समुदायमा हस्तान्तरण भएपछि भौतिक व्यवस्थापनमा उल्लेख्य सुधार भएपनि अझै विद्यालयहरुमा खानेपानी, घेरावारा र खेलमैदान जस्ता पूर्वाधारको समस्याहरु रहेको देखियो । आर्थिक स्रोतको अवस्था विश्लेषण गर्दा आम्दानीको मुख्य स्रोत सरकारी अनुदान रहेको पाइयो भने अधिकांश रकम तलब भत्ता र प्रशासनिक कार्यमा खर्च हुने गरेको पाइएता पनि जनसहभागिता वृद्धि भई व्यवस्थापनमा जवाफदेहिता बढेकाले क्रमिक रुपमा सुधार हुँदै गएको पाइयो । विद्यालयमा आयवृद्धिको स्रोतको लागि जन परिचालन गरी आर्थिक सहयोग तथा श्रमदान कार्यक्रम संचालन गर्ने, अनावश्यक खर्चलाई घटाई खर्च बचत योजना बनाउने, स्थानीय निकायहरुले आफ्नो बजेटको निश्चित रकम विद्यालयलाई दिनुपर्ने नीति तथा कानून बनाउनुपर्ने र शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा सरकारी लगानीमा वृद्धि गरी सरोकारवालालाई विद्यालयको निर्णय प्रक्रियामै सामेल गराई समुदायमा अवस्थित विद्यालयप्रति अपनत्वको भावना जागृत गराउने यस अध्ययनको सुझावहरु रहेका छन् । स्रोत व्यवस्थापनका चुनौतिहरुमा विद्यार्थी शुल्क उठाउनमा कठिनाई, अभिभावकको कमजोर आर्थिक अवस्था, विद्यालयको दिगो आर्थिक स्रोतको अभाव, स्थानीय निकाय र संघसंस्थाहरुको सहयोगमा निरन्तरता र पारदर्शिता नहुनु, मूल्याङ्कन, अनुगमन तथा तालिमको अभाव आदि रहेका छन् । साथै समुदायद्वारा व्यवस्थापनको जिम्मा लिएपछि खासगरी ग्रामीण क्षेत्रमा अवस्थित विद्यालयमा भन्दा शहरी क्षेत्रमा अवस्थित विद्यालयमा स्रोत व्यवस्थापन सम्बन्धमा भएका राम्रा अभ्यासहरुमा आर्थिक कारोवारमा पारदर्शिता, भौतिक स्रोत व्यवस्थापनमा सुधार, जनसहभागितामा वृद्धि, छात्रवृत्ति कार्यक्रममा पारदर्शिता, बचतको शुरुवात आदि तुलनात्मकरुपमा राम्रो रहेको पाइएको छ ।Item सामुदायिक विधालयमा सञ्चालित बालविकास केन्द्र व्यवस्थापन (Management of child development centers run in community colleges)(शैक्षिक योजना तथा व्यवस्थापन विभाग, 2015) तिम्सिना Timsina, खड्गकुमारी Khadga Kumariबाल शिक्षा औपचारिक शिक्षा आर्जनको पहिलो चरण हो । त्यसको उचित व्यवस्थापनले बालबालिकाको सिकाई र आधारशिला प्रभावकारी हुन्छ । त्यसैले “सामुदायिक विद्यालयमा सञ्चालित बालविकास केन्द्र व्यवस्थापन” शीर्षकमा तयार पारिएको यो शोधपत्रको मुख्य उद्देश्य प्रारम्भिक बालविकास कन्द्र व्यवस्थापनको वर्तमान अवस्था पत्ता लगाउनु, बालविकासका लागि निर्धारित गतिविधिको विश्लेषण गर्नु, प्रारम्भिक बालविकास केन्द्र व्यवस्थापन र सञ्चालनमा देखिएका समस्या र चुनौतिहरू पत्ता लगाउनुका साथै समस्या र चुनौतीको समाधानका लागि आवश्यक सुझावहरू प्रस्तुत गर्नु रहेका छन् । यस अध्ययनको उद्देश्य पूरा गर्न अध्ययन विधि अन्तर्गत वर्णनात्मक, परिमाणात्मक र विश्लेषणात्मक खोज अनुसन्धानको ढाँचा प्रयोग गरिएको छ । अनुसन्धानात्मक साधनहरुको प्रयोगको सम्वन्धमा नमूना छनौटमा परेका विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र विद्यार्थीसँग प्रश्नावली, अन्तर्वार्ता, छलफल, भेटवार्ता र अन्तरक्रिया गरी विभिन्न प्रकारका संख्यात्मक तथ्याङ्क संकलन गरिएको छ । प्राथमिक र द्वितीय दुवै स्रोतबाट प्राप्त सूचना, जानकारी र तथ्याङ्कहरूको प्रयोग गरिएको छ । यसरी प्राप्त तथ्याङ्कलाई आवश्यता अनुसार तालिकीकरण, स्तम्भ चित्र, प्रतिशत र औषत आदिको प्रयोग गरी तथ्याङ्कहरुको व्याख्या र विश्लेषण गरिएको छ । अध्ययनका क्रममा सामुदायिक विद्यालयमा सञ्चालित प्रारम्भिक बालविकास केन्द्रको कक्षाकोठा विद्यार्थीहरूका लागि आकर्षक र मनमोहक नरहेको, खेलमैदान, शौचालय, पिउने पानी बालबालिकाहरूका लागि छुट्टै व्यवस्था नगरिएको, कक्षाकोठामा भाषा, विज्ञान, सिर्जनात्मक, गणित आदि सिकाइ क्षेत्रको व्यवस्था नगरिएको, भित्ता सजावट पनि नभएको र कक्षाकाठा भित्र आवश्यक सामग्रीहरू नहुनुको साथै भएका सामग्रीको उचित भण्डारण नभएको पाइयो । विद्यार्थीहरूका लागि गरिने शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक विकासका क्रियाकलापहरू दैनिक समय तालिका अनुसार नियमित र प्रभावकारी रुपमा नगरेको तथा सहयोगी कार्यकर्ताहरूले भएका उपलब्ध सिकाइ सामग्रीहरूको प्रयोग पनि नगण्य मात्रामा गरेको पाइयो । तसर्थ उक्त अवस्थामा सुधार गर्न प्रारम्भिक बालविकास कार्यक्रमको विकास र विस्तारमा व्यापक जोड दिनुपर्ने, बालविकास केन्द्रमा भौतिक पूर्वाधारको विकासमा स्थानीय तथा सरोकारवाला निकायलाई संलग्न गराउनु पर्ने, बालविकास केन्द्रमा सहयोगी कार्यकर्तालाई पारिश्रमिक र शैक्षिक सामग्री खरिद गर्न दिइने सरकारी अनुदान बढाउनु पर्ने आदि जस्ता नीतिगत व्यवस्थामा सुधार गर्नुपर्ने सुझाइएको छ । यसैगरी प्रारम्भिक बालविकास कार्यक्रमको व्यवस्थापनलाई सुदढ गर्न केन्द्रका भौतिक व्यवस्थापनलाई मजबद बनाउन सरोकारवाला सबैलाई समन्वय गराउनु पर्ने, उपलब्ध सिकाइ सामग्रीको हिफाजत तथा प्रयोग गर्नुपर्ने, बालबालिकाहरूलाई शारीरिक, संवेगात्मक, सामाजिक तथा मानसिक क्षमता अभिवृद्धि गराउने सबै क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने, ३ देखि ५ वर्ष उमेर समूहका विद्यार्थीहरूका अभिभावकलाई सम्मान गर्ने कार्यक्रम तर्जुमा गर्नुपर्ने, सहयोगी कार्यकर्ताको दक्षता बढाउन समय समयमा सेवाकालीन तथा पुर्नताजगी तालिम दिइनुपर्ने आदि जस्ता कार्यान्वयन तहका सुझावहरु दिइएको छ भने प्रारम्भिक बालविकास कार्यक्रमको भौतिक व्यवस्थापन सम्बन्धमा थप अध्ययन अनुसन्धान गरी यसलाई अझ परिस्कृत गर्नुपर्ने, प्रारम्भिक बालविकास कार्यक्रममा सरोकारवालाको भूमिका सम्बन्धमा थप अध्ययन अनुसन्धान गर्नुपर्ने आदि सुझावहरु दिइएको छ ।