Education Planning & Management
Permanent URI for this collection
Browse
Browsing Education Planning & Management by TU Institute "Central Department of Education"
Now showing 1 - 9 of 9
Results Per Page
Sort Options
Item अटिजम भएका बालबालिकाहरुको सिकाइ प्रक्रिया {The learning process of children with autism}(विशेष आवश्यकता शिक्षा विभाग, 2023) राई Rai, बकस BakasAvailable with full textItem उदारकक्षोन्नति नीतिको कार्यान्वयनले सिकाइ उपलब्धिमा पारेको प्रभाव {Udarkakshyananti Nitiko Kayanwayanle Sikai Upalabdima Pareko Prabhab}(शैक्षिक योजना तथा व्यवस्थापन संकाय, 2019) न्यौपाने Neupane, झनक बहादुर Jhanak Bahadurउदारकक्षोन्नति नीतिको कार्यान्वयनले सिकाइ उपलब्धिमा पारेको प्रभाव शीर्षकमा सम्पन्न यस शोधपत्रको उद्देश्य उदारकक्षोन्नति नीतिको कार्यान्वयनले सिकाइ उपलब्धिमा पारेको प्रभाव विश्लेषण गर्नु रहेको छ । अध्ययनका क्रममा वर्णानात्मक प्रक्रिया अपनाई गुणात्मक ढाँचाबाट विश्लषण गरिएको छ भने विद्यार्थीको तीन शैक्षिक सत्रको वार्षिक परीक्षाफलको अभिलेख अध्ययन गरी त्यसको परिणात्मक विश्लषण पनि गरिएको हुँदा मिश्रित ढाँचाको प्रयोग गरिएको छ । अध्ययनमा काँकरभिट्टा स्रोतकेन्द्र अन्तर्गत पर्ने २२ वटा सामुदायिक विद्यालय ती विद्यालयका प्रधानाध्यापक, आधारभत तहका शिक्षक, विद्यार्थी, अभिभावक सम्बन्धित स्रोतव्यक्तिलाई जनसंख्याका रूपमा लिइएको छ भने ती मध्ये चारवटा विद्यालयलाई उद्देश्यमूलक नमना छनौट प्रक्रियाबाट नमुना छनौट गरिएको छ । प्रधानाध्यापक, विद्यार्थी, शिक्षक, स्रोतव्यक्तिबाट पश्नावली र अभिभावकबाट छलफलका माध्यमद्वारा साथै विद्यालयका निरन्तर विद्यार्थी मल्याङ्कन र उदारकक्षोन्नति नीतिसँग सम्बन्धित अभिलेखको अवलोकन र अध्ययन गरी प्राथमिक र द्वितीय दुवै स्रोतबाट तथ्यांक संकलन गरिएको छ । संकलित तथ्यांकहरूलाइ विभिन्न तालिका तथा अनुच्छेदमा प्रस्तुतीकरण गरी प्रश्नावली र छलफलका माध्यमद्वारा प्राप्त प्रतिक्रियाहरूलाई तथ्यांक शाास्त्रीय विधिबाट व्याख्या, विश्लषण गरिएको छ । उदारकक्षोन्नति नीतिको कार्यान्वयनले सिकाइ उपलब्धि पारेको प्रभावलाई विभिन्न अध्ययन गरेर तुलानात्मक विवरण प्रस्तुत गरिएको छ । विद्यालयहरूमा उदारकक्षोन्नति नीति कार्यान्वयन भइरहेकोले कक्षा, १, २ र ३ को सिकाइ उपलब्धि अघिल्लो वर्षको तुलनामा पछिल्लो वर्षमा वृद्धि भएको पाइएको छ । त्यस्तै आवधिक परीक्षा र निरन्तर विद्यार्थी मूल्याङ्कनबाट कक्षोन्नति गरिएका कक्षाहरू ४ र ५ को पनि सिकाइ उपलब्धि अघिल्लो वर्षको तुलना पछिल्लो वषहरूमा वृद्धि भएको पाइएको छ । मूल्याङ्कनमा पाठ्यक्रमले निर्धारण गरेको मापदण्डलाई आधार बनाइएको छ र शिक्षकहरूल विद्यार्थी मूल्याङ्कनको यस पद्धतिलाइ झन्झटिलो रूपमा लिइएको पाइएको छ । उदारकक्षोन्नति नीतिले पनि विद्यालयमा भर्ना भएका सब विद्याथीहरू एक शक्षिक सत्रको अध्ययन पूरा गरेपछि उत्तीर्ण भई माथिल्लो कक्षामा अध्ययन गर्न सक्षम हुन नसकेका देखिन्छ । निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धतिलाई अझै प्रभावकारी बनाई कक्षोन्नति बढाउनका लागि विद्यार्थी कार्यसञ्चयिका निर्माण र पधानाध्यापक, शिक्षक, अभिभावकलाई थप तालिमको व्यवस्था गर्नु आवश्यक छ । यसलाई शिक्षकहरूको कार्य सम्पादन मूल्याङ्कनको आधार बनाई नीति निर्माण तहदेखि कार्यान्वयन तह सम्म निरन्तर विद्यार्थी मूल्याङ्कन गन स्पष्ट जिम्मेवारी तोकी उदारकक्षोन्नति नीतिलाई पूर्ण रूपमा सफल पार्न आवश्यक देखिन्छ ।Item बाल विकास केन्द्रले बालबालिकाको विकासमा पारेको प्रभाव {Impact of Child Development Centers on children's development }(शैक्षिक योजना तथा व्यवस्थापन विभाग, 2015) यादव Yadav, पतासी PatasiAvailable with full textItem भूमिहीन सुकुम्बासी समुदायका बालबालिकाहरूको विद्यालयमा सहभागिता {Bhumihin sukumbasee samudayka balbalikaharuko vidyalayama sahabhagita}(शैक्षिक योजना तथा व्यवस्थापन विभाग, 2023) राई Rai, सुरेन्द्र SurendraAvailable with with full textItem माध्यमिक विद्यालयमा पुस्तकालय व्यवस्थापन {Madhyamik Bidhyalayama Pustakalaya Byabasthapan}(शैक्षिक योजना तथा व्यवस्थापन सङकाय, 2019) दाहाल Dahal, मुक्तिनाथ Muktinathप्रस्तुत अध्ययन “माध्यमिक विद्यालयमा पुस्तकालय व्यवस्थापन” शीर्षकमा गरिएको हो । यस अध्यनको मुख्य उद्देश्य माध्यमिक विद्यालयहरुमा भएका शैक्षिक पुस्तकालयहरुको व्यवस्थापकीय पक्षको अध्ययन गरी मुख्य समस्या एवं चुनौतीहरु औंल्याउनु र सुझाव पेश गर्नु रहेको छ । यो अध्ययन मिश्रित अनुसन्धानात्मक ढाँचामा सम्पन्न गरिएको छ । यो अध्ययन झापा जिल्लाको कनकाई नगरपालिकाका सामुदायिक विद्यालयमा सञ्चालित पुस्तकालयमा केन्द्रित रहेको छ भने उद्देश्यमूलक विधिबाट नमुना छनोट गरिएको छ । तथ्याङ्ग संकलनका लागि प्रधानाध्यापकहरु, सहायक प्रधानाध्यापकहरु, पुस्तकालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षकहरु, पुस्तकालयाध्यक्षहरु, विद्यार्थीहरु स्रा े त व्यक्ति तथा शिक्षा सूचना अधिकारीसंग प्रत्यक्ष भेट गरी प्रश्नावली, अन्तरवार्ता तथा स्थलगत अवलकोकन फारमको प्रयोग गरिएको छ । प्रश्नावली, अन्तरवार्ता र अवलोकन फारमबाट प्राप्त शाब्दिक तथ्याङ्कलाई प्राथमिक स्रोत तथा पुस्तकालय सम्बन्धी शो धपत्रहरु, सरकारी निर्देशिका, जर्न ल लेखहरु, विद्यालय तथा पुस्तकालयमा प्राप्त अभिलेखहरु आदिलाई द्वितीय स्रोतका रुपमा लिइएको छ । अनुसन्धानकर्ता आपैm विद्यालयमा उपस्थित भई सू चनादाताहरुसँग पत्यक्ष भेट गरी अन्तरवार्ता लिने, प्रश्नावली भराउने र पुस्तकालयको अवलोकन गरी अवलोकन फारम भर्ने काम गरिएको छ । आवश्यकता अनुरुप तार्किक तथा तथ्याङ्ग शास्त्रीय विधिहरु जस्तै तालिकीकरण, स्तम्म चित्र, वृत्तचित्र, औसत, अनुपात आदिको प्रयोग गरी तथ्याङ्कको विश्लेषण गरिएको छ । सैद्धान्तिक खाकामा डा. एस. आर रंगनाथनको पुस्तकालय विज्ञानका पाँच सिद्धान्तहरु, एफ. डब्ल्यू टेलरको वैज्ञानिक व्यवस्थापनको सिद्धान्त र हेनरी फेयलको प्रशासकीय व्यवस्थापनको सिद्धान्तका आधारमा आगमन उपागमको माध्यमबाट निष्कर्ष निकालिएको छ । प्राप्त नतिजा अनुसार नमुना छनोटमा परेका तीन वटै विद्यालयहरुमा शैक्षिक पुस्तकालय भएको पाइएता पनि व्यवस्थापनको अवस्था त्यति राम्रो रहेका े पाइएन । पुस्तकालयहरुको भौतिक पुर्वाधारहरुको अवस्था सामान्य रहेको पाइयो । पुस्तकालयमा विद्यालयको पाठ् यक्रममा आधारित विषयगत पुस्तकको वाहुल्यता (४७.०४%) रहेको पाइयो । पुस्तक विद्यार्थी अनुपात विश्लेषण गर्दा प्रत्येक एक जना विद्यार्थीका लागि दुई वटा पुस्तक मात्र उपलब्ध हुन सक्ने स्थिति पाइयो । पुस्तकालयमा आधुनिक विद्युतीय सञ्चारका उपकरण तथा इन्टरनेट र ई –लाइब्रेरीको व्यवस्था गरेको पाइएन । तीन वटै पुस्तकालयमा पुस्तकालय व्यवस्थापन समितिको गठन भएको पाइयो तर शिक्षा मन्त्रालयको पुस्तकालय तथा सू चना व्यवस्थापन निर्देशिका २०६९ अनुरुप भएको पाइएन । विद्यालयमा पुस्तकालयले शिक्षण सिकाइमा पु¥याएको सहयोग सम्बन्धमा सूचना दाताहरुको प्रतिक्रियाको आधारमा पुस्तकालयबाट राम्रो सहयोग पुगेको जानकारी प्राप्त भयो । पुस्तकालय व्यवस्थापनका प्रमुख समस्याहरुमा व्यवस्थित भवन एवं कोठाको अभाव, मापदण्ड अनुसारका फर्निचरको अभाव, आवश्यकता, मापदण्ड अनुसारका पुस्तकालयहरुको न्यूनता, पुस्तकालय कर्मचारीको अभाव, विद्युतीय उपकरण तथा इन्टरनेटको अभाव पुस्तकालय सञ्चालनका लागि छुट्टै आर्थिक व्यवस्थापनको अभाव, पुस्तकालय मापदण्ड अनुसार वैज्ञानिक व्यवस्थापनको अभाव आदि रहेको पाइयो । पुस्तकालय व्यवस्थापनका प्रमुख चुनौतीहरुमा नीतिगत चुनौती, आर्थिक चुनौती, प्राविधिक चु नौती, व्यवस्थापकीय चु नौतिहरु रहेको पाइयो । यो प्रमुख समस्या तथा चुनौतीहरुको न्यूनीकरण गरी प्रत्येक विद्यालयमा पाठक मैत्री, प्रविधी मैत्री एवं समृद्धिशाली शैक्षिक पुस्तकालयको वैज्ञानिक व्यवस्थापन तथा सञ्चालनका लागि नीति निर्माण तहमा रहने नेपाल सरकार तथा शिक्षा मन्त्रालयले शैक्षिक पुस्तकालयको अनिवार्य रुपले स्थापना र यसको वैज्ञानिक व्यवस्थापन एवं प्रभावकारी सञ्चालनका लागि स्पष्ट र व्यवहारिक नीतिको निर्माण गर्नु पर्छ । कार्यन्वयन तहमा रहने स्रोत केन्द्र, विद्यालय, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा अभिभावक संघले नीति नियमका आधारमा अन्तराष्ट्रिय मापदण्ड अनुरुप पुस्तकालयका लागि पुर्वाधारहरुको निर्माण, पुस्तकालय व्यवस्थापन समितिको गठन, पुस्तकालय कर्मचारीको निय ु क्ति एवं तालिमको व्यवस्था, आर्थिक स्रोतको खोजी तथा परिचालन, विभिन्न पाठ ् य सामाग्री तथा इन्टरनेटको व्यवस्था गर्नुपर्छ । शिक्षक, पुस्तकालयाध्यक्ष, पुस्तकालय कर्मचारी तथा विद्यार्थीले पुस्तकालय मैत्री वातावरणको निर्माण गरी यसको उच्चतम उपयोग गर्नुपर्छ । अनुसन्धान कार्यमा संलग्न विद्यार्थी, शोधार्थी, संघ संस्था तथा अभियान्ताहरुले शैक्षिक पुस्तकालय व्यवस्थापन र सञ्चालनका सवल तथा निर्वल पक्षहरुको सूदम रुपले अध्ययन गरी यसका प्रमुख समस्या एवं चु नौतीहरु खोजी गर्ने र तीनको न्यूनीकरणका लागि प्रभावकारी उपायहरु पनि सुझाउनु पर्छ । यसरी शैक्षिक पुस्तकालयको स्थापना, वैज्ञानिक व्यवस्थापन र उच्चतम उपयोग गरी विद्यार्थी तथा शिक्षकमा अध्ययन तथा खोजको बानी विकास गर्न सबै पक्ष र तहबाट लागिपर्नु पर्छ ।Item मानव संसाधन व्यवस्थापनमा प्रधानाध्यापकको नेतृत्व {Manab samsadhan byabsthapanma pradhanadhyapakko nettritwa}(2015) पाेखरेल,सरला Pokhrel,Sarala; नारायण प्रसाद अधिकारी Narayan Prasad AdhikariAvailable in fulltextItem मानव संसाधन व्यवस्थापनले शैक्षिक गुणस्तरमा पार्ने प्रभाव {Impact of Human Resource Management on Educational Quality}(शैक्षिक योजना तथा व्यवस्थापन संकाय, 2017) थापा Thapa, विवेचना BibechanaAvailable with full textItem विद्यालय व्यवस्थापनमा शिक्षक अभिभावक संघको भूमिका {Bidyalay Byabasthapanama Sikshak Abhibhabaka Sanghako Bhumika}(2019) ढकाल Dhakal, गुणराज GunrajAvailable with full textItem शिक्षक व्यवस्थापनले शैक्षिक उपलब्धिमा पार्ने प्रभाव एक अध्ययन {A Study of the Impact of Teacher Management on Educational Achievement}(शिक्षाशास्त्र सङ्काय, शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय, 2007) दंगाल Dangal, बलराम Balramशिक्षक व्यवस्थापनले शैक्षिक उपलव्धिमा पार्ने प्रभाव शीर्षकको शोधकार्यमा शिक्षक व्यवस्थापनले शैक्षिक उपलव्धिमा कस्तो प्रभाव पारेको छ ? शिक्षक व्यवस्थापनमा सुधार गर्नके क गर्नु पर्ला ? शैक्षिक उपलव्धि वृद्धि गर्नके क गनपछ?जस्ता प्रश्नमा केन्द्रित गरिएकाथियो । यस अध्ययनलाई सरल बनाउन यस अध्ययनसंग संबन्धित शोधपत्र, सान्दर्भिक पतिवेदनर विभिन्न शिक्षाविदहरुल लेखेका लेखहरुको पुनरावलोकन गरिनका साथै मानव संबन्धसिद्वान्तसंग यस अध्ययनको के संमन्ध रहेको छ ? भन्ने संबन्धमा चर्चा गरिएको छ । यस अध्ययनमा उल्लेखित उद्देश्यहरु पूरा गर्नाका लागि चितवन जिल्ला रत्ननगरनगरपालिका भित्रका चारवटा सामुदायिक मा.वि.हरुमा संभावना रहित नमूना छनौट विधिअन्तर्गत उद्देश्यपूर्ण नमूना छनौट विधिको आधारमा छनौट गरिएको थियो । छनौटमा परेकाविद्यालयका प्र.अ., शिक्षक, वि.व्य.स. पदाधिकारी, अभिभावक र विद्यार्थीसंग विश्वसनीयता रवैधता स्थापित भएका अनुसन्धान उपकरणहरुको प्रयोग गरी प्राथमिक र द्वितीय दुवै स्रोतबाटतथ्याङ्क संकलन गरिएको थियो । शिक्षक व्यवस्थापनले शैक्षिक उपलव्धिमा पार्ने प्रभावमा जोडदिईएको यस शोध कार्यका संबन्धित पक्षहरु प्र.अ. तथा शिक्षकको नियुक्ति, सरुवा, बढुवा,स्थायी÷अस्थायी, तालिम, शिक्षक दरवन्दी, शिक्षक लोड, शिक्षक विद्यार्थी अनुपात, शिक्षणतालिका, शिक्षक विद्यार्थी उपस्थिति दर, शिक्षक समयपालना, प्र.अ.को नेतृत्व शैली र शिक्षककर्मचारीका साथै विद्याथीको वसाइ व्यवस्थापन आदिको र विद्यार्थीको ३÷३ वर्षका एस.एल.सी.को नतिजा संबन्धी संकलन गरिएको तथ्याङ्कहरुलाई सैद्धान्तिक खाकाका आधारमा व्याख्या रविश्लषण गरिएको छ । विश्लषणबाट शिक्षक व्यवस्थापन व्यवस्थित भएका विद्यालयहरुमा एस.एल.सी.काशैक्षिक उपलव्धि उच्च रहेका शिक्षक व्यवस्थापन व्यवस्थित नभएका विद्यालयमा एस.एल.सी.को शैक्षिकउपलव्धि न्यून हुने गरेकाल शिक्षक व्यवस्थापनले शैक्षिक उपलव्धिमा प्रभाव पारेकापाइयो । ख्क्ष् शोधकताबलराम दंगाल सप्तगण्डकी वहुमुखी क्याम्पसभरतपुर, चितवन ।