Education Planning & Management
Permanent URI for this collection
Browse
Browsing Education Planning & Management by TU Institute "S.S.M.Yadhav Multiple Campus, Siraha"
Now showing 1 - 19 of 19
Results Per Page
Sort Options
Item गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालयमा प्र. अ . काे भूमिका { Gunastariya sikshaka lagi balmaitri bidhyalayama pra. a. ko vumika}(2015) हमाल, उदृव Hamal, Udab; धर्मराज सिंह Dharmaraj SinghaAvailable in fulltextItem प्रथामिक तहमा निरन्तर मूल्याङ्कन प्रणाली {Parthamik tahama nirantar mulyankan pranali}(2015) दास, मनाेज कुमार Dash, Manoj Kumar; धर्मराज सिंह Dharmaraj Singhशोध सार प्राथमिक तहमा निरन्तर मूल्याङ्कन प्रणाली शीर्षकको प्रस्तुत शोध अध्ययनको मुख्य उद्देश्य सामुदायिक विद्यालयको प्राथमिक तहमा निरन्तर मूल्याङ्कन प्रणालीको लेखाजोखा गर्नु रहेको छ । प्रस्तुत शोध अध्ययनबाट प्राप्त तथ्याङ्कहरूको विश्लेषन गर्न गुणात्मक तथा परिमाणात्मक मिश्रित अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । यस अध्ययनलाई पूरा गर्नका लागि उद्देश्यमूलक नमूना छनौटका आधारमा छनौट गरी सप्तरी जिल्ला श्री सर्वोदय उ.मा.वि. स्रोत केन्द्र अन्तर्गत पर्ने ३६ वटा विद्यालयहरू मध्ये ३ वटा विद्यालयलाई अध्ययन क्षेत्रको रूपमा लिएको छ । त्यसैगरी शिक्षक, प्र.अ., स्रोत व्यक्ति, वि.नि., अभिभावकको छनौट सम्भाव्य नमूना छनौट पद्धतिका आधारमा गरिएको छ । सम्बन्धित विद्यालयका अभिलेखहरूको पुनरावलोकन गरी सहायक तथ्याङ्क सङ्कलन गरी विश्लेषन गरिएको थियो । प्राथमिक तहमा निरन्तर मूल्याङ्कन प्रणालीप्रति अधिकांश शिक्षक, प्रधानाध्यापक, स्रोतव्यक्ति तथा वि.नि.को सकारात्मक धारणा पाइयो । निरन्तर मूल्याङ्न प्रणाली सम्बन्धी तालिमको अपेक्षा राखेको, हाजिरीलाई प्रथम प्राथमिकतामा राखेको, सामयिक परीक्षालाई दोस्रो प्राथमिकतामा राखेको पाइयो । विद्यार्थी कार्यसञ्चयिका (पोर्टफोलियो) को व्यवस्थापन पूर्णरूपमा नगरिएको, मूल्याङ्कनका सबै साधनहरूको समुचित प्रयोग नभएको, आवधिक परीक्षा सङ्गै निरन्तर मूल्याङ्कनलाई पनि गतिशीलता नदिइएको, आत्म मूल्याङ्कन, परियोजना कार्य, अभिभावक सम्पर्क, अभिभावकलाई सिकाइ उपलब्धिको जानकारी न्यून रूपमा दिने गरिएको एवम् अभिभावक यस सम्बन्धमा अनभिज्ञ रहेको पाइयो । विद्यार्थीहरूको अनुपस्थितिलाई निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको प्रमुख बाधकको रूपमा स्वीकार गरिएको सबै पक्षबाट यसको प्रभावकारी व्यवस्थापन नभएकोले विद्यार्थीको सिकाइ उपलब्धि घटेको यथार्थ स्वीकार गरेको पाइयो । निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको समुचित व्यवस्थापनका लागि विद्यार्थीको उपस्थितिमा ध्यान दिनुपर्ने, विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षकको व्यवस्था हुनुपर्ने, बेलावेलामा तालिम, पुर्नताजगी तालिम दिनुपर्ने, समय–समयमा अनुगमन हुनुपर्ने, माथिल्लो निकाय मौन नबसेर सक्रिय रूपमा लाग्नु पर्ने, अभिभावक सचेत हुनुपर्ने आदि कुरामा सबै पक्षको एकमत रहेको पाइयो । अन्त्यमा शिक्षा प्रणालीकै महत्वपूर्ण अङ्गका रूपमा लिई निरन्तर मूल्याङ्न प्रणालीको समुचित व्यवस्थापन गर्न सके प्राथमिक तह मात्र होइन हरेक तहको शैक्षिक उपलब्धिमा कायापलट हुन सक्ने तथा आमूल परिवर्तन ल्याउन सकिने हुनाले निरन्तर मूल्याङ्कन प्रणालीको समुचित व्यवस्थापन अपरिहार्य रहेको देखिन्छ ।Item प्राथमिक तहमा कक्षाकाेठा व्यवस्थापन {Classroom management at primary level}(शैक्षिक योजना तथा व्यवस्थापन विभाग, 2016) कुमारी Kumari, किरण Kiranप्राथमिक तहमा कक्षाकोठा व्यवस्थापन विषयको यस शोध अध्ययनको मूल उद्देश्य प्राथमिक तहमा कक्षाकोठा व्यवस्थापन को अवस्था खोजी गर्नु रहेको छ । यो शोध अध्ययन कार्य सम्पन्न गर्न गुणात्मक ढाँचाको प्रयोग गरिएको छ । तथ्यांक संकलनका लागि अवलोकन फारम, अन्तर्वाता निर्देशिका, लक्षित समूह छलफल, सर्वेक्षण फारमको निर्माण एवं प्रयोग गरी तथ्यांक संकलन कार्य सम्पन्न गरिएको थियो । यस अध्ययनका लागि गोलाप्रथा संयोगिक नमूना छनौट विधिलाई आधार मानी चारवटा विद्यालयलाई नमूना छनौट गरिएको थियो । यसमा विद्यालयमा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक, विद्यालय निरीक्षक , विद्यार्थी, शिक्षकलाई नमूनाको रुपमा लिएर प्राथमिक तथ्याक संकलन गरिएको छ । यस शोधपत्र सम्पन्न पार्नको लागि मानव सम्बन्ध सिद्धान्तलाई वैचारिक खाकाको रुपमा लिएर कक्षाकोठाको व्यवस्थाको अवस्थालाई हेर्ने प्रयत्न गरिएको छ । कक्षाकोठा व्यवस्थापनमा देखिएका समस्याहरु पारिवारिक पृष्ठभूमि, अभिभावकको कमजोर आर्थिक तथा शैक्षिक अवस्था, अनुशासनको समस्या, विद्यार्थी विद्यार्थीबिच व्यवस्थापन, स्थानिय निकाय र संघसंस्थाबाट निरन्तर सहयोग तथा परामर्श हुन नसक्नु, मुल्याङ्कन तथा तालिमको अभाव, विद्यार्थीहरुको धारणा, शिक्षकको शिक्षणप्रति धारणा आदि समस्याहरु रहेका छन । यी समस्या समाधानका लागि विद्यालयले बालबालिकाहरुलाई कक्षाकोठा भित्र समान व्यवहार र समान अवसर प्रदान गर्नु पर्दछ र अभिभावकको सोचाइमा परिवर्तन गर्न लैङ्गिक संचेतनामूलक कार्यक्रम संचालन गरिएको छ । विद्यालयको कक्षाकोठाको व्यवस्थापनका लागि विद्यार्थीबीच सहभागीता, सामग्रीहरुको परिचालन , अभिभावकमा संचेतना कार्यक्रम, शिक्षक र अभिभावकबिच संचालन शैक्षिक परामर्श, नीतिगत तथा कानुनी सुधार गर्नुपर्ने यस अध्ययनको सुझाव रहेको छ ।Item प्राथमिक तहमा तामाङ्ग बालबालिकाको शैक्षिक अवस्था {Educational Status of Tamang Children at Primary Level}(शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय, 2015) तामाङ्ग Tamang, ईम बहादुर Im BahadurAvailable with full textItem प्राथमिक शिक्षामा मधेशी दलित बालिकाहरुकाे संलग्नता (Prathamik shikshyama Madheshi dalit balikaharuko sanglagnata)(शैक्षिक योजना तथा व्यवस्थापन विभाग, 2016) चौधरी Chaudhary, राकेश कुमार Rakesh Kumarप्रस्तुत शोधपत्र प्राथमिक शिक्षामा मधेशी दलित बालिकारुहको संलग्नता भन्ने शीर्षकमा तयार पारिएको छ । यस अनुसन्धानको प्रमुख उद्देश्य मधेशी दलित बालिकाहरुको शैक्षिक पहुँच पत्ता लगाउन, विद्यालय नजानुका कारणहरु पत्ता लगाउनु र मधेशी दलित बालीकाहरुको शैक्षिक पहुँचमा सुधार ल्याउनका लागि सुझाव दिनु रहेको छ । यस अध्ययनका उदेश्य प्राप्तिका लागी सम्बन्धित साहित्यको पूनरावलोकन गर्दा बिभिन्न सोध, लेख, रचनालाई पूनरावलोकन गरीएको छ भने सैद्धान्तिक खाका का रुपमा कार्ल मार्कसको द्धन्दात्मक सिद्धान्त, म्याक्स वेवरको विभेदिकरणको सिद्धान्त र पाउला े फेरेको पिछिडिएकाहरुको लागी शिक्षा सम्बन्धि दृष्टिकोणलाई उपयोग गरिएको छ । यस अध्ययनको उद्देश्य प्राप्तिका लागि गुणात्मक र परिमाणात्मक ढाँचामा आधारित रही उद्देश्यमूलक र संभावनायुक्त नमुना छनोट विधिबाट सिप्तरी जिल्लाको ४ वटा विद्यालयहरु, ती विद्यालयका प्र.अ.ह, अभिभावकहरु, शिक्षकहरु र विद्यार्थीहरुलाई नमुनाका रुपमा लिइएका े छ । अध्ययनका लागि आवश्यक पर्ने तथ्याङ ् कहरु प्राथमिक र द्धितीय स्रोतहरुबाट संकलन गरिएको छ । जुन तथ्याङ ् कहरु अन्तर्वार्ता, अवलोकन, प्रश्नावलीद्धारा प्रत्यक्ष भेटघाट र स्थलगत सर्वेक्षणद्धारा संकलन गरिएको छ । संकलित तथ्याङ ् कहरु वर्णात्मक तथा विश्लेषणात्मक तरीकाबाट विश्लेषण गरिएका छन ् । यस मधेशी दतिल बालिकाहरुको शैक्षिक क्रियाकलपामा संलग्नता कम रहेको देखिन्छ । शिक्षा र अन्य सुविधाबाट बिमुख रहेका मधेशी दलितहरुको अवस्था कमजोर रहेको देखिन्छ । घरको पारिवारिक वातावरण, आर्थिक अवस्था आदिले गर्दा बालबालिकाहरु नियमित रुपमा विद्यालयमा उपस्थित हुन सकिरहेका छैन ् । समयमा शैक्षिक सामग्री नभेटनुले उनीहरुको उतिर्ण दर कमजोर देखिन्छ । अध्ययन क्षेत्रका विद्यालयमा गैर दलित विद्यार्थीहरुको तुलनामा मधेशी दलित बालिकाहरुको संख्या कम देखिन्छ । साथै गैर दलितको तुल्नामा यिनीहरुको शैक्षिक उपलब्धिको स्तर न्यू न देखिन्छ । विद्यालयमा छुवाछुत सम्बन्धि नराम्रो व्यवहार नभए पनि सामाजिक आर्थिक अवस्था, साँस्कृतिक वातवरण, छिटो विवाह र घरको कामले विद्यालय बीचमै छाडने गरेका े देखिन्छ । अभिभावकको पेशा शिक्षा आर्थिक अवस्था आदि संग बालिकाहरुको शिक्षा प्रभावित भएको देखिन्छ । आर्थिक समस्या, अभिभावकमा चेतनाको कमि, परम्परागत विचार, महिलाहरु निरक्षर हुनु र बालिकाहरुलाई विद्यालय पठाउनु पर्छ भन्ने कारणहरुले उनीहरुको शैक्षिक अवस्थामा प्रभाव पारेको देखिन्छ । विद्यालयमा मधेशी, दलित बालिकाहरुको शिक्षामा सहभागिता र शैक्षिक कार्यक्रममा सुधार गर्नका लागि विद्यालयहरुले जनचेतनामूलक घरदैला े कार्यक्रम, आमभेला कार्यक्रम, सिपमूलक कार्यक्रम, आदि संचालन गरी उनीहरुको शैक्षिक अवस्थामा सुधा रगर्न सकिन्छ । यिनीहरुलाई छात्रवृत्ति, निःशूल्क पाठ ् यपुस्तक वितरण, शिक्षण कार्यक्रममा सहभागि, विद्यालयबाहिर छुवाछुत भेदभाव हटाउने कार्यक्रमहरु, रुढीवाद बारे चेतना अभिबृद्धि र पिछडिएको दलितलाई छुट्टै शैक्षिक आरक्षणको व्यवस्था गरि मधेशी दलित बालिकाहरुको शैक्षिक अवस्थामा सुधार गर्न सकिने सुझावहरु प्रस्तुत गरिएको छ । त्यसपछि नितीगत तहमा विभिन्न कार्यक्रमहरु सँचालन, अभ्यासगत तहमा विभिन्न कार्यक्रमहरु जस्तै, गृहकार्य, कक्षाकार्य, अतिरिक्त क्रियाकलाप, विभिन्न उत्सव समारोहमा यिनीहरुको सहभागिता बढाउनु पर्दछ । अनुसन्धान तह अन्तर्गत अध्ययन कर्ताले अध्ययन गर्न नसके का विविध पक्षहरुको बारेमा अध्ययन गर्न सकिने सुझावहरु प्रस्तुत गरिएको छ ।Item बालविकास केन्द्रप्रति अभिभावककाे द्रष्टिकाेण {Balbikash kendraparti abhibhavakko dristikon}(2015) यादव, काशिन्द्र प्रसाद Yadav, Kashindra Prasad; धर्मराज सिंह Dharmaraj Singhशोध सार प्रस्तुत अध्ययन वालविकास केन्द्रप्रति अभिभावकको दृष्टिकोण शीर्षकमा गरिएको शोध वाल विकास केन्द्र प्रति अभिभावकको दृष्टिकोण पत्ता लगाउनु , अभिभावकको दृष्टिकोणले शिक्षण सिकाईमा पारेको प्रभावको विश्ले षण गर्नु , वालविकास केन्द्रमा देखिएका समस्याहरूको पत्ता लगाउनु साथै त्यसको समाधानका उपायहरू पत्ता लगाउनु यी चार उदेश्यहरूमा केन्द्रित रहे को थियो । प्रस्तुत अध्ययनलाई प्रष्टयाउन विभिन्न अनुसन्धानात्मक प्रश्न निर्माण गरी तिनै प्रश्नमा अध्ययन केन्द्रित रहेका छन । अध्ययन सिराहा जिल्लाको अगुवा स्रोत केन्द्र भित्र पर्ने ५२ वटा वालविकास केन्द्रहरू मध्ये सामुदायिक विद्यालयमा संचालित ४ वटा वालविकास केन्द्रमा केन्द्रित गरिएको छ । अध्ययनको सैद्धान्तिक खाका मेन्टेश्वरी शिक्षा पद्दतीमा केन्द्रित गरी अध्ययनलाई अगाडि बढाइएको छ भने सम्वन्धित साहित्यको पुनरावलोकनको रूपमा , प्रारम्भिक वालविकास संग सम्वन्धित पुस्तक , पत्र पत्रिका , अनुशन्धान, प्रतिवेदन, लेख रचना, तथ्याङ्क आदिको अध्ययन तथा विश्लेषण गरिएको छ । अध्ययनको नमूना छनोटमा सिराहा जिल्लाको जिल्ला शिक्षा अधिकारी , स्रोत व्यक्ति, प्र.अ. , अभिभावक , विद्यालय व्यवस्थापन समिति र विद्यालयलाई नमुना छनोट विधिका आधारमा छनोट गरिएको छ । सोधकर्ता आफै प्रश्नावली निर्माण गरी प्राथमिक स्रोतका रूपमा स्रोत व्यक्ति, प्र.अ. , विद्यालय व्यवस्थापन समिति अध्यक्ष , सहयोगी कार्यकर्ता र वालवालिकालाई वितरण गरी उत्तर प्राप्त गरेका थिए । त्यसै गरी लेख, रचना, प्रकाशित र अप्रकाशित लेख, शिक्षा ऐन नियमावली, जर्नल, पाठ्यक्रम, सहयाेगी निर्देशिका, विद्यालय अभिलेखहरू द्वितिय स्रोतका रूपमा प्रयोग गरेका थिए । यसरी प्राप्त तथ्याङ्कलाई सही र सत्य रूपमा व्याख्या र विश्लेषण गरिएको छ । यसरी व्याख्या र विश्लेषण गर्दा वालविकास केन्द्र प्रति अभिभावकको दृष्टिकोण साकारात्मक भएको पाइयो । वालविकास के न्द्रले वालवालिकामा राम्रो असर पारेको , कक्षा १ मा भर्ना हुने संख्यामा वृद्धि भएको , कक्षा छाड् ने दर कम भएको , वालवालिकाले नियमित कक्षा आउने गरेको साथै नियमित रूपमा अनुगमन र निरीक्षण नगरिएको , शैक्षिक सामग्रीको अभाव रहेको र भौतिक साधनको व्यवस्थामा कमी भएको पाइयो । वालविकास केन्द्रलाई अझ प्रभावकारी भरपर्दो र दीर्घ कालिन वनाउन नितिगत तथा कार्यन्वयन पक्षमा केही थप सुधार गर्नु पर्ने आवश्यकता देखिन्छ । वालविकास के न्द्रको भौतिक अवस्था सुधार गर्नुपर्ने , खाजा नास्ताको प्रवन्ध मिलाउनु पर्ने , सहयोगी कार्यकर्ताको थप पुनः ताजगी तालिम दिनु पर्ने , सहयोगी कार्यकर्ताको पारिश्रमिक बढाउनु पर्ने , अनुगमन र निरिक्षण बढाउनु पर्ने साथै व्यवस्थापन पक्षलाई चुस्त , दुरूस्त वनाई वालविकास केन्द्रको संख्यामा वृद्धि गरी विद्यालयमा नै गाभ्नु पर्ने अध्ययनको निष्कर्ष रहेको छ ।Item बालविकास केन्द्रमा गरिएको लगानीको प्रभाव {Impact of investments in child development centers}(शैक्षिक योजना तथा व्यवस्थापन संकाय, 2015) यादव, पुण्य प्रसादप्रस्तुत शोध अध्ययन वालविकास केन्द्रमा गरिएको लगानीको प्रभाव विषयमा तयारगरिएको हो । यस अध्ययनको मुख्य उद्देश्य विद्यालयमा आधारित बालविकास केन्द्रमागरिएको लगानी पता बालविकास केन्द्रमा गरिएको लगानीले ब्यवस्थापनमा पारेका प्रभाव,लगानीका समस्या तथा समाधानका उपायहरुको खोजी गर्दै त्यसकालागी सझाव प्रस्तुतगर्नु हो । यो शोध कार्य गुणात्मक र संख्यात्मक मिश्रीत अनुसन्धान ढाँचामा आधारित छ ।प्राथमिक तथ्यांकको आवश्यकता अनुसार सहायक तथ्यांक पनि प्रयोग गरिएको हो ।सप्तरी जिल्लाका सामुदायीक विद्यालयमा आधारित बालविकास केन्द्रहरु मध्येवाटसम्भावनायूक्त नमना छनोट विधिका आधारमा आठवटा बालविकास केन्द्रलाई नमुनाकारुपमा छानिएको हो । उद्देश्यमुलक नमनाका आधारमा विद्यलाय वयवस्थापन समितिकाअध्यक्ष , प्रधानाध्यापक , सहयोगी कार्यकर्ता , अभिभावक , स्रोत व्यक्ति , विद्यालयनिरीक्षक तथा जिल्ला शिक्षा अधिकारीलाई उतरदाताका रुपमा अध्ययनमा समावेशगरिएको हो । यस अध्ययनका साधनको रुपमा प्रश्नावली , अन्तरवार्ता , छलफल ,अवलोकनलाई प्रयोग गरिएको छ । यस अध्ययनकालागी अध्ययनकर्ता आफ सम्वन्भितठाउँमा गई तथ्यांक संकलन गरेको छ , संख्यात्मक तथ्यांकको तालिकामा राखी व्याख्यागरिएको छ । शिक्षाको माग र आपुर्ती अनुसार विद्यालयमा आधारित बालविकास कन्द्रमाप्रयाप्त सरकारी लगानी भएको छैन । सहयोगी कार्यकर्ताको तलव , भता तथा मसलन्दमासरकारले लगानी गरको छ । बालविकास केन्द्रलाइ विद्यालयले नै भवन , शौचालय ,फर्नीचर खेल मैदान उपलव्ध गराएको छ । स्थानीय निकाय तथा अभिभावकहरुवाटआर्थिक लगानी गरेको पाइएन । बालविकास केन्द्रमा आर्थीक लगानी वुद्धि गनउपायहरुमा छुट्टै बजेट विनियोजन गन , छुट्टै वि.व्य.स.गठन गर्ने , सरोकारवालाहरुकानियमित अनुगमन र निरीक्षणमा उदासिन रहेको पाइयो । विद्यालयमा आधारितबालविकास केन्द्रमा गरिएको लगानीमा देखिएका समस्याहरुमा वि.व्य.स.को गठन ,भौतिक पक्ष , शैक्षिक सामग्री , सहयोगी कार्यकर्ताको तालिम , अभिभावकहरुको नियमितअनुगमनको अभाव रहेका पाइया । ष्ह सामुदायीक विद्यालयमा अधारित बालविकास केन्दहरु प्रति अभिभावकहरुको चतनाकाअभाव देखिन्छ । समन्वय , सञ्चालनको विस्तार हुन पाइएको छैन । माग जतिकाबालविकस केन्द्रमा लगानी भएको छैन । वाल विकास कार्यक्रममा ार्थिक लगानी बृद्धिगर्नुपर्छ । शिक्षा क्षेत्रमा काम गर्ने सरोकारवालाहरुले आफ्नो भुमिका ईमान्दारीपुर्वक निर्वाहगर्नुपर्छ । मुल्यांकन प्रकृयामा सुधार ल्याउनु पर्छ । सहयोगी कार्यकर्तालाई शैक्षिक सामग्रीविकास तालिम दिनुपर्छ । बालविकास कार्यक्रमका निति निर्माणमा सरोकारवालाकासहभागिता वढाउनु पर्छ । अनुगमन र निरीक्षण प्रणालीमा सुधार गरी विद्यालयलाइशान्ति क्षेत्र घोषणा गर्नु पर्ने देखिन्छ ।Item महिला शिक्षा कार्यक्रमकाे प्रभावकारिता {Mahila siksha karyakramko prabhabkarita}(2015) यादव, हरिचन्द्र Yadav, Harichandra; धर्मराज सिंह Dharmaraj Singhशोधसार प्रस्तुत शोधकार्य अनौपचारिक प्रौढ विद्यालय शिक्षा कार्यक्रम अन्तर्गत महिला शिक्षा कार्यक्रमको प्रभावकारिता शीर्षकमा गरिएको हो । यस अध्ययनका ेउद्देश्य भन्नु नै अनौपचारिक प्रौढ विद्यालय अन्तर्गत महिला शिक्षा कार्यक्रमको प्रभावकारिता पत्ता लगाउदै त्यसमा देखिएका समस्याहरु पहिचान गरी समाधानार्थ सुझाव सुझाउनु रहेको छ । दोलखा जिल्लाका हनुमन्तेश्वर उच्च माध्यमिक विद्यालय काभ्रे, वैतेश्वर उच्च माध्यमिक विद्यालय नाम्दू र कालिञ्चोक उच्च माध्यमिक विद्यालय चरिकोट मा सीमित गरिएको यस शोध गुणात्मक एवं संख्यात्मत दुवै ढाँचालाई मिलाई मिश्रित ढाँचामा तयार गरिएको छ । तथ्याङ्क सङ्कलनको लागि विद्यालयमा शोधकर्ता आफैं गई स्थलगत अध्ययन, अन्तरवार्ता, प्रश्नावली, छलफल, दस्तावेज, अवलोकन अध्ययन जस्ता विधि प्रयोग गरिएको छ । यस अध्ययनको मुख्य उत्तरदाताको रुपमा अनौपचारिक प्रौढ विद्यालय शिक्षा कार्यक्रमका विद्यालयहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, स्रोत व्यक्तिहरु, प्रधानाध्यापकहरु, शिक्षकहरु, समाजसेवीहरु,अभिभावकहरु एवं सहभागी महिला विद्यार्थीहरुलाई नमुनाको रुपमा छनौट गरिएको छ । यस अध्ययनका मुख्य प्राप्तीहरुमा सिक्ने कुराहरुलाई उमेरले छेक्दैन भन्ने कुरा २०–५० वर्ष समुहका महिलाहरु अनौपचारिक प्रौढ विद्यालय शिक्षा पढ्न जागरुक रहेको देखिएको छ तापनिसबै अनौपचारिक प्रौढ विद्यालयहरुले पहिलो तहमाबढी चासो देखाई दोस्रो र तेस्रो तहमा क्रमशः कम चासो दिई अनौपचारिक प्रौढ विद्यालय महिलाहरु क्रमशः घट्दै गएका, जसमा एउटै शिक्षकको ब्यबस्था हुनु, घरायसी कामले गर्दा नियमित रुपले आउन नसक्नु, अनौपचारिक प्रौढ विद्यालयहरुको बसाई व्यवस्थापनमा असजिलो हुनु, सबै तहका अनौपचारिक प्रौढ विद्यालयहरुलाई एउटै तहमा राखी पढाउनु, परीक्षा प्रणालीमा एकरुपता नहुनु जस्ता कारणले अनौपचारिक प्रौढ विद्यालयहरुले निर्धारित लक्ष्य अनुरुप सफलता प्राप्त गर्न नसकेको पाइयो । अनौपचारिक प्रौढ विद्यालय महिलाहरुले विद्यालयमा गएर आफुले सिक्नका लागि अथक प्रयास गरेको, अनौपचारिक प्रौढ विद्यालयको लागि चाहिने पाठ्यक्रमहरुको ब्यबस्था नभएको, पाठ्यपुस्तकका आधारमा मात्र अध्यापन गराएको,अनौपचारिक प्रौढ विद्यालय शिक्षकलाई तलबको ब्यबस्था कम भएको, समयमानै प्रर्याप्त मात्रामा पाठ्यपुस्तकहरुको व्यवस्थापन गर्न नसकिएको, सरकारी निकायले भनेको जस्तो निगरानी नगरेको, ५ वटै विषयलाई एउटै शिक्षकले पढाएको, सबै विषय अध्यापनका लागि समयको अभाव रहेको, अनौपचारिक प्रौढ विद्यालय महिलाहरुमा तहगत अध्ययनका लागि स्मरण शक्ति ह्रास हुदै गएको, महिलाहरुले पढाइलाई भन्दा घरायसी कामलाई बढी प्राथामिकता दिएको,अनौपचारिक प्रौढ विद्यालय महिलाहरुले निरन्तर रुपमा कक्षामा उपस्थित नभएको, सबै अनौपचारिक प्रौढ विद्यालय महिलाहरु कक्षा उत्र्तीण हुन नसकेको, अनौपचारिक प्रौढ विद्यालय शिक्षा कार्यक्रम निरन्तर रुपमा सञ्चालन हुननसकेको जस्ता कारणले गर्दा अनौपचारिक प्रौढ विद्यालय शिक्षा कार्यक्रम प्रभाकारी हुन नसकेको र अनौपचारिक प्रौढ विद्यालय महिलाहरुको संख्या घटेको देखिन्छ भने अनौपचारिक प्रोढ शिक्षा कार्यक्रम संचालन भए पछि हरेक सहभागि महिलाहरुले लेख पढ गर्न सकेको, चिठी पत्र, लेख्न र पढ्न सकेको, आफ्नो घरमा आइपर्ने साधारण हरहिसावहरु राख्न सकेको त्यसै गरी आफ्नो वरीपरि रहेको वातावरण सफा राख्न सकेको, आफ्नो परिवारमा स्वः निर्णय लिन सकेको र हरेक महिलाहरुमा प्रजनन् स्वास्थ्यको ज्ञान भएको जस्ता परिर्वतनहरु आएका छन् । अनौपचारिक प्रौढ विद्यालयमा महिला शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि हरेक अनौपचारिक प्रौढ विद्यालयहरुले आफ्नो घरायसी कामलाई भन्दा पढ्ने कामलाई बढी जोड दिनु पर्ने देखिन्छ । अनौपचारिक प्रौढ विद्यालय महिलाहरुले नियमित आउनको लागि जागरुक हनु पर्ने देखिन्छ । अनौपचारिक प्रौढ विद्यालय महिलाहरुले बीचैमा कक्षा छाड्ने प्रवृति त्याग्नु पर्ने, हरेक अनौपचारिक प्रौढ विद्यालय महिलाहरुलाई शिक्षा प्रति जागरुक गराउनु पर्ने देखिन्छ । अनौपचारिक प्रौढ विद्यालय शिक्षा कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्नु पर्ने, प्रत्येक विषयको विषय शिक्षकको व्यवस्थापन गरिनु पर्ने, विद्यालय सरहको पठन–पाठन गरी समयको व्यवस्थापन गरी समयानुकुल बनाउदैं लानु पर्ने देखिन्छ । अनौपचारिक प्रौढ विद्यालयहरुको सिकाइ प्रतिको चासोलाई सकारात्मक बनाइ अझ प्रभावकारी बनाउदैं महिला साक्षरता कार्यक्रम भन्दा अनौपचारिक प्रौढ विद्यालय शिक्षा कार्यक्रम आवश्यकता भएको कुरा अनौपचारिक प्रौढ विद्यालय महिलाहरुको चासोले देखाउछ । जुन कार्यक्रमका लागि जिल्ला शिक्षा कार्यालय, स्रोत केन्द्र, विद्यालय ब्यस्थापन समिति, विद्यालयका प्रधानाध्यापक, अनौपचारिक प्रौढ विद्यालय शिक्षक एवं अनौपचारिक प्रौढ विद्यालय महिलाहरुले आ–आफ्नो क्षेत्रबाट प्रभावकारी कार्य सञ्चालन गरी यस कार्यक्रमलाई निरन्तरता दिनु पर्ने यस अध्ययनले औल्याएको छ ।Item माध्यमिक विद्यालयको शिक्षण सिकाई विकासमा विद्यालय व्यवस्थापन समितिको भुमिका{Role of School Management Committee in Teaching and Learning Development of Secondary Schools}(शिक्षाशास्त्र सङकाय, 2015) यादब Yadab, परमानन्द कुमार Parmanand Kumarउपलब्ध छ ।Item माध्यमिक विद्यालयमा आर्थिक पारदर्शिताका लागि समाजिक लेखापरिक्षण {Madhymik vidyalayma aarthik pardarshitaka lagi samajik lekha parikshan }(शैक्षिक योजना तथा व्यवस्थापन विभाग, 2014) भदैश्वार Bhadaishwar, रामप्रसाद RamprasadNot availableItem माध्यामिक तहमा गुणस्तरीय शिक्षाको लागी शिक्षक व्यवस्थापन {Teacher Management for Quality Education at the Secondary Level}(शिक्षाशास्त्र विभाग, शैक्षिक योजना तथा व्यवस्थापन विभाग, 2018) Yadav यादव, राजदेव RajdevAvailable with full textItem मुसहर वालवालिकाहरुको शैक्षिक उपलव्धीस्तर {Educational Attainment Level of Musahar Children}(शैक्षिक योजना तथा व्यवस्थापन विभाग, 2013) ठाकुर Thakur, वालेश्वर BaleshwarAvailable with full textItem विद्यालय छात्रवृति कार्यक्रमको सामाजिक उपादेयता {BIdyalay chhtrabriti karyakaramko samajik upadeyata}(2014) यादव, संजय कुमार Yadav, Sanjay Kumar; सुरेन्द्र कुमार यादव Surendra Kumar Yadavविद्यालय छात्रवृत्ति कार्यक्रमको सामाजिक उपादेयता शिर्षकको शोध कार्यको भुमिका तथा विद्यालय छात्रवृत्ति कार्यक्रमको सामाजिक उपादेयताको लेखाजोखा गर्नु रहेको छ । साधन र स्रोतको सीमितताका कारण यस अध्ययनलाई सिरहा जिल्ला भगवानपुर स्रोत केन्द्रमा सिमित गरिएको छ । यसले राष्ट्र को प्रतिनिधित्व गर्न सक्ने छैन् । यसलाई सीमित मात्र सामान्यीकरण गर्न सकिने छ । अध्ययनले भगवानपुर स्रोत केन्द्रका प्र.अ., स्रोत व्यक्ति, वि.नि., शिक्षक र सेवाक्षेत्रका अभिभावकहरूलाई उद्देश्यमुलक नमुना छनोटको आधारमा ३३ जना छनोट गरी प्रश्नावली, अन्तर्वार्ता प्रश्नावली र लक्षित समुह छलफलबाट तथ्य धारणा र अभिमत लिई तिनीहरूलाई परिमाणात्मक र गुणात्मक ढाँचामा व्याख्या विश्लेषण गरिएको छ । अध्ययनका क्रममा प्राप्त भएका तथ्य धारणा र दृष्टिकोणलाई छात्रवृत्ति कार्यक्रमको उपादेयता, छात्रवृत्ति रकम प्रतिको धारणा, छात्रवृत्ति वितरण गर्ने प्रक्रिया, छात्रवृत्ति वितरणको समय, वितरण गर्ने सामग्री, छात्रवृत्ति कोटा र कोटा वितरण गर्ने आधारहरूका बारेमा अध्ययन गरिएको छ । यसबाट प्राप्त तथ्य, धारणा र विचारलाई मास्लोको आवश्यकताको सिद्धान्त, दुर्खिमको शिक्षाको समाज शास्त्रको सिद्धान्त, प्याव्लभको शास्त्रीय प्रत्यावर्तनको सिद्धान्त र थन्डाइकको सम्वलनको सिद्धान्तसँग सम्बन्धित गराई व्याख्या विश्लेषण गरिएको छ । अध्ययनमा छात्रवृत्ति कार्यक्रममा समस्याहरू खोजी गर्नका साथै छात्रवृत्ति कार्यक्रमको मूल्याङ्कन गरी छात्रवृत्ति कार्यक्रम प्रभावकारी बनाउने उपाय प्रस्तुत गरिएको छ । अध्ययनबाट प्राप्त तथ्य र तथ्याङ्कलाई प्रतिशत र रेखाचित्रमा प्रस्तुत गरिएको छ । अध्ययनबाट छात्रवृत्ति कार्यक्रमको आवश्यकता रहेको, छात्रवृत्ति कार्यक्रमबाट विद्यार्थी, अभिभावक र समुदायले महत्वपुर्ण लाभहरू प्राप्त गरिरहेको पाइएको छ । छात्रवृत्ति वितरण गर्ने प्रक्रिया र समय प्रभावकारी नभएको अधिकाशं प्र.अ., शिक्षक तथा अभिभावकहरूको दृष्टिकोण रहेको पाइएको छ । छात्रवृत्ति वितरणमा कुनै विशिष्ट शैक्षिक उन्नयनका आधारहरू निर्धारण गरिएको छैन् । केवल विद्यालय हातामा प्रवेश गरेको भरमा छात्रवृत्ति दिइने चलन प्रति अभिभावकहरूको गुनासो रहेको पाइएको छ । छात्रवृत्ति पाउने विद्यार्थीको शैक्षिक उपलब्धि सुधार भएपनि उमेर पक्षलाई ख्याल गरेको देखिदैन् । छात्रवृत्ति वितरणको सम्बन्धमा प्रभावकारी र जिम्मेवारीपूर्ण निरिक्षण अनुगमन भएको पाइएन । यसरी छात्रबृत्ति कार्यव्रmयको सम्वन्धमा प्राप्त तथ्य र दृष्टि « कोणका आधारमा परिवारिक सामाजिक तथा आर्थिक स्तरिकरणको आधारमा छात्रबृत्ति वितरण गर्नु पर्नेु, छात्रबृत्ति वितरण गर्ने निर्दे शिका वनाई प्रभावकारी रूपमा लागु गर्ने, विद्यार्थी तथ्याङलाई चुस्त र वास्तविक बनाउने एकिकृत तथ्याङ्क प्रणालीको बिकास गर्नु पर्ने, अनुगमन र निरिक्षण प्रणालीलाई ब्यवस्थित गर्नुपर्ने सुझावहरू प्रस्तुत गरिएको छ ।Item विद्यालय व्यवस्थापन समितिबाट गरिने विद्यालय सुपरिवेक्षण {School Supervision by School Management Committee}(शैक्षिक योजना तथा व्यवस्थापन संकाय, 2016) महत Mahat, सबिता SabitaAvailable with full textItem विद्यालय व्यवस्थापन समितिबाट गरिने सुपरिवेक्षण सेवा {Bidyalay byabsthapan samitibata garine suparibekshan sewa}(2014) यादव, श्याम कुमार Yadav, Shyam Kumar; धर्मराज सिंह Dharmaraj Singhप्रस्तुत शोधपत्रविद्यालय व्यवस्थापन समितिबाट गरिने सुपरिवेक्षण सेवा विषयमागरिएका हो । यस अध्ययनको मुख्य उद्देश्य विद्यालय सुपरिवेक्षणको अवस्था खोजि गनरहेका छ । यो अध्ययन गुणात्मक अनुसन्धनात्मक ढाँचामा तयार गरिएको छ । यस अध्ययनमा प्रश्नावली, अन्तरवाता अनुसूची अवलोकन फारम जस्ता साधनहरुको प्रयोग गरिएकाछ । प्राथमिक श्रोतको रुपमा प्रश्नावली, अन्तरवाता अनुसूची र अवलोकन फारमलाइप्रयोगमा ल्याइएको छ भने द्वितिय श्रोतको रुपमा विभिन्न पाठयपुस्तक र सामग्रीका प्रयोग गरिएको छ । शिक्षक,प्रधानाध्यापक, विद्यालय निरीक्षकलाई प्रश्नावली वितरण गरी त्यसलाई सङ्कलनगरेर तथ्याङ्क सङ्कलन गरियो । श्रोतव्यक्ति, प्रधानाध्यापक र विद्यालय व्यवस्थापनसमितिका अध्यक्षलाई अन्तरवार्ता गरी ल्याएको टिपोट गरेर तथ्याङ्क सङ्कलन गरियो ।अवलोकन फारमको प्रयाग गरी कक्षा सम्बन्धी गतिविधिको तथ्याङ्कसङ्कलन गरियो ।प्राप्त तथ्याङ्कलाई तालिकाकिकरण, व्यख्याका आधारमा विश्लेषण गरिएको छ । प्रधानाध्यापकले कक्षा सञ्चालन, प्रशासनिक कायका साथै राजनिति र जिल्ला शिक्षाकार्यलयमा दौडि राख्नभएकोले अवलोकन नियमित गर्न नसकि औपचारिकताका लागि मात्र गर्ने गरेको पाइयो । अधिकाँश प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले सुपरिवेक्षणलाई निरीक्षण योजना र प्रक्रियागत हुन नसक्दा सुपरिवेक्षण गरि दिएको प्रतिवेदन पूर्ण रुपले कारवाही नहुने भएकोले सुपरिवेक्षण प्रति नैराश्यता उत्पन्न हुन गएको पाइयो । सुपरिवेक्षकको रुपमा काम गर्ने जिल्ला शिक्षाअधिकारी, शाखा अधिकृत, विद्यालय निरीक्षक र श्रोतव्यक्तिको दरबन्दी भएपनि दरबन्दीको कर्मचारीको अभाव देखियो । अर्को तर्फ भएका कर्मचारीहरु पनि सुपरिवेक्षण काम भन्दा पनि बढी प्रशासनिक काम तिर ध्यान दिने गरेको पाइयो ।भएको सुपरिवेक्षक, विद्यालय र शिक्षक वीचको त्रिकोणात्मक सम्बन्धको कमी गहिया। ग्रामिण क्षेत्रको विद्यालय र शहरी क्षेत्रको विद्यालयको शिक्षक र विद्यार्थीका उपस्थिति, स्कुल लिभिङ्ग सटिफिकेटको परिणाममा पनि फरक पाइयो । ग्रामिण क्षेत्रको अभिभावकभन्दा शहरी क्षेत्रको अभिभावक आफ्ना सन्तान प्रति सजग देखिएतापनि सन्तानहरुलाइ विद्यालय पठाई मात्र आफ्नो दायित्व पुरा गरेको पाइयो । अभिभावकको सहभागिता विद्यालयमा राजनैतिक गतिविधि गनपाइयो । शिक्षकको उपस्थिति दर राम्रा भएपनि विद्यालयहरुमा विषयगत शिक्षकको साह्रै कमि भएको पाइयो । कतिपय विद्यालयमा विषयगत शिक्षक न्यून थियो भने कतिपय विद्यालयमा एउटै विषयको २ वटासम्म शिक्षकहरु थिए । तर अरु विषयको शिक्षक उपलब्ध नभएर भएकै शिक्षकबाट अरुविषयहरुका अध्ययन अध्यापन गराएको पाइयो । कतिपय विद्यालयमा स्थायी शिक्षककासटटामा खेताला शिक्षकको भर्ना गरी अध्ययन अध्यापन गराएको स्थिति देखाप¥यो । यस अध्ययनका सुझावहरुमा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरी विद्यालयलाई शुद्धपठन पाठनको रुपमा विकसित गर्नुपर्दछ । सुपरिवेक्षणको क्रममा प्राप्त भएका प्रतिवेदन माथि कार्यान्वयनको प्रक्रिया अगाडि बढाई सुपरिवेक्षकलाई हौसला प्रदानगर्नुपर्छ । विद्यालय निरीक्षक, श्रोतव्यक्ति, प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापनसमितिका सदस्यहरुलाई समेत समय समयमा सुपरिवेक्षण सम्बन्धि तालिमको व्यवस्था गरी दक्ष बनाउनमा जोड दिनुपदछ । सुपरिवेक्षण गर्ने सबैले आफ्नो कार्यशौली, नेतृत्व,व्यवहार आदिमा विकास गरी शिक्षा क्षेत्रलाई माथि उठाउन मार्ग निर्देशकका रुपमा भूमिका निर्वाह गर्नुपर्दछ ।Item शिक्षणमा शिक्षक तालिमको प्रयोग {Use of Teacher Training in Teaching}(शैक्षिक योजना तथा व्यवस्थापन संकाय, 2016) यादव Yadav, विनोद कुमार Binod KumarAvailable with full textItem सामुदायिक विद्यालयका शिक्षकहरूको पेशागत सन्तुष्टि {Samudayik bidyalayaka shikshyakharuko peshagat santushti}(शैक्षिक योजना तथा व्यवस्थापन विभाग, 2015) तामाङ्ग Tamang, साैखीलाल SoukhilalAvailable with full textItem सार्वजनिक विद्यालयमा दण्ड तथा पुरस्करकाे व्यवस्थापन { Sarbajanik bidyalayama danda tatha purskarko byabasthapan}(2015) मंडल, सोती Mandal, Soti; धर्मराज सिंह Dharmaraj Singhशोधसार प्रस्तुत अध्ययन सार्वजनिक विद्यालयमा दण्ड तथा पुरस्काको व्यवस्थापन विषयमा केन्द्रित रही तयार गरिएको हो । यस अध्ययनको मुख्य उद्देश्य विद्यालय तहमा दण्ड र पुरस्कारको लेखाजोखा गर्नु हो । यो अनुसन्धान कार्यलाई सम्पन्न गर्नका लागि गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । अध्ययनको उद्देश्य प्राप्तिका लागि प्राथमिक स्रोतबाट तथ्याङ्क सङ्कलन गर्न अन्र्तवार्ता प्रश्नावली, अवलोकन, कक्षा अवलोकनहरुको प्रयोग गरिएको थियो । यस अध्ययनलनई अगाडि बढाउन उद्देश्यात्मक नमुना छनौट विधिको प्रयोग गरिएको छ । उद्देश्य प्राप्तिको लागि सम्बन्धित जनता उ.मा.वि.भवानीपुर र श्री डोमी चौधरी उ.मा.वि.पोखरभिण्डाका र श्री .ज.न.ल.मा.वि. लक्ष्मीपुरपतारी विद्यालयमा गई प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरुसँग प्रत्यक्ष भेटघाट गरी अन्र्तवार्ता प्रश्नावली मार्फत आवश्यक तथ्याङ्क संकलन गरिएको थियो । प्राप्त तथ्याङ्कको आधारमा उद्देश्यनुसार छुटाछुटै शीर्षक तथा उपशीर्षकमा राखी विश्लेषण तथा विवेचना गरिएको छ । अध्ययनले देखाए अनुसार शिक्षा नियमावलीमा तोकिए बमोजिम बालबालिकाहरुलाई कुनै पनि प्रकारको दण्ड नदिने व्यवस्था भएपछि छनौटमा परेका विद्यालयहरुमा शारीरिक तथा मानसिक दण्डहरु दिने गरेको पाइयो । विद्यालयमा साथीभाइसँग झैझगडा गर्ने, अर्काको किताब कापि च्यात्ने, कोठाको भ्याल ढोकाको सिसा फुटाउने, विद्यालय ढिलो आउने, कक्षाकार्य तथा गृहकार्य नगर्ने, शिक्षकले भनेको नमान्ने र विद्यार्थीहरुलाई दण्ड दिने गरेको पाइयो भने पढाईमा उत्कृष्ट र अतिरिक्त क्रियाकलापका उत्कृष्ट भएमा कक्षाकार्य, गृहकार्य गरेको, शिक्षकले भनेको मानेमा पुरस्कार दिने गरेको पाइयो । पुरस्कार आर्थिक पुरस्कार नभई भौतिक पुरस्कार (कापी, कलम, पेन्सिल, किताब, पोशाक, झोला) दिने गरेको पाइयो । साथै शाब्दिक रुपमा उत्प्रेरणात्मक र होशलामुखी शब्दहरु बढी प्रयोग भने गरेको पाइयो । नराम्रो बानी व्यवहार गरेमा दण्ड र राम्रो काम गरेमा पुरस्कार दिने गरेको, शिक्षण–सिकाइ क्रियाकलाप गर्दा सुधारात्मक तथा सचेतात्मक रुपबाट दिइएको दण्डले विद्यार्थीहरुलाई पठनपाठन कार्यदेखि अन्य वानी व्यवहारमा सकारात्मक प्रभाव पार्नुको साथै नकारात्मक प्रभावमा शिक्षकसँग डराउने, विद्यालय छाड्ने, हिनताबोध जस्ता प्रभाब परेको पाइयो । पुरस्कारको सकारात्मक प्रभाबमा पठनपाठनमा उत्साहित, हरेक क्रियाकलापका भाग लिने गृहकार्य सधै गर्ने, हरेक कुरामा चासो राख्ने गरेको पाइयो भने नकारात्मक पक्षमा साथीलाई हेप्ने तथा घमण्ड गर्ने गरेको पाइयो । विद्यालयमा दण्ड र पुरस्कार व्यवस्थापन गर्दा देखिएका समस्याहरु क्रमशः विद्यालय छोडने तथा मानसिक समस्या, प्रतिसोधको भावना, दृन्दको सिर्जना, अहमताको भावना जस्ता समस्या देखियो । समस्या समाधानमा दण्डमुखि शिक्षण भन्दा पुरस्कारमुखि शिक्षण सिकाइ, शिक्षक–विद्यार्थी समझदारि, अभिभावक–विद्यालय सम्बन्ध राम्रो हुनु अति आवश्यक देखिन्छ । विद्यालयमा दण्ड र पुरस्कार व्यवस्थापन प्रभावकारी तुल्याउन स्थानीय स्तरको सुझाव सल्लाह सहित माथिल्लो निकायबाट निति बनाउनु पर्ने छ । साथै विद्यालय व्यवस्थापन समिति तथा विभिन्न सरोकारबालाहरु र विज्ञको सहयोगमा दण्ड रहित सिकाईलाई प्रोत्साहन गर्नुपर्दछ ।Item स्रोत केन्द्रको सञ्चार व्यवस्थापन {Sroat kendrako sanchar byabsthapan}(2014) यादव, गंगाराम Yadav, Gangaram; चन्देश्वर यादव Chandeshwar YadavAvailable in fulltext