Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10580
Title: महिला शिक्षिकाहरुको पारिवारिक आर्थिक तथा शैक्षिक अवस्थाकाविश्लेषणः दमक नगरपालिका, झापा {Analysis of Family Financial and Educational Conditions of Women Teachers: Damak Municipality, Jhapa}
Authors: मिश्र Mishra, सरस्वती Sharaswati
Keywords: लैङ्गिक समानता Gender Equality;शैक्षिक अवस्था Educational status
Issue Date: 2017
Publisher: अर्थशास्त्र शिक्षा विभाग
Institute Name: Central Department of Education
Level: Masters
Abstract: झापा जिल्लाको दमक नगरपालिकामा रहेका निजि तथा सामुदायिक विद्यालयमाअध्यायनरत महिला शिक्षिकाहरुको पारिवारिक आर्थिक तथा शैक्षिक अवस्थाको विश्लषणदमक भन्ने शिर्षकमा गरिएको शोधपत्र लेखनको मुख्य उद्देश्य निजी तथा सामुदायिकविद्यालयमा अध्यापनरत महिला शिक्षिकाहरुको पेशागत अवस्थाको पहिचान गर्नु, शिक्षणपेशामा संलग्न हुनुपहिला र पछिको महिला शिक्षिकाहरुको पारिवारिक, आर्थिक तथा शैक्षिकअवस्थाको तुलनात्मक अध्ययन गन र समस्याहरुका पहिचान गरी समाधानका उपायहरुकाखोजी गर्नु रहेको छ । उल्लेखित उद्देश्यहरु पुरा गर्नको लागी प्राथमिक र सहायकतथ्याङ्कहरुको स्रोतबाट प्राप्त तथ्याङ्कलाई तालिकाको प्रयोग गरि विश्लषण गरिएको छ ।प्राथमिक तथा द्वितिय स्रोतको माध्यमबाट तथ्याङ्कहरु संकलन गर्न निजि तथा सामुदायिकविद्यालयहरुमा अध्यापनरत महिला शिक्षिकाहरुलाई संगणना नमुना विधिबाट लिई रअभिभावकहरु,विद्यार्थीहरु र पुरुष शिक्षकहरुसंग प्रश्नावली र छलफललाई प्राथमिकऔजारको रुपमा लिईएको छ । द्वितिय औजारको रुपमा दमक नगरपालिकाको वस्तुस्थितिकाविवरण, जिल्ला विकास समिति, केन्द्रिय तथ्याङ्क विभागमा, र विभिन्न अध्ययन प्रतिवेदनहरुर पत्रपत्रिका आदिलाई मानिएको छ । नेपालको आधाभन्दा धेरै जनसंख्या महिलाहरुको रहेको छ तर साक्षरताको दृष्टिकोणलउनीहरु नै पछाडी परिरहेका छन ।देशका सम्पूर्ण पक्षमा लैङ्गिक समानताका आवाजहरु उठतापनि व्यवहारमा पूरा हुन सकेको छैन । महिलाहरु हरेक क्षेत्रमा अगाडी बढन नीतिगतव्यवस्था भएर मात्र पुग्दैन । त्यसको लागि उचित वातावरण, कार्यरत अवस्थाको समेतपहिचान हुनु पर्दछ । विद्यालय तहमा छात्राहरुको भर्नादरमा वृद्धि गर्न र लैङ्गिक असमानताहटाउन महिला शिक्षिकाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा उनीहरुको उपस्थितिअपरिहार्य छ । नेपालमा विद्यालय तहमा अध्यापनरत महिला शिक्षिकाहरुको संख्या पुरुष शिक्षकहरुकातुलनामा अत्यन्तै न्युन रहको छ । अझ माध्यमिक विद्यालय तहमा त झन कममात्र महिलाशिक्षिकाहरु रहेका छन । सामाजिक, सांस्कतिक अवरोध, शारीरिक अवस्था, विद्यालयमामहिला शिक्षिकाहरुको लागि आवश्यक पर्ने सेवासुविधाको अभाव, महिला शिक्षिकाकाउपस्थिती न्यून प्रतिशत जस्ता कठिनाइहरुले उनीहरुको सहभागितामा वृद्धि हन सकिरहेका ख् छैन । झापा जिल्ला एक तराईको जिल्ला हो । जसको क्षेत्रफल १,६०६ वर्ग कि.मि. रहकाछ । विभिन्न जातजाति, भाषाभाषी, धर्मावलम्बीहरुका बसोबास रहेको यस जिल्लाको जम्माजनसंख्या ६ लाख ८८ हजार १०९ रहेको छ । यस जिल्लाको साक्षरता दर ६१.१० प्रतिशतछ ।यस न.पा. मा निजी क्याम्पस ३, उच्च मा.वि. १० वटा रहेको छ । मा.वि. सरकारी रनिजी गरी १५ वटा रहेको छ । नि.मा.वि. सरकारी र निजी गरी २२ वटा रहेका छन । त्यसगरी प्रा.वि.सरकारी ११ वटा र निजि ४ वटा गरी कुल १५ वटा रहेका छन । दमकनगरमालिकाको कल क्षेत्रफल७५१३ हेक्टर रहेको छ । कुल जनसंख्या ७९,६४८ रहेको छ । सामुदायिक तथा निजी विद्यालयहरुमा छनोट गरिएको १०० जना महिला शिक्षिकाहरुकासंख्या हेर्दा प्रा.वि. मा ४० प्रतिशत रहेको छ भने नि.मा.वि. र मा.वि मा ३०÷३० प्रतिशतमात्र रहेको छ । महिला शिक्षिकाहरुको शैक्षिक योग्यता लाई हेदा निजी तथा सामुदायिकविद्यालयका कुल १०० जना महिला शिक्षिकाहरुमध्ये ४० प्रतिशत एस.एल.सी. पास रहेकाछनभने ५प्रतिशतले मात्र स्नतकोत्तरतह उत्तिर्ण गरेको पाईयो । त्यसैगरि शिक्षक तालिमकाअवसर हेर्दा ५० प्रतिशत तालिम प्राप्त रहेका छनभने ५० प्रतिशतले नै तालिम प्राप्तनगरेको पाइयो ।पेशागत स्थितीलाई हेर्दा स्थायी २० प्रतिशत र अस्थायी ८० प्रतिशत रहेकापाइयो । महिला शिक्षिकाहरुको अध्यापनरत विषय हेर्दा नेपाली अध्यापन गराउने ३५प्रतिशत, सामाजिक २० प्रतिशत, गणित १५ प्रतिशत, विज्ञान १० पतिशत, अंगे्रजी १५प्रतिशत र अन्य विषय ५ प्रतिशत रहेको पाईयो । शिक्षणपेशामा लाग्नुका कारणहरुलाई हेर्दा शैक्षिक सोच भएकाले ४० पतिशत, बेरोजगारी१५ प्रतिशत, क्षमता अभिवृद्धि गर्न ३० पतिशत, कमजोर आर्थिक स्थिती ५ प्रतिशत रसेवाको भावना १० पतिशत रहेको पाईयो ।महिला शिक्षिकाहरुको कार्यभारको वितरणप्रतिहप्ता ३५–४० पिरियड सम्म शिक्षिण गर्ने महिला शिक्षिकाहरु ४० प्रतिशत र २०–२५प्रतिशत पिरियड सम्म शिक्षिण गर्ने ५ प्रतिशत रहेको पाईयो । कक्षाकोठा र फर्निचरकाअवस्थालाई हेर्दा ९० पतिशतले उचित व्यवस्था नभएको बताए भने १० प्रतिशतले मात्रउचित व्यवस्था भएको बताए । त्यसैगरी शैक्षिक सामग्री राख्ने ठाउँ भएको ३० प्रतिशतलबताए भने ७० प्रतिशत उचित ठाउँ नभएको बताए जसले गर्दा शैक्षिक सामग्रीहरु हराउने,छिटो बिग्रने गरेको पाईयो । ख्क्ष् खानेपानी र शौचालयको अवस्था हेर्दा ९० प्रतिशत विद्यालयमा महिला र पुरुषकालागीछुट्टाछुट्टै शौचालयको व्यवस्था भएको र १० प्रतिशतमा नभएको साथै ८० प्रतिशतविद्यालयमा खानेपानीको व्यवस्था भएको र २० प्रतिशतमा शुद्धखानेपानीको व्यवस्थानभएको पाईयो । उमेरगत जनसंख्या ०–५ वर्ष समुहका १३.१४ प्रतिशत, ६–१५ वषसमुहका १२.८२ प्रतिशत, १६–६० वर्ष समुहका ६९.२३ पतिशत र ६० भन्दा माथिकाजनसंख्या रहेको पाईयो ।परिवारको प्रकार हेर्दा ४ जना सम्म ४७ प्रतिशत, ५ देखि ६जनासम्म ४८ प्रतिशत र ७ जना वा सो भन्दा माथि ५ प्रतिशत जनसंख्या रहेको पाइयो ।९५ प्रतिशत महिला शिक्षिकाहरु विवाहित र ५ प्रतिशत अविवाहित रहेको पाइया।शिक्षिणपेशाप्रति परिवारको दृष्टिकोण हेर्दा ९० प्रतिशतको सकारात्मक, ५ प्रतिशतकानकारात्मक र ५ प्रतिशतक कुनैप्रतिक्रिया नभएको पाइयो । शिक्षणपेशामा संलग्न हुनु अघि र पछिको आम्दानीको तुलनागर्दा शिक्षणपेशामा संलग्न हुनअघिको वार्षिक आम्दानी रु १,०४,००,००० भएको देखिन्छ । त्यसैगरी औसत आम्दानी रु१,०४,००० रहेको थिया भने शिक्षण पेशामा संलग्नभएपछिको वार्षिक आम्दानी रु३,४०,००,००० भएको देखिन्छ । त्यसैगरी औसतआम्दानी रु. ३,४०,००० रहेको देखिन्छ। यसरी शिक्षणपेशामा संलग्न भएका कारण उक्त परिवारको आम्दानी वृद्धि भएको देखिन्छ।शिक्षण पेशामा संलग्न हुनु अघि र पछिको खर्चको तुलनागर्दा शिक्षण पेशामा संलग्न हुनअघिको खर्च रु ४२,८०,००० र बचत रु. ६१,२०,००० रहेको थियो भने शिक्षणपेशामासंलग्नभएपछिको खर्च रु. ५०,००,००० र बचत २,९०,००,००० रहेका पाइयो ।चलसम्पत्तिमाथि महिलाको अवस्था ४५ प्रतिशत महिला र पुरुष ५५प्रतिशत रहेको तथा अचलसम्पत्ति ३० प्रतिशत महिलाको र७०प्रतिशत पुरुषको स्वमित्व रहेको पाइयो ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10580
Appears in Collections:Economics Education

Files in This Item:
File Description SizeFormat 
Thesis.pdf501.99 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.