Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10711
Title: सामुदायिक विद्यालयहरूमा सामाजिक परीक्षणमा शिक्षक अभिभावक संघको भूमिका {Teachers and parents in social testing in community schools The role of the union}
Authors: चाम्लिङ्ग, यमकुमार
Keywords: सामुदायिक विद्यालय Samudaek vidyalaya;शिक्षक अभिभावक Teacher parent;सामाजिक परीक्षण Social testing
Issue Date: 2017
Publisher: Faculty of Education
Level: Masters
Abstract: सामुदायिक विद्यालयहरूमा सामाजिक परीक्षणमा शिक्षक अभिभावक संघको भूमिका विषयक शीर्षकमा गरिएको यस शोधकार्यमा सामाजिक परीक्षणमा शिक्षक अभिभावक संघको भूमिकाको लेखाजोखा गर्ने मूख्य उद्देश्य रहेको छ । ३५ वटा विद्यालयका प्र.अ., वि.व्य.स. अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष ,शिक्षक र अभिभावक समेत गरी ३५÷३५ जना र १ जना स्रोत व्यक्तिलाइ समेत गरी जम्मा १७६ जना जनसंख्याको रूपमा रहेका छन । प्र.अ., वि.व्य.स. अध्यक्ष, शिक्षक, शिक्षक अभिभावक संघका अध्यक्ष र अभिभावक समेत गरी १६÷१६ जना र १ जना स्रोत व्यक्तिलाइ समेत गरी जम्मा ८१ जनालाई नमूना छनोटको रूपमा लिइएको छ । अध्ययनका क्रममा सुनसरी जिल्ला धरान स्रोतकेन्द अन्तगर्तका सबै तहका सामुदायिक विद्यालयका प्र.अ., शिक्षक, वि.व्य.स.अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, अभिभावक तथा स्रोत व्यक्तिसँग प्रत्यक्ष अन्तर्वार्ता, प्रश्नावलीको प्रयोग गरी आवश्यक जानकारी, सूचना र तथ्याङक संकलन गरिएको छ । यस अध्ययनको सैद्धातिक खाका वैज्ञानिक व्यवस्थापन सिद्धान्त, मानव सिद्धान्त र विकेन्द्रीकरणको सिद्धान्तमा आधारित छ । अनुसंन्धानलाई अगाडि बढाउन परिमाणात्मक र गुणात्मक अनुसन्धान ढाँचा प्रयोग गरिएको छ भने उद्देश्यपूर्ण नमूना र आनुपातिक प्रतिनिधित्व हुने गरी समूह विभाजन विधिद्वारा नमूना छनौट गरिएको छ । विद्यालयका धेरै जसो सरोकारवालाहरूलाई सामाजिक परीक्षणका सम्बन्धमा सामान्य जानकारी समेत नभएका पाइयो । विद्यालयहरूमा आर्थिक कारोवारहरू गर्ने र सोको अभिलेख राख्ने धेरै जसो प्र.अ.हरू आपैmले गर्ने गराउने गरको पाइएको छ । विद्यालयको आय तथा जिन्सी सामानको जवाफदेहि व्यक्ति प्र.अ. स्वयम भएता पनि त्यसको अभिलेख राख्ने र खोजि निती गर्ने कार्य शिक्षक अभिभावक संघका पदाधिकारीहरूले गर्नु पर्ने कुरा अध्ययनमा पाइएको छ । धेरै जसो विद्यालयहरूमा सामाजिक परीक्षण औपचारिकतामा मात्र सिमित रहेका र उक्त प्रतिवेदनहरू सार्वजनिक कमै रूपमा गर्ने गरेको पाइएको छ । सामाजिक परीक्षणको कार्यान्वयन क्रमश ः बढ्रदै गरेको छ । अभिभावक तथा सरोकारवालाहरूले यसको महत्व र मर्म बुझ्न थालेको अध्ययनले जनाएको छ । विद्यालयका सरोकारवालाहरूमा सामाजिक परीक्षण सम्बन्धि अभिमूखिकरण तालिम र गोष्ठीको आवश्यकता देखिन्छ । तालिम र गोष्ठीले उनिहरूमा क्षमता अभिवृद्धि गर्ने कुरा आल्याएको छ । विद्यालयको आर्थिक तथा जिन्सी सामानहरूको अभिलेख राख्न प्र.अ.तथा लेखापाललाई सो सम्बन्धि तालिम दिनुपर्ने देखिन्छ । वार्षिक कार्यक्रम निर्माण, कार्यान्वयन, विद्यार्थी प्रगति विवरण र उपलब्धीको तथ्याङक समय–समयमा अभिभावक तथा सरोकारवालाहरूलाई जानकारी गराउनु पर्दछ । विद्यालयमा भएका, हुने गरेका कार्यक्रम ,नगद तथा जिन्सी आम्दानी विवरणको चार्ट बनाई राख्ने व्यवस्था गर्नुपर्दछ । विद्यालयका सरोकारवालाहरूबीच प्रभावकारी संचार कायम गरी महत्वपूर्ण योजना तथा कार्यक्रम निर्माण प्रक्रियामा सबैलाई संलग्न र सहभागी गराउदै लैजानु पर्दछ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10711
Appears in Collections:Curriculum and Evaluation

Files in This Item:
File Description SizeFormat 
thesis.pdf404 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.