Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10736
Title: उच्च माध्यमिक तहमा मानवीय स्रोत व्यवस्थापन {Human resource management at the higher secondary level}
Authors: श्रेष्ठ Shrestha, लक्ष्मीकुमार Laxmikumari
Keywords: कर्मचारी व्यवस्थापन Staff management;शिक्षक व्यवस्थापन Teacher management
Issue Date: 2016
Publisher: Faculty of Education
Level: Masters
Abstract: राष्ट्रिय पाठयक्रम प्रारूप र विद्यालय क्षेत्र सुधार परियोजनाले कक्षा १ देखि १२ सम्मको शिक्षालाई विद्यालयतहमा राखिएको भएतापनि हालसम्म कक्षा ११ र १२ लाई उच्च माध्यमिक तहको रूपमा उच्च माध्यमिक शिक्षापरिषदद्वारा संचालन गरिदै आएको सन्दर्भमा “उच्च माध्यमिक तहमा मानवीय सोत व्यवस्थापन” शीर्षकमा याअनुसन्धान सम्पन्न गरिएको छ । यस अध्ययनको मूख्या उद्देश्य उच्च माध्यमिक तहमा मानवीय स्रोत व्यवस्थापनकाविश्लेषण गर्नु रहेको छ । यस अध्ययनमा परिमाणात्मक र मुलतः गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरी व्याख्या विश्लेषण गरिएको छ। उद्देश्यपूर्ण नमुना छनौट विधि प्रयोग गरी मोरङ जिल्लाको इन्द्रपुर स्रोतकन्द्रमा चारवटा उच्च मा.वि. हरूमा प्राचार्य,वि.व्य.स. अध्यक्षहरू, उक्त स्रोतकेन्दका स्रोतव्यक्ति र विद्यालयका शिक्षकहरूलाई उत्तरदाता मानी गरिएको यस खोजकार्यमा एफ.डब्लु टायलरको वैज्ञानिक व्यवस्थापनको सिद्धान्त एवमजर्ज इल्टन मायो र मेरी पार्कर फोलेटको मानवसम्बन्ध सिद्धान्तलाई सैद्धान्तिक खाकाको रूपमा लिइएको छ । यस खोजकार्यबाट उच्च माध्यमिक विद्यालयहरूमा लामो समयसम्म निजी स्रोतबाट आन्तरिक विज्ञापन तथासम्झौताबाट शिक्षक व्यवस्थापन गर्ने गरेको पाइयो । शुरूको अवस्थामा खुल्ला विज्ञापनद्वारा प्रतिस्पर्धा नगराई छनौटगर्ने गरिएकोले विषयगत, दक्ष शिक्षकहरू कम सङख्यामा नियुक्त गरिएको र प्रायः अंशिकालीन हने गरेको पाइयो ।सरकारले उपलब्ध गराइएको एकमुष्ट अनुदानबाट अंशकालीन शिक्षकहरूलाई न्यूनमात्रामा पारिश्रमिक दिने गरिएकालामो समयसम्म शिक्षकहरू अस्थायी रूपमा रहेका र उनीहरूको पेशाको कुनै सुनिश्चितता नरहेको पाइयो । शैक्षिक वर्ष २०७२ देखि विद्यालयहरूमा शिक्षा विभगबाट विद्यार्थी सङख्याको आधरमा शिक्षक दरबन्दी उपलब्धगराईएको, ती शिक्षकहरूलाई उच्च माध्यमिक शिक्षक छनौट निर्देशिका २०७१ बमोजिम प्रतिस्पर्धा गराई पूर्णकालीनकरारमा नियुक्ती दिने गरिएको पाइयो । शिक्षा सङकाय बाहेक विज्ञान र व्यवस्थापन सङकायका शिक्षकहरू प्रायःतालिम अप्राप्त भएको पाइयो । उच्च माध्यमिक विद्यालयहरूम कर्मचारीको कुनै दरबन्दी उपलब्ध नगराइएको हुनालेदिवासत्रमा कार्यरत कर्मचारीहरूबाट नै काम चलाएको, अंशकालीन शिक्षकहरू समेत अर्को सत्रमा कार्यरत मा.वि.,नि.मा.वि. तहका शिक्षकहरूबाट काम चलाउने गरिएको पाइयो । मानवीय स्रोतलाई व्यवस्थित गर्न करारमा नियुक्ति पाएका अस्थायी शिक्षकहरूलाई यथासिघ्र सेवा आयोगद्वाराप्रतिस्पर्धा गराई स्थायी गरिनुपर्ने दखिन्छ । उनीहरूलाई आवधिक रूपमा पेशागत तालिमको व्यवस्था गर्नुपर्ने, उच्चमा.वि. तहमा कर्मचारी दरबन्दीको व्यवस्था गर्नुपर्ने र पर्णकालीन शिक्षकहरूको व्यवस्था गर्नुपर्ने आवश्यकताखडकिएको छ । यसको साथै उच्च माध्यमिक शिक्षा परिषदर जिल्ला शिक्षा कार्यालयको दोहोरो प्रशासनिक भूमिकाकायथासिघ्र अन्त्य गरी शिक्षा सेवा आयोग मार्फत शिक्षक नियुक्ति प्रक्रिया अगाडि बढाउनु पर्ने दखिन्छ । शिक्षा ऐनमायथासिध्र ससोधन गरी कक्षा ११ र १२ लाई विद्यालयको संरचना भित्र ल्याई जनशक्तिको यथोचित व्यवस्था गर्नुपर्ने देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10736
Appears in Collections:Curriculum and Evaluation

Files in This Item:
File Description SizeFormat 
cover(1).pdf84.05 kBAdobe PDFView/Open
chapter(1).pdf205.61 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.