Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10769
Title: अपाङग वालबालिकाको सिकाई व्यवस्थापन{Learning Management of Children with Disabilities}
Authors: दाहाल Dahal, रमा Rama
Keywords: अपाङ्ग वालबालिका Disabled children;सिकाई व्यवस्थापन Learning management
Issue Date: 2015
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय
Level: Masters
Abstract: प्रस्तुत अध्ययनको शीर्षक अपाङ्ग बालबालिकाहरुको सिकाइ व्यवस्थापन रहेको छ । यस अध्ययनका उद्देश्यहरु अपाङ्ग बालबालिकाहरुको सिकाइ व्यवस्थापनको अवस्था पत्तालगाउनु, अपाङ्ग बालबालिकाहरुको सिकाइ व्यवस्थापनमा प्रभाव पार्ने तत्वहरुको विश्लेषण गर्नु तथा यस सम्बन्धी समस्या पत्तालगाई समाधानका उपायहरु पेश गर्नु रहेको छ । अध्ययनका े सैद्घान्तिक आधार अमेरिकी मनोवैज्ञानिक वान्डुराले प्रतिपादन गरेको सामाजिक सिकाइका े सिद्धान्तलाई आधार लिइएको छ । यो अध्ययनको ढाँचा गुणात्मक प्रकृतिको हो, जसमा पूर्व निर्धारित साधनहरुको आधारमा सङ् कलन गरिएका तथ्याङ् कहरुको वर्गीकरण र विश्लेषण पश्चात उचित निष्कर्षमा पुग्ने प्रयास गरिएको छ अध्ययनको क्रममा प्राप्त तथ्याङ्कहरुलाई वर्णनात्मक ढाँचामा राखिएकोे छ । शोधकार्यको उद्देश्य प्राप्तिको लागि सङ्खुवा सभा जिल्लाको दुई वटा अपाङ्ग बालबालिकाहरु पढाउँदैं आएका विद्यालयहरु श्री सरस्वती मा. वि. चैनपुर र श्री महेन्द्र उच्च मा.वि मानेभन्ञ्याङ्गलाई छनौट गरिएको छ । त्यसै गरी अध्ययनका लागि तथ्याङ्क संकलन गर्न दुई विद्यालयका प्र.अ, वि.व्या.सका अध्यक्ष , स्रोत शिक्षक ,विद्यार्थीहरुलाई संरचित तथा असंरचित प्रश्नवालीहरु सोधिएको थियो । त्यसैगरी विद्यालय अवलोकन फारम र कक्षा अवलोकन फारम प्राथमिक तथ्याङ्कको स्रोतको रुपमा प्रयोग गरिएको थियो । सहायक स्रोतको रुपमा सम्वन्धित विद्यालयका अभिलेख वुलेटिन , पुस्तकहरु ,तथा साहित्यहरुको पुनरावलोकन गरिएको छ । तथ्याङ् कहरुको अध्ययनको आधारमा विद्यालयमा विद्यार्थीहरुको उपस्थिति दर सत प्रतिशत रहेको पाइयो । अपाङ्ग बालबालिकाहरुलाई पढाउने शिक्षकहरु सबै तालिम प्राप्त रहेका े पाइयो । अपाङ्ग बालबालिकाहरुका लागि कक्षा कोठामा पर्याप्त मात्रामा शिक्षण सामग्री प्रयोग गर्दै पढाउने गरेको पाइयो । यस क्रममा विशेष गरी विद्यार्थी केन्द्रित विधिको प्रयोग गरी शिक्षण सिकाइ गर्ने गरेको पाइयो । विद्यालयमा दैनिक जीवीकोपार्जनका लागि व्यबहारिक र स्वावलम्वनका सीपहरु सिकाउँदै आएका े पाइयो । विद्यार्थीहरुको परीक्षाका लागि अवलोकन, व्यक्तिगत विवरण , घटना वृत्त, अभिलेख आदि मूल्याङ् कन प्रक्रिया अपनाउँदै आएको पाइयो । अपाङ्ग बालबालिकाहरुको सिकाइमा रहेको समस्याका रुपमा सामाजिक सहयोगको कमी विद्यालय र समुदायको सम्बन्ध सन्तोषजनक रहेको पाइएन । अपाङ्ग बालबालिकाहरुले अन्य बालबालिकाहरुले जस्तो सहज ढङ् गले सिक्न नसक्ने हँुदा सिकाइ चुनौतिपूर्ण रहेको पाइयो । अपाङ्ग बालबालिकाहरुमा संवेगको नियन्त्रण गर्न सक्ने क्षमता नहुँदा कक्षा कोठा कोलाहलयुक्त हुने गरेको पाइयो । आजको समयमा पनि अपाङ्गता पूर्वजन्मको पापको कारणले गर्दा भएको हो भन्ने मान्यता हावी भएकाले समाजमा सचेतिकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ । विद्यालय र समाजको सम्बन्ध सुमधुर बनाउन समय समयमा अभिभावक भेला गराउनु पर्ने देखिन्छ । शिक्षकलाई नयाँ नयाँ शैक्षिक सामग्री प्रयोगका लागि पुनःर्ताजकिकरण तालिमका े व्यबस्था गर्नुपर्ने देखिन्छ । त्यसैगरी बालबालिकाहरुको मानसिक उमेर अनुसारको पाठ् यपुस्तक उपलब्ध गराई सिकाइ प्रति रुची जगाउनु आवश्यक देखिन्छ । राष्ट्रले नीतिगत रुपमा नै अपाङ्ग बालबालिकाहरु प्रति आवाशीय विद्यालयको व्यवस्था गरी त्यसका लागि तालिम प्राप्त शिक्षकको नियुक्ति गर्नुपर्ने र विद्यालयको निरन्तर अनुगमन तथा निरीक्षण गर्नुपर्ने देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10769
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
cover page.pdf91.48 kBAdobe PDFView/Open
Chapter page(3).pdf210.73 kBAdobe PDFView/Open
Excel Worksheet.pdf25.2 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.