Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/11018
Title: अनाथ बालबालिकाको संरक्षण सम्बन्धी एक अध्ययन (चाइल्ड, वेलफेयर एण्ड एजकेशन र अन्नपूर्ण आत्मनिर्भर बालआश्रममा आधारित अध्ययन) {Concerning the protection of orphans A study (Studies based on Child, Welfare and Education and Annapurna Self-Reliant Children's Home)}
Authors: अधिकारी Adhikari, एकनाथ (अर्जुन) Eknath (Arjun)
Keywords: अनाथ बालबालिका Orphans;बालबालिका संरक्षण Child protection
Issue Date: 2018
Publisher: समाजशास्त्र संकाय
Institute Name: Prithivi Narayan Campus, Pokhara
Level: Masters
Abstract: बालबालिका भन्नाले त्यस्तो उमेर समुहका व्यक्तिहरु हुन जुन मानवीय जीवनको सुरुवातको अवस्था जसको प्रत्यक्ष रुपमा उसको बाबुआमासँग सम्बन्ध रहेको हुन्छ । ऊ बयस्क नभइन्जेलसम्म उसको सम्पर्ण रेखदेख, जिम्मेवारी उसका बाबुआमा अर्थात नजिकका नातेदार हुन्छन । नेपाल सरकारले १६ वर्ष भन्दा कम उमेरकालाई बालबालिकाको संज्ञा दिएको छ तर अन्य राजनैतिक, वैवाहिक र प्रशासनिक कार्यवाहिमा भने १८ वर्ष भन्दा मुनिका उमेर समुहलाई बालबालिका भनि तोकेका पाइन्छ । त्यस्तैगरी “बालबालिकाको अधिकार सम्बन्धी सरोकार” नामक संस्थाले दिएको परिभाषा अनुसार अठार वर्ष भन्दा मुनिका मानवीय व्यवहार देखाउने बालबालिकाको समुह जो शारीरिक, मानसिक एवम मनोवैज्ञानिक दृष्टिकाणबाट स्वतन्त्र भएका र संरक्षित भएका बालबालिकाहरूलाई जनाउँदछ । “बालबालिकाको बाँच्न पाउने नैसर्गिक अधिकार” भन्ने उदघोसका साथ हाल विश्वमा बालबालिकाको हक अधिकार र संरक्षणको निम्ति जुधारु रुपले आवाज बलन्द गरे तापनि विकसित मुलकहरूमा प्रायः बच्चा जन्माउने चाहना नराख्न भएकाले, बच्चा भइहाले पनि बालबालिकालाई स्तनपानका अवस्थादेखि बयस्क अवस्थासम्म सही लालनपालन नहुँदा बढदो आधुनिकता, व्यस्थता, सानो सानो टकरावले सम्बन्ध विच्छेद जस्ता कारण बाबुआमा बालबालिकाहरूप्रति पूर्ण समपण भएको पाइदैन । धेरैजसो मुलुकहरूमा त १८ वर्ष नपुगिन्जेलसम्म उनीहरूको सम्पूर्ण जिम्मेवारी सरकारले नै व्यहोर्ने गरेको पाइन्छ । कतिपय देशहरुमा अन्य विविध कारणले गर्दा बालबालिकाहरू अलपत्र हुन पुगेका छन । तर अल्पविकसित, विकासोन्मुख मुलकका भने अति गिरिवीपन, राजनीतिक अस्थिरता, द्वन्दपीडित, भैपरी विपत्ती आदी कारणहरूबाट नै बढी बालबालिकाहरू असंरक्षित जीवन व्यतित गर्न बाध्य छन । यिनै असंरक्षित बालबालिकामा आधारित रही यस्ता असंरक्षित बालबच्चाहरूलाई बालगृहमा संरक्षण दिन किन आवश्यक प¥यो? कस्ता–कस्तो समस्याका बाबजुत बच्चाहरू बालगृहमा आइपुग्छन? के कारणले गर्दा यस्ता असंरक्षित बालबच्चाहरूको बृद्धि दर बढदै गएको छ? बालबालिकाको बालगृह आउनु पूर्व र पश्चातको अवस्था कस्तो रहेको छ ? भन्ने मुख्य समस्याहरूलाई केलाउनको निम्ति चायल्ड वेयलफेयर एजुकेशन, पोखरा बैदाम र अन्नपूर्ण आत्मनिर्भर बालआश्रम, पोखरा बाटुलेर्चारमा संरक्षित कुल ४५ जना बालालिकामा आधारित रही मुख्य रुपमा आश्रित बालबालिका अनाथ हुनुको सामाजिक पृष्ठभूमि पत्ता लगाउनु र बालबालिकाहरू सो गृह आउनु पूर्व एवम पश्चातको अवस्था पहिचान गर्नु उददेश्य लिइ यो अध्ययन गरिएका छ । मौलिकतामा आधारित रही वर्णनात्मक अनुसन्धान ढाँचा प्रयोग गरिएका यस शोध अध्ययनमा लक्षित उद्देश्य हासिल गर्नको निम्ति तथ्याङको प्रकृति अनरूप प्राथमिक तथ्याङकका विधिहरू मध्यका प्रमुख विधि अन्तवार्ता अनुसूचि र गौण रुपमा अवलोकन विधि, मुख्य जानकार व्यक्तिसँग छलफल गरी उददेश्यमलक नमूना छनोट विधिबाट छनौट गरिएको अध्ययन क्षेत्रमा अनुसन्धानकर्ता प्रत्यक्ष उपस्थित भई समग्र अध्ययन नमूना छनौट विधिबाट अध्ययन गरी तथ्याङक सङकलन गरिएको छ । यसरी सङकलित कोरा तथ्याङकलाई वैज्ञानिक रूपबाट व्यवस्थित गरी तालिकीकरण, विस्तृतीकरण गरी देखाइएको छ । तथ्यहरूको प्रकृति हेरी गुणात्मक तथ्यहरूलाई पनि आवश्यक मात्रामा तथ्यपरक बनाइ विश्लेषण गरिएको छ । यस शोध अध्ययनमा अनाथ, बेसहारा जनजाति÷दलित समुदायका हिन्दुधर्म मान्ने बालिका भन्दा बालकहरूको संख्या बढी हुनाले र घर छाडी हिडन बालकहरु नै बढी पाइन्छ । बालबालिकाहरू प्रायगरी असंरक्षित हुने भनेको मुख्य रुपमा आर्थिक स्थिति सा¥है नै कमजोर त्यसमा पनि बाबुआमा नहुँदा पत्यक्ष प्रभाव साना अबोला बालबालिकामा पर्न गई जिम्मेवारीपूर्ण बहन गर्ने कोहीकतै नहुने हुँदा बाबाआमाको मायाजस्तो अन्यत्रको नहुने हुनाले पनि बालबालिकाहरू असंरक्षित बनेको यस अध्ययनबाट थाहा हुन्छ । त्यस्तैगरी अन्य कारणमा सौतेनी बाबा÷आमाको हिंसा, दैविक प्रकोप, बाबुआमाले कुकार्य गर्दा बच्चामा पर्ने संवेगात्मक असर पर्ने हुँदा बालबालिकाहरू अनाथ÷बेसहारा बन्न पुग्दछन । घरपरिवारबाट अलग एवम विपत्तिबाट आफना परिवार गुमाए पश्चात बालबालिकाहरू सबैभन्दा बढी सडकमा नै जान बाध्य हुने यस अध्ययनले देखाउँछ । आफन्तकोमा सहारा लिने बाँच्नको लागि बिहान बेलुकको खाना टार्नको लागि घर या होटलमा विना शुल्क काम गर्न पनि बाध्य भएको पाइन्छ भने चरम गरिबिका कारण आफनै बाबाआमाले सिध बालगृह, घर या होटलमा कार्य गर्न पठाउने गरेको पनि पाइन्छ । हाल बालबालिकाको बाँच्न पाउने नैसर्गिक अधिकार भन्ने नारा विश्वमा नै प्रसारित भई नेपालमा पनि यसको सरकारी तथा निजी क्षेत्रबाट कार्यान्वयन सुरु भएको पाइन्छ । त्यसमा पनि सामाजिक भावनाले खोलिएका सामाजिक संस्थाहरूबाट नै बढी मात्रामा बालबालिकाहरूको लागि संरक्षण एवम सम्बदर्धन गरी उनीहरूको उचित आवास, शिक्षा, तालिम, रोजगारको व्यवस्था गर्नाले संरक्षित बालबालिकाहरू आफनो आश्रय पूर्वको दिनचर्यालाई सम्झी अन्य अलपत्र, अनाथ भएका बालकालिकाहरूलाई पनि निजी क्षेत्रका संघसंस्थाले भन्दा सरकारले नै उनीहरूको संरक्षण, सम्बर्धन एवम रोजगारीको ग्यारेन्टी गरिदिनुपर्ने तथ्य यस अध्ययनबाट पुष्टि हुन्छ । संरक्षित बालबालिकाहरूको अध्ययन पश्चात बालबालिकाहरूको पारिवारिक आर्थिक बृद्धि, बालबच्चाहरूको अध्ययन, सिप, तालिम पश्चात उनीहरूलाई पारिवारिक, आफना नातागोता, इष्टमित्र, र अन्य संघसंस्थाको पहलमा पुनस्थापित भएको पाउन सकिन्छ । पुनस्थापित बालबालिकाहरू मध्ये सबभन्दाबढी कक्षा १–१० सम्मका ९ जना एस.एल.सी.पास गरेका ९ जना, +२ पास हुने ७ जना र व्याचलर पास २ जना रहेका पाइयो । उक्त पुर्नरस्थापित बालबालिकाहरू सबैजसो आयमुलक कार्यमा लागेको पाइयो ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/11018
Appears in Collections:Sociology

Files in This Item:
File Description SizeFormat 
New Body part.pdf549.27 kBAdobe PDFView/Open
Cover part.pdf183 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.