Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/11671
Title: पाठयक्रम कार्यान्वयनमा स्रोतव्यक्तिको भूमिका {The Role of Resource Persons in Curriculum Implementation}
Authors: कोईराला Koirala, ओमप्रसाद Omprasad
Keywords: पाठयक्रम कार्यान्वयन;स्रोतव्यक्ति
Issue Date: 2015
Publisher: Department Of Curriculum And Evaluation
Level: Masters
Abstract: पाठयक्रम कार्यान्वयनमा स्रोतव्यक्तिको भुमिका शीर्षकमा प्रस्तुत शोधपत्र तयार पारिएका छ । प्रस्तुत शोधपत्रको मूख्य उदेश्य प्राथमिक पाठयक्रममा स्रोतव्यक्तिले खेलेको भुमिकाको अध्ययन गर्नु रहको छ । प्रस्तुत शोधपत्रको मूख्य उदेश्य पाठयक्रममा स्रोतव्यक्तिले खेलेको भुमिकाको अध्ययन गर्नु रहको छ । उक्त उदेश्य पुरा गरी निष्कर्ष निकाल्नका लागि सुनसरी जिल्लाका ५ वटा सा्रेतकेन्द्र छनौट गरि स्रोतव्यक्तिहरु ५ जना, प्र.अ.हरु १० जना र शिक्षकहरु २० जनालाई प्रश्नावलीमा समावेश गरिएको छ । स्रोतकेन्द्रहरुको छनोट उदेश्यपूर्ण नमुना छनोट विधिको आधारमा गरिएको छ भने विद्यालय र शिक्षकहरुको छनोट नमुना छनोट विधिको आधारमा गरिएको छ । अनुसन्धानका क्रममा मेरी पार्कर फुलेटको समन्वयको सिद्धान्त, मायोको मानव सम्बन्ध सिद्धान्त र मास्लोको अभिप्रेरणको सिद्धान्त यसको सैद्धान्तिक ढाँचाका रुपमा लिएको छ । प्राप्त तथ्याङकहरुलाई तालिकीकरण , वृतचित्र र प्रतिशतमा देखाउने प्रयास गरी तथ्याङकको व्याख्या, विश्लेषण गरि पाठयक्रम कार्यान्वयनमा स्रोतव्यक्तिका भूमिकाका बारेमा अध्ययन गर्ने प्रयास गरिएको छ । प्रस्तुत अनुसन्धानमा स्रोतव्यक्तिबाट सबै विद्यालयमा निरीक्षण सेवा पुग्न नसकेको स्रोतव्यक्ति र शिक्षक बीच विषयगत छलफल कम हुने गरेको , स्रोतव्यक्ति र शिक्षक बीच मायोले भने झै राम्रो सम्बन्ध कायम हन नसकको मरी पार्कर फुलेट भने झै शिक्षकहरुलाई उचित समन्वय र प्रेरणा प्रदान गर्न नसकेको पाएयो । स्रोतकेन्द्रले शिक्षकहरुको कार्यक्षमता अभिबृद्धि गर्नको लागि शिक्षकको पेशागत विकास तालिम , पाठयक्रम प्रबोधीकरण, शौक्षिकसामग्री निर्माण तथा प्रयोग सम्बन्धी तालिम , स्थानिय भाषा शिक्षक तालिम, निरन्तर विद्यार्थी मूल्याङकन सम्बन्धी तालिम सञ्चालन गरेको पाईयो । वर्तमान अवस्थामा स्रोतकेन्द्रमा आर्थिक अभाव,स्रोतव्यक्तिलाई तालिमको अभाव, विषयगत स्रोतव्यक्ति नहुनु , सहायक कर्मचारीको व्यवस्था नहुनु ,दण्ड र पुरस्कारको व्यवस्था नहुनु ,नीतिनियम स्पष्ट नहुनु , राजनैतिक हस्तक्षेप र स्वच्छ शौक्षिक वातावरण नहुनु जस्ता समस्याहरु रहेको पाईयो । प्रस्तुत शोधपत्रमा स्रोतव्यक्तिले सबै विद्यालयको निरीक्षण, सुपरीवेक्षक गर्नुपर्ने, विषयगत स्रोतव्यक्ति नियुक्ति गर्नुपर्ने, सा्रेतकेन्दलाई आर्थिक सुविधा गर्नुपर्ने, स्रोतव्यक्तिलाई तालिम प्रदान गर्नुपर्ने, ,राजनैतिक हस्तक्षेप हुन नहुने, स्रोतकेन्द्रमा सहायक कर्मचारीको व्यवस्था गर्नुपर्ने, दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने , स्पष्ट नीति नियम बनाउनुपने, निरीक्षण प्रतिवेदन कार्यन्वयन हुनुपर्ने र स्वच्छ शौक्षिक वातावरण निर्माण गर्न सबैले एकताबद्ध भएर प्रयास गर्नुपर्ने सुझावहरु प्रस्तुत गरिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/11671
Appears in Collections:Curriculum and Evaluation

Files in This Item:
File Description SizeFormat 
All Thesis.pdf915.85 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.