Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/13344
Title: सामुदायिक विद्यालयमा शिक्षक छनौटको प्रक्रिया {Samudayik Bidhyalayama Sikshyak Chanoutko Prakriya}
Authors: कुवँर Kunwar, वसन्ती Basanti
Keywords: सामुदायिक विद्यालय Samudayik bidyalaya;शिक्षक छनौट प्रक्रिया Sikshyak chanout prakriya
Issue Date: 2012
Publisher: पाठयक्रम तथा मूल्याङ्कन विभाग
Institute Name: Central Department of Education
Level: Masters
Abstract: सामुदायिक विद्यालय भन्नाले नेपाल सरकारबाट नियमित रूपमा अनुदान पाउने गरी अनुमति वा स्वीकृति प्राप्त विद्यालय सम्झनु पर्दछ, शिक्षक भन्नाले उक्त विद्यालयको अध्यापक सम्झनु पर्दछ र सो शब्दले प्रधानाध्यापक समेतलाई जनाउँछ । पहिले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको स्थायी छनौट एंवम नियुक्ति शिक्षक सेवा आयोगले गर्दैै आएकोमा विगत करिव २ दशक यता उक्त आयोगले शिक्षकको अस्थायी नियुक्तिको जिम्मेवारी वि.व्य.स.लाई दिए पश्चात जुन तहमा विज्ञापन खुलाई खुल्ला प्रतिस्पर्धाको माध्यमबाट नियुक्ति गर्नुपर्ने व्यवस्था रहेको छ । त्यस्तैगरी शिक्षा नियमावलीका ६औं शंसोधन २०६६ ले साविकको अस्थायी नियुक्ति सम्बन्धी व्यवस्था हटाई स्थायी पदपुर्ति नभएसम्मका लागि एकपटकमा ६ महिनामा नबढाई २०७० चैत मसान्त सम्म म्याद थप गर्न सक्ने व्यवस्था गरेको छ । यसै सन्र्दभमा प्रस्तुत शोधपत्र“सामदायिक विद्यालयमा शिक्षक छनौट प्रक्रिया” शीर्षकमा गरिएको थियो । यस अध्ययनको प्रमुख उद्देश्य सामुदायिक विद्यालयमा शिक्षक छनौटको संयन्त्र पहिचान गर्नु रहेको छ । पाल्पा जिल्लाभित्र सञ्चालित सामुदायिक विद्यालयहरु मध्ये श्रीचण्डिका प्रा.वि. चण्डभिञ्ज्याङ्ग, श्री नामीकुवा नि.मा.वि. वौघापाखराथोक,श्री प्रभात मा.वि. मैनादी, र श्री लक्ष्मी उ.मा.वि.बन्दि पोखरा पाल्पा गरी जम्मा ४ वटा विद्यालयमा अध्ययन गरिएका थियो । यस अध्ययनमा गुणात्मक र संख्यात्मक विधिहरुको प्रयोग गरी तथ्याङक सङकलन गरिएको भएता पनि विशेष गरीगुणात्मक विधिद्धारा तथ्याङकका विश्लेषण र व्याख्या गरिएका थियो । अध्ययनका लागी ४ वटा विद्यालयका १–१ जनाप्र.अ.,३–३ जना शिक्षक प्रतिनिधी र सम्पूर्ण वि.व्य.स. का सदस्यहरुलाई सम्भावनारहित नमुना छनोट अन्र्तगतको उद्देश्यमुलक नमुना विधिद्धारा छनौट गरिएको थियो । अध्ययनका साधनहरु प्र.अ.र शिक्षकका लागि अन्र्तवार्ता सूची, वि.व्य.स. कासदस्यहरुका लागी लक्षित समुह छलफल निर्देशिका र दस्तावेज अध्ययन प्रयोग गरिएको थियो । छनौटमा परेका विद्यालयको नि.मा.वि. र मा.वि. तहमा शिक्षक छनोट गर्दा शिक्षा नियमावलीमा उल्लेखित प्रावधानकाआधारमा शिक्षक छनौट गरिएतापनि प्रा.वि. तहमा सोहि अनुरुप पाइएन । प्रा.वि., नि.मा.वि. र मा.वि. तीनवटै तहमा अध्यापनगराउने शिक्षक÷ शिक्षिकाहरु सबै जसो शैक्षिक योग्यता पूरा गरेका, तालिम लिएका, अध्यापन अनुमतिपत्र प्राप्त र सम्बन्धितविषयमा विषय विशिष्टिकरण गरेका भएतापनि कुन–कुनै शिक्षक तालिम र अध्यापन अनुमतिपत्र लिने क्रममा रहेको पाइयो ।प्रा.वि. तहमा स्थायी, अस्थायी, राहत, नीजिस्रोत र बालविकास सहयोगी कायकर्ता, नि.मा.वि. तहमा स्थायी, अस्थायी एवम् बालविकास सहयोगी र मा.वि. तहमा अस्थायी, राहत, निजिस्रोत र बालविकास सहयोगी कार्यकर्ताको दरवन्दी रहेको पाइयो ।त्यस्तै गरी सबै तहमा शिक्षा नियमावलीमा उल्लेखित प्र.अ. छनौटका धेरै जसो प्रावधानलाई वेवास्ता गरेको पाइयो भने शिक्षक छनौटका आधार, छनौटमा प्रभाव पार्ने आन्तरिक र बाह्य तत्वहरु, देखिएका समस्याहरु र समाधानका उपायहरुमा समानता पाइयो । यसरी सबै तहको शिक्षक छनौटको संयन्त्रलाई व्यवस्थित र प्रभावकारी बनाई प्र.अ.– शिक्षक छनौट गदाशिक्षा नियमावलीमा उल्लेखित आधारहरुलाई अनिवार्य रुपमा लागु गर्नुपर्ने, प्रा.वि. तहका शिक्षकलाई आधारभुत १० महिना तालिम र नि.मा.वि. र मा.वि. तहका शिक्षकलाई सम्बन्धित विषयमा विषयगत तालिमको व्यवस्था गर्नुपर्ने, देखिएका समस्या समाधानका लागि सम्बन्धित सरोकारवाला(प्र.अ., शिक्षक, वि.व्य.स., राजनैतिक दल र जि.शि.अ.) निकायहरु विशेष चासोका साथ सक्रिय रहनुपर्ने देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/13344
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
cover page.pdf88.45 kBAdobe PDFView/Open
chapter page.pdf291.59 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.