बालविकास केन्द्रले शिक्षण सिकाइमा पारेको प्रभाव {Impact of Child Development Center on Teaching and Learning}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शिक्षाशास्त्र संकाय, शैक्षिक योजना तथा व्यवस्थापन विभाग

Abstract

वालविकास केन्द्रले सिकाई उपलब्धीमा पारेको प्रभाव नामक यस शोध पत्रमा वालविकास केन्द्र वाट कक्षा एकमा आएका वालवालिकाहरुको शैक्षिक उपलब्धी विश्लेषण गर्ने मूख्य उद्देश्य राखीएको छ । इन्द्रपुर स्रोत केन्द्र अन्तरगतका सामुदायिक विद्यालयमा संचालित ३८ वटा वालविकास केन्द्रमा शोध सिमित गरिएको छ । अध्ययनको तथ्याङ्क संकलन गर्ने क्रममा मोरङ जिल्लाको इन्द्रपुर स्रोत केन्द्र अन्तरगतका ३८ वटा वालविकास केन्द्रहरु मध्ये एगचउयकष्खभ क्बmउष्लिन का आधारमा ६ वटा वालविकास केन्द्रको छनौछ गरी गुणात्मक र वर्णनात्मक ढाँचामा यो अन्ययन सम्पन्न गरिएको छ । तथ्याङ्कको स्रोतको रुपमा प्राथमिक र द्वितीय दुवै तथ्याङ्कको प्रयोग गरिएको छ । वालविकास केन्द्रको अवसर नपाई सिधै विद्यालयमा भर्ना भएका वालवालिकाहको शैक्षिक उपलब्धी भन्दा वालविकास केन्द्रको अवसर प्राप्त गरी कक्षा एकमा भर्ना भएका वालवालिकाहरुको शैक्षिक उपलव्धी उच्च रहेको , विद्यालयमा नियमितता उच्च रहेको, अतिरिक्ति क्रियाकलापमा वढि सहभागिता हुने कुरा अध्ययनको मूख्य प्राप्ति रहेको छ । वालविकास केन्द्रको सकारात्मक संकेत वारे सम्वन्धित सरोकारवालाहरु लाई जानकारी गराउनु पर्ने, वालविकास संचालन भएका पछिका वर्षहरुमा देखिएका परिवर्तनको अभिलेख राख्नु पर्ने, वालविकास केन्द्रलाई सहयोग गर्ने व्यक्ति, संघ सस्थाहरुलाई उत्प्रेरित गर्दै सहयोग गर्ने दाताहरुलाई सम्मान पत्र, कदर पत्र दिई अरुलाई पनि सहयोग गर्न अभिप्रेरित गर्नु पर्ने, वालविकास केन्द्रमा काम गर्ने स.का.हरुलाई तालिमको व्यवस्था गर्ने र स.का. हरुको पारिश्रमिक ज्यादै न्यून भएको कारण ले समय अनुसार उचित व्यवस्था गर्नु पर्ने जस्ता पक्षहरु लाई मुख्य सुझावको रुपमा प्रस्तुत गरिएको छ ।

Description

Citation