पाठयक्रम कार्यान्वयनमा स्रोतव्यक्तिको भूमिका {The Role of Resource Persons in Curriculum Implementation}
Date
2015
Journal Title
Journal ISSN
Volume Title
Publisher
Department Of Curriculum And Evaluation
Abstract
पाठयक्रम कार्यान्वयनमा स्रोतव्यक्तिको भुमिका शीर्षकमा प्रस्तुत शोधपत्र तयार पारिएका
छ । प्रस्तुत शोधपत्रको मूख्य उदेश्य प्राथमिक पाठयक्रममा स्रोतव्यक्तिले खेलेको भुमिकाको
अध्ययन गर्नु रहको छ । प्रस्तुत शोधपत्रको मूख्य उदेश्य पाठयक्रममा स्रोतव्यक्तिले खेलेको
भुमिकाको अध्ययन गर्नु रहको छ । उक्त उदेश्य पुरा गरी निष्कर्ष निकाल्नका लागि सुनसरी
जिल्लाका ५ वटा सा्रेतकेन्द्र छनौट गरि स्रोतव्यक्तिहरु ५ जना, प्र.अ.हरु १० जना र
शिक्षकहरु २० जनालाई प्रश्नावलीमा समावेश गरिएको छ । स्रोतकेन्द्रहरुको छनोट
उदेश्यपूर्ण नमुना छनोट विधिको आधारमा गरिएको छ भने विद्यालय र शिक्षकहरुको छनोट
नमुना छनोट विधिको आधारमा गरिएको छ । अनुसन्धानका क्रममा मेरी पार्कर फुलेटको
समन्वयको सिद्धान्त, मायोको मानव सम्बन्ध सिद्धान्त र मास्लोको अभिप्रेरणको सिद्धान्त
यसको सैद्धान्तिक ढाँचाका रुपमा लिएको छ । प्राप्त तथ्याङकहरुलाई तालिकीकरण ,
वृतचित्र र प्रतिशतमा देखाउने प्रयास गरी तथ्याङकको व्याख्या, विश्लेषण गरि पाठयक्रम
कार्यान्वयनमा स्रोतव्यक्तिका भूमिकाका बारेमा अध्ययन गर्ने प्रयास गरिएको छ ।
प्रस्तुत अनुसन्धानमा स्रोतव्यक्तिबाट सबै विद्यालयमा निरीक्षण सेवा पुग्न नसकेको
स्रोतव्यक्ति र शिक्षक बीच विषयगत छलफल कम हुने गरेको , स्रोतव्यक्ति र शिक्षक बीच
मायोले भने झै राम्रो सम्बन्ध कायम हन नसकको मरी पार्कर फुलेट भने झै शिक्षकहरुलाई
उचित समन्वय र प्रेरणा प्रदान गर्न नसकेको पाएयो । स्रोतकेन्द्रले शिक्षकहरुको कार्यक्षमता
अभिबृद्धि गर्नको लागि शिक्षकको पेशागत विकास तालिम , पाठयक्रम प्रबोधीकरण,
शौक्षिकसामग्री निर्माण तथा प्रयोग सम्बन्धी तालिम , स्थानिय भाषा शिक्षक तालिम,
निरन्तर विद्यार्थी मूल्याङकन सम्बन्धी तालिम सञ्चालन गरेको पाईयो । वर्तमान अवस्थामा
स्रोतकेन्द्रमा आर्थिक अभाव,स्रोतव्यक्तिलाई तालिमको अभाव, विषयगत स्रोतव्यक्ति नहुनु ,
सहायक कर्मचारीको व्यवस्था नहुनु ,दण्ड र पुरस्कारको व्यवस्था नहुनु ,नीतिनियम स्पष्ट
नहुनु , राजनैतिक हस्तक्षेप र स्वच्छ शौक्षिक वातावरण नहुनु जस्ता समस्याहरु रहेको
पाईयो ।
प्रस्तुत शोधपत्रमा स्रोतव्यक्तिले सबै विद्यालयको निरीक्षण, सुपरीवेक्षक गर्नुपर्ने, विषयगत
स्रोतव्यक्ति नियुक्ति गर्नुपर्ने, सा्रेतकेन्दलाई आर्थिक सुविधा गर्नुपर्ने, स्रोतव्यक्तिलाई तालिम
प्रदान गर्नुपर्ने, ,राजनैतिक हस्तक्षेप हुन नहुने, स्रोतकेन्द्रमा सहायक कर्मचारीको व्यवस्था
गर्नुपर्ने, दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने , स्पष्ट नीति नियम बनाउनुपने, निरीक्षण
प्रतिवेदन कार्यन्वयन हुनुपर्ने र स्वच्छ शौक्षिक वातावरण निर्माण गर्न सबैले एकताबद्ध
भएर प्रयास गर्नुपर्ने सुझावहरु प्रस्तुत गरिएको छ ।
Description
Keywords
पाठयक्रम कार्यान्वयन, स्रोतव्यक्ति