प्राथमिक शिक्षामा मधेशी दलित बालिकाहरुकाे संलग्नता (Prathamik shikshyama Madheshi dalit balikaharuko sanglagnata)

Date
2016
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन विभाग
Abstract
प्रस्तुत शोधपत्र प्राथमिक शिक्षामा मधेशी दलित बालिकारुहको संलग्नता भन्ने शीर्षकमा तयार पारिएको छ । यस अनुसन्धानको प्रमुख उद्देश्य मधेशी दलित बालिकाहरुको शैक्षिक पहुँच पत्ता लगाउन, विद्यालय नजानुका कारणहरु पत्ता लगाउनु र मधेशी दलित बालीकाहरुको शैक्षिक पहुँचमा सुधार ल्याउनका लागि सुझाव दिनु रहेको छ । यस अध्ययनका उदेश्य प्राप्तिका लागी सम्बन्धित साहित्यको पूनरावलोकन गर्दा बिभिन्न सोध, लेख, रचनालाई पूनरावलोकन गरीएको छ भने सैद्धान्तिक खाका का रुपमा कार्ल मार्कसको द्धन्दात्मक सिद्धान्त, म्याक्स वेवरको विभेदिकरणको सिद्धान्त र पाउला े फेरेको पिछिडिएकाहरुको लागी शिक्षा सम्बन्धि दृष्टिकोणलाई उपयोग गरिएको छ । यस अध्ययनको उद्देश्य प्राप्तिका लागि गुणात्मक र परिमाणात्मक ढाँचामा आधारित रही उद्देश्यमूलक र संभावनायुक्त नमुना छनोट विधिबाट सिप्तरी जिल्लाको ४ वटा विद्यालयहरु, ती विद्यालयका प्र.अ.ह, अभिभावकहरु, शिक्षकहरु र विद्यार्थीहरुलाई नमुनाका रुपमा लिइएका े छ । अध्ययनका लागि आवश्यक पर्ने तथ्याङ ् कहरु प्राथमिक र द्धितीय स्रोतहरुबाट संकलन गरिएको छ । जुन तथ्याङ ् कहरु अन्तर्वार्ता, अवलोकन, प्रश्नावलीद्धारा प्रत्यक्ष भेटघाट र स्थलगत सर्वेक्षणद्धारा संकलन गरिएको छ । संकलित तथ्याङ ् कहरु वर्णात्मक तथा विश्लेषणात्मक तरीकाबाट विश्लेषण गरिएका छन ् । यस मधेशी दतिल बालिकाहरुको शैक्षिक क्रियाकलपामा संलग्नता कम रहेको देखिन्छ । शिक्षा र अन्य सुविधाबाट बिमुख रहेका मधेशी दलितहरुको अवस्था कमजोर रहेको देखिन्छ । घरको पारिवारिक वातावरण, आर्थिक अवस्था आदिले गर्दा बालबालिकाहरु नियमित रुपमा विद्यालयमा उपस्थित हुन सकिरहेका छैन ् । समयमा शैक्षिक सामग्री नभेटनुले उनीहरुको उतिर्ण दर कमजोर देखिन्छ । अध्ययन क्षेत्रका विद्यालयमा गैर दलित विद्यार्थीहरुको तुलनामा मधेशी दलित बालिकाहरुको संख्या कम देखिन्छ । साथै गैर दलितको तुल्नामा यिनीहरुको शैक्षिक उपलब्धिको स्तर न्यू न देखिन्छ । विद्यालयमा छुवाछुत सम्बन्धि नराम्रो व्यवहार नभए पनि सामाजिक आर्थिक अवस्था, साँस्कृतिक वातवरण, छिटो विवाह र घरको कामले विद्यालय बीचमै छाडने गरेका े देखिन्छ । अभिभावकको पेशा शिक्षा आर्थिक अवस्था आदि संग बालिकाहरुको शिक्षा प्रभावित भएको देखिन्छ । आर्थिक समस्या, अभिभावकमा चेतनाको कमि, परम्परागत विचार, महिलाहरु निरक्षर हुनु र बालिकाहरुलाई विद्यालय पठाउनु पर्छ भन्ने कारणहरुले उनीहरुको शैक्षिक अवस्थामा प्रभाव पारेको देखिन्छ । विद्यालयमा मधेशी, दलित बालिकाहरुको शिक्षामा सहभागिता र शैक्षिक कार्यक्रममा सुधार गर्नका लागि विद्यालयहरुले जनचेतनामूलक घरदैला े कार्यक्रम, आमभेला कार्यक्रम, सिपमूलक कार्यक्रम, आदि संचालन गरी उनीहरुको शैक्षिक अवस्थामा सुधा रगर्न सकिन्छ । यिनीहरुलाई छात्रवृत्ति, निःशूल्क पाठ ् यपुस्तक वितरण, शिक्षण कार्यक्रममा सहभागि, विद्यालयबाहिर छुवाछुत भेदभाव हटाउने कार्यक्रमहरु, रुढीवाद बारे चेतना अभिबृद्धि र पिछडिएको दलितलाई छुट्टै शैक्षिक आरक्षणको व्यवस्था गरि मधेशी दलित बालिकाहरुको शैक्षिक अवस्थामा सुधार गर्न सकिने सुझावहरु प्रस्तुत गरिएको छ । त्यसपछि नितीगत तहमा विभिन्न कार्यक्रमहरु सँचालन, अभ्यासगत तहमा विभिन्न कार्यक्रमहरु जस्तै, गृहकार्य, कक्षाकार्य, अतिरिक्त क्रियाकलाप, विभिन्न उत्सव समारोहमा यिनीहरुको सहभागिता बढाउनु पर्दछ । अनुसन्धान तह अन्तर्गत अध्ययन कर्ताले अध्ययन गर्न नसके का विविध पक्षहरुको बारेमा अध्ययन गर्न सकिने सुझावहरु प्रस्तुत गरिएको छ ।
Description
Keywords
प्राथमिक शिक्षा Prathamik shikshya, मधेशी दलित बालिका Madheshi Dalit balika
Citation