प्रयोगात्मक नेपाली शब्दकोशमा शब्दहरुको प्रयोग पक्षको अध्ययन {Prayogatmak Nepali Shabdakoshama Shabdaharuko Prayog Pakshako Adhyayan}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली भाषा शिक्षा विभाग
Abstract
शोधशीर्षक ः प्रयोगात्मक नेपाली शब्दकोशमा शब्दहरूको प्रयोग पक्षको अध्ययन
शोधार्थी ः दिनेश घिमिरे
शोधनिर्देशक ः प्रा.डा. केदारप्रसाद शर्मा
विभाग÷क्याम्पस ः नेपाली भाषा शिक्षा विभाग, विश्वविद्यालय क्याम्पस, त्रि.वि., कीर्तिपुर
शैक्षिक वर्ष ः २०६१÷०६३ ः पृष्ठ संख्या ः ६१ + २०; अध्याय ः पाँच
शोधप्रक्रिया ः
प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविालय शिक्षाशास्त्र सङ्काय नेपाली भाषा शिक्षा विभागअन्तर्गत एम.एड. नेपा.शि. ५९८ पाठ्यांशको प्रयोजनको लागि तयार गरिएको हो ।
अर्थ विधानका दृष्टिले प्रयोगात्मक नेपाली शब्दकोशको अध्ययन गर्ने, प्रनेशका विशेषताहरू पहिचान गर्ने, यसको प्रयोग पक्षको अध्ययन गर्ने, प्रनेशको प्रयोग पक्षको सबल र दुर्वल पक्षहरूको अध्ययन गर्ने जस्ता प्रमुख उद्देश्यमा यो शोधकार्य केन्द्रित रहेको छ ।
विशेषतः पुस्तकालय विधिलाई नै मूल रूपमा अवलम्बन गरिएको प्रस्तुत शोधपत्रमा प्राथमिक श्रोतको रूपमा प्रयोगात्मक नेपाली शब्दकोशबाट सामग्री सङ्कलन गरी उक्त सामग्रीको अध्ययन विश्लेषणका लागि वर्णनात्मक पद्धति र विश्लेषणात्मक पद्धतिलाई अँगालिएको छ ।
पाँच अध्यायमा संगठित शोधकार्यलाई क्रमशः शोधको सामान्य परिचय, शब्दकोशमा अर्थविधान, प्रयोग विधान र प्रयोगात्मक नेपाली शब्दकोश, प्रनेशका मुख्य विशेषताहरू, निष्कर्ष÷उपसंहार खण्डमा विभाजित गरिएको छ ।
