स्थानीय तह निर्वाचन २०७४ मा महिला सहभागीता (म्याग्दी जिल्लामा आधारित एक समाजशास्त्रीय अध्ययन{Women's participation in local level election 2074 (A sociological study based in Myagdi district)}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
समाजशास्त्र तथा ग्रामिण विकास संकाय
Abstract
प्रस्तुत सोधपत्र “स्थानीय तह निर्वाचन २०७४ मा महिला सहभागीता” (म्याग्दी जिल्लामा आधारित एक समाजशास्त्रीय अध्ययन) शीर्षकको एक समाजशास्त्रीय अध्ययन गरिएको हो । के अवसर दिए महिलाहरू पनि सक्रिय राजनितिककर्मी कार्यकर्ता हुन सक्दैन र?,के स्थानीय तह निर्वाचनमा महिलाहरूको सहभागीता सन्तोषजनक रहेका छ ?, के स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवारी स्वइच्छाले भएको थियो्?, कि कसैको दबावर करकापमा भएको थियो ?, महिलाहरू चुनावी अभियानमा रहदा सामाजिक र आर्थिक हिसावले कतिको प्रभाव पारेको थियो ?जस्ता प्रश्नहरूलाई अध्ययनको समस्याको रूपमा लिएर अध्ययन अगाडि बढाइएको छ । यस अध्ययनको सामान्य उद्देश्य स्थानीय तहका
निर्वाचनमा महिलाको सहभागीता कस्तो रहेको छ भनि अध्ययन गर्नु हो भने सहभागीतामहिलाका आर्थिक अवस्थाका वारेका अध्ययन गर्नु र सहभागी महिलाको पारिवारीक पृष्ठभुमिको अध्ययन गर्नु यसको विशिष्ट उद्देश्य रहेको छ । स्थानीय तह निर्वाचन २०७४मा म्याग्दी जिल्लाका ६ वटा स्थानीय तहहरूबाट जम्मा २८६ जना महिलाहरू उम्मेदवार बनेका थिए । ती सबै उम्मेदवारहरूलाई अध्ययनका इकाई मानि प्राथमिक तथ्याङ्क संकलनगर्न समय र खर्चको हिसावले असम्भव प्राय हने भएकाले जम्मा महिला उम्मदवार संख्या २४६ को ३५ प्रतिशतले हुन आउने ८६ जना उम्मेदवारहरूलाई गोलाप्रथाबाट छनौट गरि अध्ययन गरिएको थियो । उक्त ८६ जना उत्तरदाताहरू मध्ये ५३ जना निर्वाचित र बाँकी ३३ जना पराजित उम्मेदवारहरूलाई गोला प्रथाबाट छनौट गरि छानिएका उत्तरदाताहरूलाइ अन्तर्वाता अनुसूचीको माध्यमबाट आवश्यक पर्ने प्राथमिक तथ्याङ्क सकलन गरिएको थियो ।उत्तरदाताहरूको सामाजिक र आर्थिक क्षेत्रमा संलग्नता, पारिवारिक हैसियतमा आएका परिर्वतन निर्णयाक भुमिका सम्पतीमा पहुँच जस्ता प्रश्नहरू सोधिएका छन । अध्ययनका क्रममा प्राथमिक तथ्याङ्क नै बढी मात्रामा प्रयोग गरिएको छ । यस अध्ययनमा प्राप्त तथ्याङ्कको विश्लषणात्मक तालिका, स्तम्भ चित्र र पाइचार्टको प्रयोग गरि विवरणात्मक र विश्लेषणात्मक विधिको अवलम्वन गरी तपशिल अनुसारको निष्कर्षहरू निकालिएको छ ।
स्थानीय तहको निर्वाचन ०७४ मा उम्मेदवारी दिन महिला ९८.४ प्रतिशत र निर्वाचित महिला ४१.२ प्रतिशत रहेका पाइयो । उत्तरददाताहरू मध्ये सबैभन्दा बढि हिन्दुधर्म मान्ने ६५ प्रतिशत रहेको पाइएको छ । जातजातिहरू मध्ये सबैभन्दा बढि ३४ जना
खष्
दलित र ३३ जना जनजाती रहेको पाइयो । उमरगत जनसंख्या वितरण (३६ देखि ४५वर्ष) ३८ जना सबैभन्दा बढी रहेको छ । ८६ जना उत्तरदाताहरू मध्ये ७४.४२ प्रतिशतकृषि पेशामा संलग्न रहेको पाइया । कृषि आयमूलक कार्यमा परिणत हुँदै गरेको छ भने ब्यापार ब्यवसायमा लाग्नेहरूसंख्या बिस्तारै बढदै गएको पाइयो । ८६ जना उत्तरदाताहरू मध्ये सबै साक्षर रहेका छन । निर्वाचित जनप्रतिनिधिहरू मध्ये ९०.५ प्रतिशतलाइ घरपरिवारबाट राम्रो सहयोग प्राप्त भएको पाइयो । ८६ जना उत्तरदाताहरूको घरायसीकाम र घर बाहिरको कामलाई लैङ्गिक दृष्टिकोणबाट हेर्दा घर भित्र र घर बाहिरको दुवैजिम्मेवारी उत्तरदाता आफैले सम्हालेका पाइयो । साथ ैस्थानीय तहको निर्वाचन पश्चात सामाजिक कार्यसंगै राजनितिक क्षेत्रमा सक्रिय सहभागी हुन लागेको पाइयो । निर्वाचनमा आउनु भन्दा पहिला जम्मा २३ जनाले राजनितिकि क्षेत्रमा सक्रिय रहनभएको थियो भननिर्वाचन पछि ६२ जना राजनितिकमा सक्रिय रहनु भएको छ । उत्तरदाताका घुमफिरकास्वतन्त्रता ७५.५८रहेको पाइयो । स्थानीय तहको निर्वाचन पश्चात टोल तथा गाउ स्तरमा हुने कार्यक्रमहरूमा महिलाको सहभागीता बृद्धि भएको पाइयो । उत्तरदातालाइ घरपरिवार तथा समाजले हेर्ने दृष्टिकोणमा सुधार आएको पाइएको छ । विशेष गरि राजनैतिक रूपमा सहभागीता र निर्णायक भूमिकामा लिङ्गकै आधारमा पछि पारिएको पाइन्छ । त्यसकारण महिलाको भुमिकालाई गम्भीरता साथ सबैले आत्मसाथ गरी समाज परिवर्तनका लागि महिला सहभागीता अपरिहार्य छ भन्ने कुरामा विश्वास राखि सम्मान हौसला र गर्वका साथ लिनुपर्छ । अनि मात्र महिलाको सहभागीता सक्रिय तथा अर्थपूर्ण हुन जान्छ ।
