एस.इ.इ. परीक्षा २०७५ सालको नेपाली भाषाको प्रश्नपत्रको विश्लेषण{S.E.E. Examination 2075 Analysis of Nepali Language Question Paper}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली भाषा शिक्षा सङ्काय
Abstract
त्रिभुवन विश्वविद्यालय अन्तर्गत जनता बहुमुखी क्याम्पस, इटहरी शिक्षाशास्त्र
सङकाय नेपाली शिक्षा विभाग अन्तर्गत कोड नं. ५९८ को प्रयोगात्मक पाठयभार पूरा गर्न
स्नातकोत्तर तहको उपाधिका लागि यो शोधकार्य सम्पन्न गरिएको छ ।
एस.इ.इ. परीक्षा २०७५ सालमा प्रदेश नं. २ मा सोधिएको नेपाली भाषाको
प्रश्नपत्रको अध्ययन यो शोधकार्यमा गरिएको छ । शोधका क्रममा आन्तरिक र बाहय दुवै
आधारबाट अध्ययन गरिएको छ । साथै प्रश्नपत्र विशिष्टीकरण तालिका अनुरूप भए
नभएको, उक्त प्रश्नपत्र वैध र विश्वासनीय छन छैनन सोही अनुसार अध्ययन गरिएका
प्रतिनिधि पश्नपत्रहरूले मापदण्ड पूरा गरे नगरेको विविध पक्षबाट अध्ययन गरिएको छ ।
अध्ययनका क्रममा पाठयभार अनुसार प्रश्न भए नभएको प्रश्नले सबै पक्षलाई समेटे
नसमेटेको, प्रश्नपत्रका भाषिक, व्याकरणिक त्रुटि रहे नरहेको, प्रश्नहरूको भौतिक स्वरूप
आकर्षक तथा स्तरीय भए नभएको अध्ययन गरिएको छ ।
प्रस्तुत अनुसन्धानमा मूलतः पुस्तकालयीय विधिको प्रयोग गरी नमुनाका रूपमा
एस.इ.इ. परीक्षा २०७५ सालको प्रदेश नं. २ को नेपाली विषयको प्रश्नपत्रलाई लिइ
अध्ययन गर्दा प्रतिनिधि प्रश्नपत्र सरलदेखि जटिल तिरको क्रममा मिलेका साथै प्रश्नहरूलाई
व्यावहारिक पनि बनाउन खोजेको देखिन्छ । प्रतिनिधि प्रश्नपत्र विशिष्टीकरण तालिकासँग
मेल खाएको छ । तर विशिष्टीकरण तालिका अनुसार प्रश्नपिच्छे अङकभार भने वितरण
गरेको पाइदैन । साथै विषयवस्तुको क्षेत्र र प्रश्नको तालमेल पनि मिलेको पाइन्छ ।
प्रश्नपत्रको शीर्षभागमा समय पूर्णाङ्क, तह वा स्तर दिइएको भएता पनि उत्तीर्णाङ्क चाहिँ
खुलाइएको छैन । प्रश्नपत्रमा द्दण्ठछ ९द्दण्ज्ञढ० अङग्रेजीमा लेखिएकाले शीर्ष निर्देशनमा त्रुटि
देखिन्छ । व्याख्यात्मक प्रश्नको अङकभार ४ निर्धारण गरी प्रश्नको कठिनाइस्तर र उत्तरको
आकार अनुसारको प्रश्नको अङकभारमा अनुपयुक्तता देखिन्छ ।
अन्त्यमा प्रतिनिधि प्रश्नपत्र नेपाली विषय भएकाले अनिवार्य रूपमा देवनागरी
लिपिको मात्र प्रयोग उचित हुने देखिन्छ । सब खाले प्रश्नहरू सोधेर पाठयक्रमको
व्यापकतालाई समेटनु उचित हुने देखिन्छ । व्याख्यात्मक प्रश्नका लागि अङकभार अलि न्यून
भएकाले विशिष्टीकरण तालिकाको निर्माण गर्दा व्याख्यात्मक प्रश्नको पनि अङकभार
बढाउनु पर्ने देखिन्छ । प्रश्नहरूमा भएका यिनै सबल दर्बल पक्षहरू औल्याउदै आगामी
दिनमा स्तरीय पश्नपत्र निर्माण गर्नका लागि सुझाव दिइएको छ ।
