जीवनहरि शर्माकाे जीवनी, व्याक्तित्व र कृतित्वकाे अध्ययन

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

नेपाली विभाग

Abstract

नेपाली साहित्यका फाँटमा धेरै साहित्यकारहरू मध्ये जीवनहरि शर्मा पनि एक साहित्यकारका रूपमा देखा पर्दछन् । वि.सं. २०४१ सालबाट साहित्यका क्षेत्रमा प्रवेश गरेका कवि शर्मा हालसम्म आइपुग्दा काव्य विधाका क्षेत्रमा निकै सफलता पाइसकेका छन् भने अन्य विधामा पनि कलम चलाउँदै अगाडि बढेको पाइन्छ । उनका अन्य विधाका साहित्यिक रचनाहरू भने प्रकाशोन्मुख अवस्थामा रहेका छन् । सरकारी जागिरे जीवन व्यतित गरिरहेका कवि शर्मा आफ्नो साहित्यिक यात्रालाई अनवरत रूपमा अगाडि बढाइरहेका छन् । प्रस्तुत शोधपत्र ‘जीवनहरि शर्माको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन’ विषयमा यथासक्य उनको जीवनी, व्यत्तित्व पक्ष, काव्ययात्रा र प्रकाशित कृतिहरूको अध्ययन र विश्लेषण गर्ने प्रयास गरिएको छ । यस क्रममा प्रस्तुत शोध पत्रलाई पाँच अध्यायमा विभाजन गरिएको छ । यस शोधपत्र तयार पार्ने क्रममा पहिलो अध्यायमा शोधपरिचय राखिएको छ । यस अन्तर्गत शोधशीर्षक, शोधपरिचय, शोध प्रयोजन, समस्या कथन, शोधपत्रको उद्देश्य, पूर्वकार्यको समीक्षा, शोधको औचित्य,महत्व र उपयोगीता, सीमाङ्कन, सामग्री संङ्कलन विधि, शोधपत्रको रूपरेखा उपशीर्षकमा राखिएको छ । दोस्रो अध्यायमा ‘जीवनहरि शर्माको जीवनी र व्यक्तित्व’ मूल शीर्षक अन्तर्गत पृष्ठभूमि, वंश परम्परा, जन्म र जन्मस्थान, बाल्यकाल, शिक्षा दीक्षा, संस्कार कर्महरूमा छैटी, नामकरण, अन्नप्रासन, चूडाकर्म, उपनयन, विवाह, विद्यार्थी जीवन, पारिवारीक अवस्था, जागिरे जीवन, रुचि, स्वभाव, आर्थिक स्थिति, अविस्मरणीय घटनाहरू, प्रथम रचना र प्रकाशित कृतिहरू र निष्कर्ष उपशीर्षकमा रहेका छन् भने यसै शीर्षकमा व्यक्तित्वका महत्वपूर्ण पक्षहरू उपशीर्षकमा वाह्य व्यक्तित्व, आन्तरिक व्यक्तित्व, सामाजिक व्यक्तित्व, कवि व्यक्तित्व, साहित्यिक व्यक्तित्व, सामाजिक खण्डकाव्यकार व्यक्तित्व, धार्मिक सांस्कृतिक व्यक्तित्व र निष्कर्ष राखिएको छ । तेस्रो अध्यायमा कविताको सैद्धान्तिक परिचय मूल शीर्षक अन्तर्गत नेपाली कविताको सैद्धान्तिक परिचय, कविताको परिभाषा, कविताका तत्वहरू, नेपाली कविताको विकासक्रममा प्राथमिक काल, माध्यमिक काल र आधुनिक कालको बारेमा सामान्य रूपमा व्याख्या विश्लेषण गर्ने प्रयास भएको छ । प्रत्येक उपशीर्षकमा कविताको परिभाषा, काव्यअवयव, विकासक्रमलाई छुट्टाछुट्टै रूपमा समेत सामान्य चिनारी दिइएको छ । चौथो अध्यायमा ‘जीवनहरि शर्माको काव्य यात्रा र कृतिहरूको अध्ययन’ मूल शीर्षकको रूपमा आएको छ । शर्माको काव्य यात्रा अन्तर्गत पहिलो काव्य कृति तिलक प्रथा सामाजिक खण्डकाव्य (२०६७), दोस्रो काव्य कृति टिष्टाको सन्देश समाजिक काव्य (२०६८) र तेस्रो काव्य कृति अधम कविता संग्रह (२०७२) को सामान्य अध्ययन र विश्लेषण गरिएको छ । यसैगरी शोधपत्रको अन्तिम तथा पाँचौं अध्यायमा मूल शीर्षक उपसंहार राखिएको छ । यस अन्तर्गत कवि जीवनहरि शर्माको समग्र अध्ययन र मूल्याङ्कन गर्नुका साथै भावी कार्य योजनाको सम्भावना जस्ता विषयलाई सामान्य रूपमा चर्चा परिचर्चा गरिएको छ । साथै शोध पत्रको समापन खण्डमा सन्दर्भग्रन्थ सूची र परिशिष्टलाई समावेश गरी शोधपत्रको समापन गरिएको छ ।

Description

Citation

Collections