प्रगतिवादी नेपाली कवितामा नारीवादी चेतना

Abstract

प्रस्तुत शोधकार्यको मूल विषयक्षेत्र प्रगतिवादी नेपाली कविताहरूमा अभिव्यक्त नारीवादी चेतनासँग सम्बद्ध रहेको छ । नारीचेतनायुक्त प्रगतिवादी कविताको आरम्भ गोकुलपसाद जोशीको ‘नयाँ ज्योति’ (२०१२) बाट भएको हो । त्यस यता प्रगतिवादी कविता निरन्तर विकसित हुँदै समृद्धसमेत बन्दै गएको छ । माक्र्सवाद जीवनजगतलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिले हेर्ने र निम्नवर्गीय मुक्तिको कामना गर्ने दर्शन र विचारधारा हो भने माक्र्सवादी नारीवाद नारीअधिकार र नारीमुक्तिको विचारधारा हो । यी दुवै दर्शनले समाजमा नारी र पुरुषबिच भएका विभेद प्राकृतिक कारणहरूमा आधारित नभएर सामाजिक कारणहरूद्वारा निर्धारित छन भन्ने मान्यता राख्दछन । यी दुवैले वर्गीय संरचनायुक्त सामन्तवादी र पुँजीवादी उत्पादनव्यवस्था पितृसत्तात्मक व्यवस्था हुन भन्ने धारणा राख्दछन र सामाजिक न्यायका लागि सङघष गर्दछन । नेपाली प्रगतिवादी कविताका सम्बन्धमा भएका पूर्ववर्ती अध्ययनमा अन्य कोणबाट विश्लेषण भए पनि माक्र्सवादी नारीचेतना र माक्र्सवादी नारीवादी चेतनाका कोणबाट विशिष्ट अध्ययनको भने अभाव रहेको छ । यस रिक्ततालाई पुरा गर्न प्रस्तुत शोधमा विश्लेष्य कविताहरूमा अभिव्यक्त नारीचेतनाको अध्ययन गर्ने कामलाई मुख्य शोधसमस्याका रूपमा ग्रहण गरिएको छ र तिनमा नारीउत्पीडनको स्वरूप कसरी प्रस्तुत भएको छ र नारीमुक्तिका सम्बन्धमा कस्तो दृष्टिकोण प्रस्तुत भएको छ भन्ने जिज्ञासाको समाधान गरिएको छ । प्रस्तुत अध्ययनका निमित्त निर्धारित समय (२०१२ देखि २०७९) मा प्रकाशित प्रगतिवादी कवितामध्ये सोद्देश्य नमुना छनोटका आधारमा चयन गरिएका एक सय जना कविका एक सय पैँतिस ओटा कविताको विश्लेषण गरिएको छ । यो अध्ययन प्रगतिवादी कवितामा अभिव्यक्त सामन्तवादी र पुँजीवादी समाजको आर्थिक नारीउत्पीडन, सांस्कृतिक नारीउत्पीडन, सामाजिक नारीउत्पीडनको कारण र परिणतिको विश्लेषणका साथै वर्गीय समाजको नारीनारी र नारीपुरुष अन्तर्सम्बन्ध र दृष्टिकोण अनि नारीमुक्तिको चेतनाका विश्लेषणमा केन्द्रित छ । यसका लागि माक्र्सवादी चिन्तकहरू फ्रेडरिक एङगेल्स, क्लारा जेटकिनलगायतका श्रमविभाजन, पितृसत्ता, नारीशोषण र नारीमुक्तिसम्बन्धी अवधारणाका साथै माक्र्सवादी नारीवादी चिन्तकहरू म्यागडग, ह्यारिसन, मारिया माइस, मारिया रोजा डाला कोस्टा, तिथि भटटाचार्यलगायतका श्रमशक्तिको शोषणसम्बन्धी सिद्धान्त, पितृसत्ता र उत्पादनस्वरूपको सम्बन्धसम्बन्धी चिन्तन र सामाजिक पुनरुत्पादन सिद्धान्तलाई कविताविश्लेषणको प्रमुख आधारका रूपमा उपयोग गरिएको छ । प्रजातन्त्रको स्थापनापछि (२००७ पछि) को नेपाली समाज सामन्तवादी र पुँजीवादी व्यवस्थामा आधारित रहेको र यिनीहरू नारीउत्पीडनकारी पितृसत्तात्मक व्यवस्था रहको तथ्यलाई

Description

Citation

Collections