बालविकास केन्द्रकाे व्यवस्थापन
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन विभाग
Abstract
यस शोध अध्ययनको शीर्षक बाल विकासको व्यवस्थापन रहेको छ, जसको प्रमुख उद्देश्य सामुदायिक विद्यालयका बाल विकास केन्द्रहरूको व्यवस्थापकीय अवस्थाको पहिचान गरि व्यवस्थापकीय क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरु समेत सुझ्याउनु यस अनुसन्धानको प्रमुख उद्देश्य हो । यस अनुसन्धानमा बाल विकास केन्द्रको भौतिक, आर्थिक र शैक्षिक अवस्थाको पहिचान गरि तःत् अवस्थाको व्यवस्थापनमा देखिएको समस्याहरुलाई पहिचान गर्ने र समाधानका लागि उपायहरु सुझ्याइएको छ ।
यस अध्ययनको लागि गुणात्मक र परिमाणात्मक ढाँचालाई आधार बनाइएको छ । यसका लागि मोरङ जिल्लाको बेलबारी नगरपालीका र केराबारी गा.वि.स अन्तर्गत ५ ओटा विद्यालयका बालबिकास केन्द्र र त्यसै बालबिकास केन्द्रका अध्ययनको जनसङ्ख्या तथा नमुना छनौटका लागि प्र.अ. अभिभावक, सहयोगी कार्यकर्ताहरुलाई सुविधाजनक तथा उद्देश्य मुलक बिधिको आधारमा छनौट गरिएको छ । यो अनुसन्धान कार्य सम्पन्न गर्न नमुना छनौट गरेका विद्यालयहरुका बालबिकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ता, विद्यालय प्र.अ., स्रोत व्याक्ति तथा स्थानिय अभिभावक बिच अन्र्तरवार्ता, प्रश्नावली, प्रत्यक्ष अवलोकन, अभिलेख अध्ययन तथा सर्वेक्षण फारम प्रयोग गरी तथ्याङ्क संकलन गरिएको छ ।
अध्ययनका लागि नमुना छनोटमा परेका पाँचवटै सामुदायिक विद्यालयमा सञ्चालित बालिविकास केन्द्रहरूमा बालबालिकाहरूको भर्नादर सन्तोषजनक देखिएपनि धैरै संख्यामा बालबालिकाहरू अनुपस्थित भइरहने समस्या रहेको छ । यस अर्थमा कार्यक्रमले बालबालिकाहरूलाई आकर्षित गर्न सकेको देखिदैन भने अभिभावकहरूमा जिम्मेवारी तथा दायित्वको कमी रहेको बुझिन्छ । सबै बालविकास केन्द्रहरूमा अधिकांश समय पढाइ र लेखाइ मै लगाउने र सबै पक्षको विकासमा खासै ध्यान नदिनुको कारण एकजना मात्र सहयोगी कार्यकर्ता हुनु, तालिम अवधि ज्यादै कम हुनु, बालबालिकाहरूको उमेर अन्तर हुनु, खेल मैदानको अभाव तथा नियमित अनुगमन र पृष्ठपोषण नहुनु आदि रहेको छ । प्राय सबै अभिभावकहरू ज्याला मजदुरी गर्नेहरू भएकोले नै बालबालिकाहरूको सर–सफाइ तथा उनीहरूको पठन–पाठनमा ध्यान दिन नसकेको हो । विद्यालयमा शिक्षक, पदाधिकारी तथा आयस्रोत राम्रो भएकाहरूका छोराछोरी नहुनुले कार्यक्रम पिछडिएका विपन्न वर्गका लागि मात्र हो कि भन्ने भान हुन्छ भने कार्यक्रमको बजेट निकै कम रहेको छ त्यसैले सबै सहयोगी कार्यकर्ताहरूको ज्यादै न्यून पारिश्रमिक, अपर्याप्त शैक्षिक सामाग्री, कमजोर भौतिक पूर्वाधार रहेको छ । न्यून सरकारी बजेट, कुनै नियमीत आम्दानीको स्रोत नभएको कारणले कार्यक्रम गुणस्तरयुक्त हुन नसकेको हो । विद्यालयहरूले वार्षिकरूपमा एकपटक केही शुल्क उठाए पनि उक्त रकम प्रायः शून्य छ । यसमा सरकारले नै पूर्ण स्वामित्वमा लिई आवश्यक अनुगमन गर्नुपर्ने देखिन्छ भने आम्दानीको वैकल्पिक स्रोत खोज्नुपर्ने देखिन्छ । विद्यालयले समुदाय र अभिभावक वर्गको उपस्थिति गराउन सकेको छैन र कार्यक्रमबारे समुदायको चासो शून्य प्रायः छ । प्रचार–प्रसारको अभाव हुनु, अभिभावक शिक्षा नदिइनु जस्ता कारणले अभिभावक एवम् समुदायस“ग सामुदायिक विद्यालयका बाल विकास केन्द्रको सम्वन्ध राम्रो नभएको हो । प्रारम्भिक बाल विकास कार्यक्रमको पाठ्यक्रम भएपनि सो अनुरूप पालना नहुदा कार्यक्रमको लक्ष्य एकातिर सिकाइ उपलब्धि अर्कैतिर भएको छ । यसमा अनुगमनकोे कमी, अभिभावकको बेवास्ता, सहयोगी कार्यकर्ताको असक्षमता आदि कारक तŒव हुन् । त्यस्तै सहयोगी कार्यकर्ताको तालिम ज्यादै छोटो अवधिको हुनु, पुनर्ताजगी तालिम नहुनु तथा सहयोगी कार्यकर्ताको योग्यता कमी हुनु, माथिल्लो योग्यता भएकाहरू पनि शिक्षाशास्त्र, मनोविज्ञानभन्दा भिन्नै विषय, विभिन्न तहका भएकोले शिक्षण विधि र मूल्याङ्कन विधिमा परम्परागत लेखाइ र पढाइ मात्र भएको हो भने कार्यक्रमको लागि बजेट अनि पाठ्यक्रमको व्यवस्था भएपनि प्रभावकारी व्यवस्थापनकै अभावमा कार्यक्रमले जनसमुदायलाई आकर्षित हुन सकेको छैन ।
बालबिकास केन्द्र सुधारका लागि तालिम पर्याप्त र प्रभावकारी बनाउनु पर्ने, आयस्रोत बढाउने बैकल्पिक मार्गहरु अवलम्बन गर्नुपर्ने, कार्यक्रमलाई आर्थिक र प्राविधिकरूपमा बलियो बनाउन सरकारले दायित्वमा लिनु पर्ने, समुदाय र दातृ निकायलाई आकर्शित गर्नुपर्ने र बालबिकास केन्द्रको बारेमा प्रचार–प्रसार गरि आर्कषित गर्नुपर्ने सुझाबका रुपमा रहेका छन् ।
