कार्यालय सञ्चालन तथा लेखा विषयको पाठ्यक्रम कार्यान्वयनको अवस्था

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Abstract

मा.वि. तहको ऐच्छिक विषयको रुपमा रहेको “कार्यालय सञ्चालन तथा लेखा विषयको पाठ्यक्रम कार्यान्वयनको अवस्था” शिर्षक अन्र्तगत मा.वि. तहको का.सं.ले. विषयको पाठ्यक्रमको कार्यान्वयनका अवस्थाको अध्ययन गर्नुु, उक्त विषयको शिक्षण सिकाइ क्रियाकलाप र शैक्षिक सामाग्रीको प्रयोगको अवस्था पत्ता लगाउनुको साथै समस्या पहिचान गरि समाधानका उपाय सुझाउने मूख्य उद्देश्य राखि गरिएको अनुसन्धान कार्यमा गुणात्मक तथा परिमाणात्मक दुबै ढाँचाको प्रयोग गरिएको छ । सुनसरी जिल्ला प्रकाशपुर श्रोतकेन्द्र अन्तर्गत सबै सामुदायिक तथा सस्थागत विद्यालयहरु मध्ये एउटा सामुदायिक र तिन वटा संस्थागत विद्यालयहरुमा मात्र यो विषय अध्यापन गराउने गरेको साथै छिमेकी श्रोतकेन्द्र अन्तर्गतको नजिकको विद्यालयहरुमा पनि उक्त विषय समावेश नगरेको पाइएकोले उक्त ४ वटा विद्यालयलाई उद्देश्यमुलक नमुना छनोट विधिको प्रयोग गरि नमुनाको आकार निर्धारण गरिएको छ ।जसमा ति विद्यालयका प्र.अ., विषय शिक्षक, दुइ दुइ जना कक्षा १० मा अध्ययनरत विद्यार्थि तथा श्रोत ब्यक्तिसँग अन्तरवार्ता, प्रश्नावली, अवलोकन फारम, दस्तावेज अध्ययन आदि साधनहरुको प्रयोग गरि तथ्याङ्क संकलन गरिएको छ । अध्ययनको क्रममा छनोटमा समावेश भएका विद्यालयहरु मध्ये अधिकाङ्स विषय शिक्षकहरुले का.स.ले. विषयको शिक्षकले विद्यालयबाट पाठ्यक्रम प्राप्त गरेको पाइयो । छनोटमा परेका विद्यालयका विषय शिक्षकसँग का.सं.ले. विषयको शिक्षक निर्देशिका नरहेको । उहाँहरुको भनाइअनुसार बजारमा उपलब्ध नभएको र माथिल्लो निकायबाट पनि प्रदान नगरेको गुनासो पाइयो । शैक्षणिक योजनाहरु मध्ये अधिकांश विषय शिक्षकहरुले दैनिक पाठ नोट कै भरमा अध्यापन गराउने गरेको पाइयो । प्रयोगात्मक कार्य अन्र्तगत गृहकार्य र समस्या समाधानमा जोड दिएको तर अध्ययन प्रतिवेदन तयारीलाइ बेवास्ता गरेको पाइयो । विद्यार्थी मुल्याङ्कण विधिहरु मध्ये सबै विद्यालयमा औपचारिक परीक्षाहरु पूर्वनिर्धारित योजना अनुसार सञ्चालन हुने गरेको तर अन्य विधिहरुको प्रयोग योजना बिहिन पाइयो । शिक्षण सिकाइ क्रियाकलाप अन्र्तगत पाठ्यपुस्तकको प्रयोगको सन्दर्भमा अधिकांश शिक्षकले पाठ्यपुस्तक विद्यार्थीबाट लिएर प्रयोग गरेको पाइयो । सन्दर्भ सामाग्रीको प्रयोग खासै नगरेको पाइयो । शैक्षिक सामाग्रीको प्रयोग गर्ने क्रममा कम मुल्य पर्ने तथा निशुल्क प्राप्त हुने सामाग्रीको उपयोग गरेको पाइयो । शिक्षण विधिको सन्दर्भमा ब्याख्यान,प्रश्नोत्तर जस्ता विधिको प्रयोग गरिए पनि प्रयोग विधि तथा सोधखोज विधि आदि विधिहरु प्रयोग हुन नसकेको पाइयो । कक्षाकोठाको ब्यवस्थापनमा ध्यान दिनु पर्ने देखियो भने शिक्षण क्रियाकलापमा विद्यार्थी सहभागिता ठिकै पाइयो । यस विषयको पाठ्यक्रम कार्यान्वयन प्रभाविकारी तरिकाले गर्नको लागि शिक्षकहरुलाई तालिम तथा गोष्ठीको आयोजना गर्नु जरुरी छ । विषय शिक्षकले शैक्षणिक योजना निर्माण गरि बिषयबस्तु सुहाउदो शिक्षण बिधिको प्रयोग गर्दै उपलब्ध हुन सक्ने स्थानिय श्रोतबाट प्राप्त शैक्षिक सामाग्रीको उपयोग गरि शिक्षण गर्नु अति आवश्यक देखिन्छ । बिद्यार्थीहरुलाई क्षेत्र भ्रमणको रुपमा विभिन्न सरकारी तथा गैरसरकारी र वित्तिय संस्थाहरुमा लगि अवलोकन गराएमा अझ ब्यवहारिक ज्ञान दिन सकिन्छ ।

Description

Citation