अपांङ्गता भएका बालबालिकाहरूको शिक्षाका लागि राज्यले गरेका प्रयासहरु{Apangata Bhayeka Balbalikaharuko Sikshyaka Lagi Rajyale Gareka Prayasharu}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
पाठयक्रम तथा मूल्याङ्कन विभाग
Abstract
प्रस्तुत अध्ययन अपाङगता भएका बालबालिकाहरुको शिक्षाको लागि राज्यले गरेको प्रयासहरु शिर्षक अन्तर्गत काठमाण्डौं जिल्ला जोरपाटी गा.वि.स. मा रहेका सामुदायिक विद्यालयहरु मध्ये खगेन्द्र नवजिवन विशेष शिक्षा मा.वि.लाई नमुनाको रुपमा लिइएको छ । जहाँ पूर्णतया अपाङ्गता भएका बालबालिकाहरु अध्ययन गर्दछन । प्रस्तुत अध्ययनले अपाङ्गता भएका बालबालिकाहरुलाई अपाङ्गमैत्री भौतिक संरचना नहुनाले शिक्षा प्राप्त गर्न कठिनाई हुने गरेको बताउँछ । यद्यपी अध्ययन गरिएको विद्यालय अपाङ्गमैत्री विद्यालय हो । यसैगरि यस विद्यालयमा विद्यार्थीहरुकालागि प्रयाप्त मात्रामा अपाङ्गमैत्री शैक्षिक सामाग्री प्रयाप्त नभएको, अपाङ्गता मैत्री धारा, शौचालय, खेलमैदान,प्र.अ.को कार्यकक्ष रहेको पाइयो । यसैगरि अपाङ्गता सम्बन्धि शैक्षिक नीति, नियमको अध्ययनबाट अझै प्रयाप्त मात्रामा शैक्षिक नीति नियम अपाङ्गता अनुकुल नरहेको पाईयो केबल शिक्षामा सरकारी विद्यालयहरुमा अपाङ्गहरुलाई निःशुल्क भनेपनि त्रिभुवन विश्व विद्यालयले प्रमाणपत्र तह हटाएपछि सो तहको अध्ययन अब उच्च मा.वि.मा हुनभयो तर उच्च मा.वि.ले अपाङ्गता भएका व्यक्तिहरुलाई अध्ययनमा हौसला प्रदान नगरेको देखियो । अन्तराष्ट्रियसन्धी, संझौतामा उल्लेखित प्रावधानहरु घरेलु कानुनमा समेटिन नसकेको देखिन्छ । जस्तो अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धी, २००६ मा नेपालले सन २००८ मा हस्ताक्षर गरेपनि यसका सब प्रावधानलाई व्यवहारमा लागु गर्न नसकेको देखिन्छ । विद्यालयहरुमा अपाङ्गमैत्री पाठ्य सामाग्रीहरुको उपलब्धता नहुने अपाङ्गता भएका बालबालिकाहरुले पढने विद्यालयमा यस्तो अवस्था छ भने अनेत्र कस्तो अवस्था होला सहजै अनुमान गर्न सकिन्छ ।
अतः समग्रमा यो अध्ययनले अपाङ्गता भएका बालबालिकाहरुको शिक्षामा राज्यले गरेका प्रयासहरु स्ररानिय हुँदाहुँदै पनि व्यवहारमा नीति अनुसारको कार्यान्वयन हुन सकेको देखिदैन । भौतिक संरचना बनाउदा अपाङ्गता अनुकुल बनाउने, अपाङ्गता भएका बालबालिकाहरुको लागि शिक्षा मात्र निःशुल्क भनेर मात्र हुँदैन त्यसका लागि प्रोत्साहन स्वरुप शैक्षिक छात्रबृद्धि, पुरस्कार लगायतका अन्य सुविधाहरु पनि उपलब्ध गराउनु पर्ने देखिन्छ ।
