डाँडागाउँ सामुदायिक वनले स्थानीय उपभोक्ताको आर्थिक तथा शैक्षिक क्षेत्रमा पुर्याएको योगदान : भरतपोखरी गा.वि.स. कास्की (Dandagaon community forest of local consumers contribution made in economic and educational sector: Bharatpokhri Village Kaski)
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
अर्थशास्त्र शिक्षा विभाग
Abstract
डाँडागाउँ सामुदायिक वनले स्थानयि उपभोक्ताको आर्थिक तथा शैक्षिक क्षेत्रमा पुर्याएको योगदान, भरतपोखरी कास्की शीर्षकको यो शोधपत्रको मुख्य उद्देश्य समितिको वार्षिक कुल आम्दानी र तिनका स्रोतहरु पत्ता लगाई त्यसमा पार्ने प्रभाव विश्लेषण गर्नु रहेको छ । त्यसका लागि सामुदायिक वन उपभोक्ता समिति भित्रका १०० जना सदस्यहरुलाई नमुनाको रुपमा छनोट गरियो । उक्त वनको वर्तमान कार्य समितिका पदाधिकारीहरु पनि प्राथमिक स्रोतको रुपमा अध्ययनमा समावेश गरिएको छ भने सहायक तथ्याङ्क संकलनका लागि प्रश्नावली, अन्र्तवार्ता, लक्षित समुह छलफल आदि विधिको प्रयोग गरिएको छ । संकलित तथ्यांकको विश्लेषणले उपभोक्ता समितिको वार्षिक आम्दानीबाट केही प्रतिशत रकम वन समितिले उपभोक्ताको सामाजिक, आर्थिक तथा शैक्षिक विकासमा खर्च गर्ने गरेको पाइएको छ । उक्त क्षेत्रमा गरेको खर्चले उपभोक्ताको जीवनस्तर उकास्नको लागि सहयोग गरेको पाईयो ।
यस अध्ययनले डाँडाँगाउँ सामुदायिक वनले उपभोक्ताको सामाजिक, आर्थिक तथा शैक्षिक विकासका पूर्वाधार निर्माणमा बाटो निर्माण, खानेपानी तथा मठ मन्दिरलाई सहयोग, छात्रवृत्ति कार्यक्रम, स्वास्थ्य क्षेत्रमा आर्थिक सहयोग, गरिवी निवारण कार्यक्रम सञ्चालन, विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग, सौचालय निर्माण सहयोग, गोबर ग्याँस निर्माण सहयोग, साथै सहुलियत दरमा काठ दाउरा उपलब्ध गराउँदै आएको छ । गरिवी न्युनिकरण कार्यक्रम अन्र्तगत विभिन्न सिपमूलक तालिम, लघुउद्यम व्यवस्थापन, सामुहिक खेती अनुदान, बाख्रा तथा कुखुरा पालन अनुदान जस्ता विविध अनुदान कार्यक्रम सञ्चालन गरेको छ । यति मात्र नभइ यस उपभोक्ता समितिले विभिन्न विद्यालयहरुमा आर्थिक तथा भौतिक सहयोग पनि गर्दै आएको छ । यि विभिन्न कार्यक्रमबाट उपभोक्ताहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन्, जसले उपभोक्ताको जीवनशैलीमा सकारात्मक प्रभाव पारेको देखिन्छ । सामुदायिक वन निर्देशिका, २०६५ ले निर्दिष्ट गरे वमोजिम सामुदायिक वनहरुले आय आर्जन गरेको आम्दानीको ३५ प्रतिशत रकम गरिवी न्युनीकरण खर्च शीर्षक अन्र्तगत खर्च गर्नु पर्ने प्रावधान भएपनि यस सामुदायिक वनको चालु आ.व.२०७१÷०७२ मा यस शीर्षक अन्र्तगत न्यून रकम विनियोजन गरेको पाइयो । आगामी वर्षहरुमा उक्त शीर्षकमा उक्त खर्च वृद्धि गर्नु पर्ने देखिन्छ । आम्दानीको स्रोतमा वृद्धि गरी बढ्दो जनसंख्या वृद्धि र उपभोक्ताको मागलाई मध्यनजर गर्दै सामाजिक, आर्थिक, तथा शैक्षिक विकासमा लगानी बढाउँदै जानुपर्ने देखिन्छ ।
