चितवन जिल्लाका कक्षा सातमा अध्ययनरत थारूमातृभाषी विद्यार्थीहरूको पठनबोध क्षमताकाे अध्ययन

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

नेपाली भाषा शिक्षा सङ्काय

Abstract

प्रस्तुत शोधकार्य चितवन जिल्लाका मेघौली क्षेत्रअन्तर्गतका कक्षा सातमाअध्ययनरत थारू मातृभाषी विद्यार्थीहरूलाई समटिएको छ । जसमा विद्यार्थीहरूको पठनबोधक्षमता पहिल्याउने उद्देश्य राखिएको छ । कक्षा सातमा अध्ययनरत थारू विद्यार्थीहरूकालिङ्गगत र विद्यालय पकृतिका आधारमा पठनबोध क्षमताको स्थिति क–कस्तो छ ।पहिल्याउनु यस सोधको दोस्रो उद्देश्य हो । उक्त उद्देश्यअन्तर्गत विद्यार्थीहरूको क–कस्ताकमी–कमजोरीहरू रहेका छन । त्यो पत्ता लगाउनु न यस शोधको उद्देश्य हो । यस ‘कक्षा सातमा अध्ययनरत थारूमातृभाषी विद्याथीहरूको पठनबोध क्षमताकाअध्ययन’ शीर्षकमा तयार पारिएको शोधपत्रमा सामग्री सङ्कलनका क्रममा अनुसन्धानकार्यलाई व्यवस्थित र भरपर्दो बनाउनका लागि प्रतिनिधिका रूपमा मेघौली क्षेत्रमा रहेकापाँच वटा सामुदायिक रपाँच वटा संस्थागत विद्यालयका दस÷दस जनाका दरले सय जनाविद्यार्थीहरूलाई प्रतिनिधि नमुनाका रूपमा छनोट गरिएको छ । यसमा विद्यालयको प्रकति रलैङगिकताका आधारमा विद्यार्थीहरूको छनोट गरिएको छ । सूचना सङकलन पक्रियाअन्तर्गतपठनबोध क्षमताको अध्ययनको लागि प्रश्नावली निर्माण गरी त्यो प्रश्नावली छनोटमा परेकाविद्यार्थीहरू सामु लगेर आवश्यक सूचना सङकलन गरिएको छ । समग्र विद्यार्थीहरूको पठनबोध क्षमताको प्रतिशत गणना गर्दा बहुसङख्यकविद्यार्थीको पठनबोध क्षमता ८० प्रतिशतभन्दा माथि देखिएको र अल्पसङख्यक विद्यार्थीकापठनबोध क्षमता ५० प्रतिशतभन्दा माथि दखिएकाल विद्यार्थीहरूको पठनबोध क्षमता उच्चकिसिमको बढी सङख्यामा भएकाले समग्र विद्याथीहरूको पठनबोध क्षमता राम्रा रहेकादेखिन्छ । निष्कर्षमा भन्नुपर्दा समग्र छात्र र छात्राका तुलनामा छात्रको पठनबोध क्षमता बढीदेखिन्छ भने छात्राको पठनबोध क्षमता कमजोर रहेको पाईयो । संस्थागत विद्यालयकातुलनामा सामुदायिक विद्यालयको पठनबोध क्षमता राम्रो रहेको देखिन्छ ।

Description

Citation