महिला सशक्तिकरणले उनीहरुको सामाजिक, आर्थिक तथा शैक्षिक विकासमा पुर्याएको योगदान (कोशि हरैचा नगरपालिका, मोरङ्ग) ( Mahila sasktikaranle uniharuko samajik, arthik tatha saikshik bikashma puryayeko yogdan (koshi haraicha nagarpalika Morang)
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
अर्थशास्त्र शिक्षा विभाग
Abstract
यो अध्ययन मोरङ्ग जिल्ला कोशि–हरैँचा नगरपालिका वडा नं. ४ मा बसोबास गर्ने विवाहित महिलाहरुसँग सम्बन्धित छ । यस अध्ययन “महिला सशक्तिकरणले उनीहरुको सामाजिक, आर्थिक तथा शैक्षिक विकासमा पुर्याएको योगदानमा महिलाहरुको सामाजिक, शैक्षिक, आर्थिक अवस्था तथा महिला सशक्तिकरणले महिलाहरुको शैक्षिक विकासमा पुर्याएकाे योगदान बारेमा विस्तृत जानकारी दिएको छ ।
यस अध्ययनका उद्देश्यहरु महिला सशक्तिकरणले उनिहरुको सामाजिक, आर्थिक तथा शैक्षिक विकासमा पुर्याएको योगदानको विश्लेषण गर्नु पारिवारिक निर्णय प्रक्रियामा महिलाहरुको भुमिका पत्ता लगाउनु रहेको छ । यो अध्ययन प्राथमिक र सहायक तथ्याङ्कमा आधारित छ । प्राथमिक तथ्याङ्क सङ्कलनका लागि प्रश्नावली, अन्र्तवार्ता र अवलोकन छलफल प्रकृया अपनाइएको छ भने द्वितिय तथ्याङ्क अन्तर्गत विभिन्न पुस्तक पत्रपत्रिका, लेख रचना, अभिलेख आदिको प्रयोग गरिएको छ । अध्ययन क्षेत्रका कुल १२९९ घरधुरि मध्ये १५० घरधुरिमा बसोबास गर्ने १८–६० वर्ष उमेरका २०० विवाहित महिलाहरुलाई उद्देश्यमुलक नमुना छनोट विधिको आधारमा व्यवस्थित छनोट विधिलाई लिएको छ । तथ्याङ्कलाई प्रतिशत, तालिका, वृत्तचित्र र स्तम्भचित्रमा प्रस्तुत गरिएको छ ।
यस अध्ययन क्षेत्रका सबैभन्दा बढी जनसङ्ख्या ४१.५ प्रतिशतले कृषि पेशा अंगालेको पाइयो त्यस्तै वैदेशिक रोजगारमा सबैभन्दा कम ४ प्रतिशत जनसङ्ख्या संलग्न रहेको पाइयो । त्यसैगरी अध्ययन क्षेत्रमा विभिन्न जातजातिको मानिसहरुको बसोबास भए तापनि ब्राह्मण;क्षेत्रीको संख्या बढी पाइयो । त्यस्तै थारु, मगर, तेली, दमाई, राजवंशी, नेवार, लिम्बु, राई, झागड आदि जातिका मानिसहरुको पनि बसोबास रहेको पाइयो । अध्ययन क्षेत्रमा छोरा र छोरी प्रतिको धारणामा ४० प्रतिशत महिलाहरुले बुढेसकालको साहारा चाहिने हुनाले छोरा नभई नहुने धारणा राखेको पाइयो भने २५ प्रतिशतले छोरी मात्र हुँदा पनि हुन्छ, छोरा र छोरी समान छन् भन्ने धारणा राखेको पाइयो । त्यस्तै गरी ३५ प्रतिशत महिलाहरुले छोरा र छोरी दुवैको चाहनाको समान महत्व दिएको पाइयो ।
यस अध्ययन क्षेत्रमा रहेका महिलाहरुको धार्मिक विविधतालाई हेर्दा हिन्दु धर्म मान्ने ८४ प्रतिशत, बौद्ध धर्म मान्ने १०.५ प्रतिशत, इसाई धर्म मान्ने ३.५ प्रतिशत र अन्य धर्म मान्ने २ प्रतिशत महिलाहरु रहेको पाइयो । पारिवारिक समस्यामा लिइने निर्णयमा छोराछोरीको विवाह गर्ने निर्णयमा ३९.५ प्रतिशतले निर्णय गर्ने, १५.५ प्रतिशत महिलाले निर्णय नगर्ने र महिला, पुरुष दुवैको सल्लाहबाट निर्णय गर्ने ४५ प्रतिशत रहेको पाइयो भने जग्गा किनबेचमा निर्णय गर्ने २५.५ प्रतिशत, कुनै पनि निर्णय नगर्ने २३ प्रतिशत र दुवैको सल्लाहबाट ५१.५ प्रतिशत रहेको पाइयो । त्यस्तै ऋण लिने दिने सम्बन्धी निर्णय गर्नेमा २०.५ प्रतिशत, निर्णय नगर्नेमा ४९ प्रतिशत र दुवैको सल्लाहबाट ऋण लिने दिनेमा ३०.५ प्रतिशत रहेको पाइयो । त्यस्तै छोराछोरी कहाँ पढाउने भने बारेमा निर्णय गर्ने ४१ प्रतिशत, नगर्ने १९.५ प्रतिशत र दुवैको सल्लाहबाट निर्णय गर्ने ३९.५ प्रतिशत रहेको पाइयो । यस अध्ययन क्षेत्रका नमुना छनोटमा परेका महिलाहरुको व्यक्तिगत स्रोतगत आम्दानी कृषिबाट रु. २४९३३००० नोकरीबाट रु. ७३९२००० व्यापारबाट रु. १८२४०००० ज्यालामजदुरीबाट रु. ७०५६००० र वैदेशिक रोजगारीबाट रु. ४८००००० गरी कुल स्रोतगत वार्षिक आम्दानी ६,२४,२१००० रहेको पाइयो ।
यस अध्ययनको निष्कर्ष अनुसार अध्ययन क्षेत्रमा महिलाको अवस्थामा सुधार आउने क्रम जारि रहेको देखिन्छ । महिलाहरु विस्तारै सशक्त हुँदैछन् । समग्रमा महिलाहरु पछाडि पर्नुको कारण देश विकासको मूल प्रवाहमा उनीहरुलाई पूर्णरुपले सहभागी नगराउनु र साथै उनीहरुले गरेको कामको उचित मूल्याङ्कन नहुनु नै हो ।
सशक्तिकरणको भावना अनुरुप महिलाहरु सशक्त भएनन् भने त्यसले उनीहरुको सामाजिक, आर्थिक तथा शैक्षिक विकासमा पु¥याएको योगदान प्रति शंकासम्म गर्ने ठाउँ छैन र महिला विकास तथा सशक्तिकरण सन्दर्भमा विभिन्न प्रकारका कानुनी व्यवस्था भए पनि कार्यान्वयन पक्ष फितलो देखिएको छ । तसर्थ कार्यान्वयन पक्षमा बढी जोड दिनुपर्ने आवश्यकता देखिन्छ ।
