काठमाडाै‌ टेबहालस्थित राजर्कीति महाविहार परिसरकाे साँस्कृतिक अध्ययन

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Abstract

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत नेपाली इतिहास, संस्कति तथा पुरातत्व केन्द्रीय विभागबाट स्नातकोत्तर उपाधि प्राप्तिका लागि तयार पारिएको यो शोधपत्रको शीर्षक “काठमाडौँ टेबहालस्थित राजकीर्ति महाविहार परिसरको सांस्कृतिक अध्ययन” हा । यस शोधकार्यमा राजकीर्ति महाविहार परिसरको ऐतिहासिकता, मूर्त सांस्कृतिक सम्पदा अन्तर्गत वास्तुकला, मूर्तिका प्रतिमालक्षण, अमूर्त सांस्कृतिक सम्पदामा नित्य पूजा, नैमित्तिक पूजा, जात्रा पर्वहरु र राजकीर्ति महाविहार परिसरमा रहेका सांस्कृतिक सम्पदाको मूर्त तथा अमूर्त संस्कृतिमा आएको परिवर्तनको बारेमा अध्ययन गरिएको छ । राजकीर्ति महाविहार परिसरमा रहेका मूर्त सांस्कृतिक सम्पदालाई विधानका आधारमा मूर्तिकला, वास्तुकला र यस परिसर भित्र रहेका अमूर्त संस्कति अन्तर्गतका नित्य पूजा, नैमित्तिक पूजा, जात्रापर्व र सांस्कृतिक सम्पदामा आएका परिवर्तनहरुको बारेमा विस्तृत रुपमा अध्ययन नभएको हुँदा समस्या पहिचान गरी यसको उत्तर खोजी गरिएको छ । मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा लिच्छविकालदेखि कै रहेका छन । राजकीर्ति महाविहार परिसरमा रहेका राजकीर्ति महाविहार, बन्धुदत्त विहार र सङकटा मन्दिर लिच्छविकालमै स्थापना भएको प्रमाण फेला परेको छ । यस परिसरमा पाँचौ÷छैठौँ शताब्दीका लिच्छविकालीन चैत्यमा गवाक्ष खाली भएका पाइएका छन । लिच्छविकालदेखि हाल सम्म यस महाविहारको नाम बन्धुदत्त विहार, त्रिरत्न विहार, तेदो विहार, राजकीर्ति महाविहार रहेको अभिलेखीय प्रमाणले स्पष्ट पारेका छन । राजकीर्ति महाविहार परिसरमा हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुले आस्था, विश्वास र पूजा गर्ने मन्दिर, विहार, चैत्य, मूर्तिहरु रहेका छन । उक्त मूर्त सम्पदा सँग जोडिएका अमूर्त संस्कृतिहरु रहेका छन । नित्य पूजा, नैमित्तिक पूजा, बुसाध , सङकटाको १२ वर्षे जात्रा, भद्रकालीमा खडगजात्रा, भद्रकाली नृत्य आदि अमूर्त संस्कृतिले यस परिसरलाई जीवन्त पारिरहेको छ । यो शोधपत्र प्राथमिक र द्वितीयक स्रोतमा आधारित रहेको छ । यस शोधपत्रमा गुणात्मक प्रकृतिका तथ्याङकहरू सङकलन तथा विश्लेषण गरिएका छन । राजकीर्ति महाविहार परिसर एक महत्वपूर्ण धार्मिक स्थल हो । एउटै परिसरभित्र हिन्दू तथा बौद्ध देवीदेवताहरु रहनु र पूजा गर्नुले पनि धार्मिक सहिष्णुताको अन्योन्याश्रित सम्बन्धलाई देखाएको छ ।

Description

Citation