विद्यालय सुपरिवेक्षणको प्रभावकारिता (Bidhyalaya suparikshyanko prabhavkarita)
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
सुकुना बहुमुखी क्याम्पस, शैक्षिक योजना तथा व्यवस्थापन विभाग, इन्द्रपुर, मोरङ
Abstract
“विद्यालय सुपरिवेक्षणको प्रभावकारिता” शीर्षक अन्तरगत गरिएको यस शोधकार्यको मुख्य उद्देश्य सामुदायिक विद्यालयहरुमा विद्यालय सुपरिवेक्षणको कार्यान्वयन पक्षको विश्लेषण गर्नु रहेको छ । यस अनुसन्धान कार्यमा परिमाणात्मक र गुणात्मक दुवै किसिमका विधिको प्रयोग गरिएको छ । तथ्याङ्क संकलनको लागि प्रश्नावली, स्थलगत अध्ययन अवलोकन फारम र अन्तरवार्ता जस्ता साधनको प्रयोग गरिएको छ । जनसंख्या छनौटका लागि १२ वटा सामुदायिक विद्यालयका १२ जना प्र.अ., २४ जना शिक्षक, १२ जना वि.व्य.स. अध्यक्ष, श्रोतब्यक्ति, वि.नि. र जि.शि.अ. गरि जम्मा ५१ जनालाई प्रयोग गरिएको छ । स्रोतकेन्द्रका २२ वटा विद्यालय मध्ये १२ वटा विद्यालय छनौट गरिएकाले नमूनाको आकार ५४.५४% निर्धारित गरिएको छ । तथ्याङ्कको श्रोतको रुपमा प्राथमिक र द्वितीय दुवै श्रोत प्रयोग गरिएका छन् । तथ्याङ्कलाई तालिका, स्तम्भ चित्र, वृत्त चित्रमा प्रस्तुत गरी प्रतिशत, औसत तथा सह–सम्बन्ध जस्ता मानहरु प्रयोग गरी व्याख्या र विश्लेषण गरिएको छ ।
सुपरिवेक्षणको वर्तमान अवस्थाको पहिचान गर्न स्थलगत अध्ययन अवलोकन फारमको माध्यमबाट विद्यालयका भौतिक अवस्थाको पहिचान गरिएको छ भने विद्यार्थी विवरण बाट विद्यार्थी चापको विश्लेषण गरिएको छ । यसैगरी विद्यालयको विद्यार्थी संख्या र शिक्षक दरबन्दी संख्याबाट शिक्षक विद्यार्थी अनुपातलाई विश्लेषण गरिएको छ । विद्यालयको निरीक्षक पुस्तिकामा उल्लेख भए अनुसार विद्यालय सुपरिवेक्षणसँग सम्वन्धित सरोकारवालाहरुले वर्षभरीमा विद्यालय निरीक्षण गरिएको पटकको गणना गरिएको छ । प्रश्नावलीहरुको माध्यमबाट विद्यालय सुपरिवेक्षणको वर्तमान अवस्था पहिचान गर्न जि.शि.अ.,वि.नि, श्रोतव्यक्ति, वि.व्य.स. पदाधिकारीहरु, प्र.अ. र शिक्षकहरुको प्रतिक्रियाको विश्लेषण गरिएको छ । विद्यालय सुपरिवेक्षणको प्रभावकारिता अध्ययनको सिलसिलामा शिक्षक र प्र.अ.को सह–सम्बन्धको गुणाङ्क गणना गरिएको छ भने सुपरिवेक्षणले शिक्षण सिकाइमा पारेको प्रभावको अध्ययन गर्न परीक्षाको नतीजालाई प्रभावकारी सुपरिवेक्षण सँग तुलना गरिएको छ ।
