काेभिड - १९ ले मजदुरवर्गकाे स्वास्थ्यमा पारेकाे असर (The impact of covid-19 on the health of the working class)
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
स्वास्थ्य शिक्षा विभाग
Abstract
त्रिभुवन विश्वविद्यालय स्वास्थ्य शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह दोस्रो वर्षको स्वास्थ्य तथा जनसङ्ख्या शिक्षाको आंशिक आवश्यकता पूरा गर्न यो शोधपत्र तयार गरिएको छ । यस अध्ययनको लागि इटहरी उमहानगरपालिका वडा नं. ४ श्रमिक टोलमा बसोबास गर्ने श्रमिकहरुको कोभिड १९ ले मजदुर वर्गको स्वास्थ्यमा पारेको प्रभाव शीर्षक छनोट गरिएको छ ।
यो अनुसन्धान मुख्यतया तीनओटा उद्देश्यहरूमा श्रमिक टोलमा बसोबास गर्ने मजदुर वर्गको स्वास्थ्य अवस्था पत्ता लगाउनु, कोभिड १९ सम्बन्धी मजदुर वर्गको ज्ञान, धारणा र व्यवहार पत्ता लगाउनु र मजदुर वर्गको स्वास्थ्यमा पर्न सक्ने असर पत्ता लगाउनु रहेको छ । वर्णानात्मक विधि अपनाइएको यस शोधमा विश्लेषणात्मक रूपमा शोध लेखनलाई अगाडि बढाइएको छ भने अन्तर्वार्ता सूचीको माध्यमबाट प्राथमिक तथ्याङ्क सङ्कलन गरिएको छ ।
तथ्याङ्क सङ्कलन गर्ने क्रममा प्रश्नावली निर्माण गरेर पूर्व परीक्षण गरी शोध निर्देशक कहाँ प्रश्नावलीमा रहेका कमी कमजोरीहरू हटाउने कार्य गरिएको छ । अपनाई ५६ घरमा बसोबास गर्ने ३६० जना श्रमिकहरूको अध्ययनलाई नमुना जनसङ्ख्याको रूपमा समेटेकोे छ । एगचउयकष्खभ क्बmउष्लिन उद्देश्यपूर्ण विधि नमुना अपनाई आवश्यक तथ्याङ्क संकलन गरिएको छ । अध्ययन क्षेत्रमा कोभिड १९ सँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गरी सम्पूर्ण घर परिवारका सदस्यहरूलाई जानकारी दिई सचेत गराई व्यवहारमा लागु गर्न सक्ने बनाउनुपर्ने देखिन्छ ।
