बालविकास केन्द्रको भौतिक अवस्थाले कक्षा कोठा व्यवस्थापनमा पारेको प्रभाव {Classroom due to the physical condition of the child development center Impact on management}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शिक्षा शास्त्र संकाय, शैक्षिक योजना तथा व्यवस्थापन

Abstract

समूदाय र विद्यालयमा आधारित भई संचालन गरिएका “बालविकास केन्द्रको भौतिक अवस्थाले कक्षाकोठा व्यवस्थापनमा पारेको प्रभाव” शीर्षकमा गरिएको यस अध्ययनको मुख्य उद्देश्य भौतिक अवस्थाले कक्षा कोठा व्यवस्थापनमा पारेको प्रभावको लेखा जोखा गर्नु रहेको छ । यस अध्ययनका लागि सहयोगी शिक्षिकाहरु, अभिभावकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्यूहरु तथा प्र.अ. ज्यूहरुका लागि प्रश्नावली मार्फत तथ्यांक संकलन गरिएको छ । यसका साथै विभिन्न प्रतिवेदन, शोधपत्र पुस्तक, पत्रिका, लेखरचना र अभिलेखहरुको अध्ययनबाट सहायक सूचनालाई गुणात्मक परिमाणात्मक एवम् वर्णानात्मक विधि अपनाई विश्लेषण गरिएको छ । शोध अध्ययनमा उर्लाबारी स्रोत केन्द्र नं. ८ अन्तर्गतका उर्लाबारी, मधुमल्ला र राजघाट गाविस भित्रका हरेक गाविस वाट ४–४ वटा पर्ने गरी १२ वटा बालविकास केन्द्र जनसंख्याको रुपमा रहको छ । जसमध्ये प्रत्येक गाविस वटा २÷२ वटा समूदायमा आधारित र २÷२ वटा विद्यालयमा आधारित बालविकास केन्द्रलाई नमूनाको आधारको रुपमा लिइएको छ । तथ्यांक संकलन गर्नका लागि कक्षाकोठा अवलोकन फाराम, प्रश्नावली र अन्तर्वाता सूचिलाई प्राथमिकस्रोत र विभिन्न शोधपत्र, जर्नल प्रतिवेदनहरु निर्देशिका, पाठ्यक्रम बालविकास केन्द्रको अभिलेखलाई दितीय स्रोतको रुपमा राखिएको छ । प्रस्तुत शोध अध्ययनका क्रममा स्थलगत अवलोकन गरी प्राप्त नतीजाहरुलाई समेट्ने प्रयास गरिएको छ । परिमाणात्मक तथ्यांकहरुलाई प्रतिशत, ग्राफ र वृत्तचित्रमा प्रस्तुत गरिएको छ भने गुणात्मक तथ्यांकहरुलाई तार्किक व्याख्या विश्लेषण र विवेचनागरी प्रस्ुतत गरिएको छ । यस अध्ययनले बालविकास केन्द्रहरुको भौतिक अवस्था राम्ररी पहिचान गर्ने अवसर प्रदान गरेको छ । समूदायमा आधारित वालविकास केन्द्रहरुको भवनको संरचना सामान्य रहेता पनि आवश्यक खेलकुदका सामग्रीहरुले पर्याप्त रहेको पाइयो भने विद्यालयमा आधारित बालविकास केन्द्रको भवनको संरचना राम्रो रहेता पनि अन्य सवै पक्षहरु भने कमजोर रहेको देखिन्छ । विद्यालयमा सञ्चालन भएका वालविकास केन्द्रका प्र.अ. तथा व्यवस्थापन समितिले समय दिन नसकि केन्द्रमा राम्रो विचार नपु¥याएको पाइन्छ भने समूदायका मानिसहरु केन्द्रप्रति अग्रसर भई उन्नती र प्रगतिमा लागि परेको पाइएको छ । विद्यालयमा सञ्चालित वालविकास केन्द्रहरुमा विशेष गरी बालबालिकाहरुका लागि वस्नका लागि फर्निचरको व्यवस्था गरेको देखिन्छ तर ती फर्निचरहरु सवै बालबालिकाहरु बस्नको लागि उपयुक्त किसिमका छैनन । समूदायबाट संचालित केन्द्रको वसाई व्यवस्थापन गुन्द्री, पिरा, चकटीको प्रयोग गरी व्यवस्थित गर्न खोजिएको देखिन्छ । समग्रमा भन्नु पर्दा समूदायद्वारा सञ्चालित बालविकास केन्द्रहरुको भौतिक संरचनामा विद्यालयमा आधारित केन्द्रहरुको तुलनामा कमी रहेता पनि बालवालिकाहरुको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक पक्षमा सहयोग पु¥याउने खालका पक्षमा अगाडी रहेको पाइएको छ । यसका साथै समूदायका अभिभावकहरु पनि संचेत रहेको देखिन्छ । बालविकास केन्द्रको भौतिक अवस्थालाई मजबुत तथा आकर्षक बनाउन सके शिक्षण सिकाई प्रभावकारी हुने बालबालिकाहरु आकर्षित भई पढ्न आउने र कक्षाकोठा व्यवस्थापनमा समेत सरल हुने कुरामा नकार्न सकिन । तर यसका लागि केन्द्रका सम्बन्धित पक्षहरु सवै जागरुक हुन अनिवार्य छ । सम्बन्धित पक्षलाई जागरुक बनाउनका लागि केन्द्र सञ्चालन गर्ने दातृ निकायहरुले सहयोगी कार्यकर्ताहरुलाई पूर्ण तालिमको व्यवस्था साथै उनीहरुलाई उचित पारिश्रमिकको व्यवस्था गर्नु सान्दर्भिक देखिन्छ । तसर्थ बालविकास कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउन सामाजिक जनचेतना जगाई सहयोगी कार्यकर्ता, व्यवस्थापन समिति, अभिभावक, समुदाय, राजनैतिक कार्यकताहरु, सरकारी तथा गैह्र सरकारी संस्थाहरु समेतले यसलाई शिक्षाको आधारभूत पक्षको रुपमा स्वीकार गरी आआफ्नो दायित्वलाई फराकिलो बनाउनु र कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन र विस्तार गर्न सके अझ बढी श्रेयस्कर हुने देखिन्छ ।

Description

Citation