दाङ जिल्लाका कक्षा पांचमा अध्ययनरत थारूभाषी विद्यार्थीहरुले स्तरीय नेपाली उच्चारणमा गर्ने त्रुटिका अध्ययन{Study of errors in standard Nepali pronunciation by Tharu speaking students studying in class five of Dang district}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली भाषा शिक्षा विभाग
Abstract
प्रस्तुत शोधपत्र त्रिभुवन विश्व विदयालय, शिक्षाशास्त्र केन्द्रीय विभाग, नेपाली भाषाशिक्षा विषय स्नातकोत्तर तह एम.एड. चौथो सेमेस्टरको पाठयांश नेपा.शि. ५४४काआवश्यकता परिपूर्तिका लागि तयार पारिएको हो ।
प्रस्तुत शोध दाङ जिल्लाका कक्षा पाँचमा अध्ययनरत थारूभाषी विदयार्थीहरुलस्तरीय नेपाली भाषाको उच्चारणमा गर्ने त्रुटिहरुको अध्ययन शीर्षकमा केन्द्रित रहेरथारूभाषी विदयार्थीहरुले स्तरीय नेपाली उच्चारणमा गर्ने त्रुटिहरु पहिल्याउन, उक्तजिल्लाका सामुदायिक र संस्थागत विदयालयका कक्षा पाँचमा अध्ययनरत थारूभाषीविदयार्थीहरुले स्तरीय नेपाली उच्चारणमा गर्ने त्रुटिको तुलनात्मक अध्ययन गर्नु र उक्तत्रुटिहरु हुनाका कारणहरुपत्ता लगाउनु जस्ता उददेश्यहरु पुरा गर्ने हेतुले तयार गरिएकाछ ।
प्रस्तुत शोधपत्रमा निर्धारित उददेश्यहरु पुरा गर्न क्षेत्रीय अध्ययन विधिको प्रयोग गरीआवश्यकता अनुसार पाथमिक तथा दवतियक स्रोत सामग्रीको प्रयोग गरिएको छ ।सङकलन गरिएका प्राप्त तथ्याङकलाई आधार मानी व्याख्या विशलेषण गरी निष्कषनिकालिएको छ ।
यहाँ दोस्रो वा लक्ष्य भाषाको रूपमा नेपाली भाषा सिक्ने थारूभाषी विदयार्थीहरुलशब्द उच्चारण र निर्धारितकविता, संवाद रअनच्छेदको सस्वर पठनमा गरेका त्रुटिकाव्याख्या विश्लेषणका आधारमा प्राप्त निष्कर्षलाई निम्नानुसार बुँदागत रूपमा प्रस्तुतगरिएको छ ः
रेफ वा रकार लागेका ठाउँमा बढी त्रुटि गरेको पाइयो, जस्तै ः पर्वत = परवट ‘श’, ‘ष’ वर्ण निहित शब्दमा धेरै जस्तो ‘स’ कै उच्चारण र कहीँ कतै भने ‘ष’
वर्णको ठाउँमा ‘ख’ को उच्चारण गरेको भेटियो ।अधिकांश थारू मातृभाषी विदयार्थीहरुले त र ट वर्ण, अनुनासिक तथा ण र न
वर्ण उच्चारण गर्दा बढी मात्रामा त्रुटि गरेको भेटियो ।
‘ट’ र ‘थ’ वण प्रयुक्त शब्दको उच्चारणमा ६० प्रतिशतभन्दा बढीले ‘थ’ काठाउँमा ‘ठ’ वर्णको उच्चारण गरेको पाइयो, जस्तै ः थियो; ठियो ।
‘द’ र ‘ड’ वर्ण प्रयुक्त शब्दका ठाउँमा पनि अधिकांश विदयार्थीहरुले ‘द’ वर्णकासटटामा ‘ड’ वर्णको सटटामा ‘ड’ वर्णको प्रयोग गरेको पाइयो ।
पदयोग र पद वियोग प्रयुक्त शब्दहरुमा पनि ५० प्रतिशत जत्ति विदयार्थीहरुलपदयोगलाई पद वियोग गरी उच्चारण गरेको पाइयो, जस्तै ः घरभित्र = घर भित्र,हरबखत = हर बखत ।
कविता सस्वर वाचन गराउादा ८० प्रतिशतभन्दा बढी विदयार्थीहरुले लयपक्षलाई बेवास्ता गरी गति—यति पनि नमिलाई वाचन गरेको पाइयो ।
संवादको सस्वर वाचन गराउँदा भाषेतर पक्ष ७५%, चिह्न प्रयोगको ख्याल ३०%,आरोह अवरोह २८%, बलाघात ३५% ले त्रुटि गरेको पाइयो ।
