इलाम जिल्लामा पर्यटन व्यवसायले पारेको आर्थिक तथा शैक्षिक प्रभाव : एक अध्ययन (Ilam jillama paryatan byabsayale pareko arthik tatha saikshik prabhab; ek adhyayan)
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
सुदुर पुर्वी नेपालको इलाम जिल्लामा संचालन भइरहेका पर्यटन लक्षित व्यवसाय अर्थात “इलाम जिल्लामा पर्यटन व्यवसायले पारेको आर्थिक तथा शैक्षिक प्रभाव : एक अध्ययन” शोध पत्र लेख्नुको मुख्य उद्देश्य इलाम जिल्लामा रहेका पर्यटकीय क्षेत्रहरुको बारेमा पहिचान गरि उल्लेख गर्नु, इलाम जिल्लामा संचालित पर्यटन व्यवसायले व्यवसायीहरुको आर्थिक तथा शैक्षिक अवस्थाको अध्ययन गर्नु रहेको छ । यस अध्ययनको उद्देश्य प्राप्त गर्नको लागि परिमाणत्मक र गुणात्मक ढाँचाको प्रयोगबाट तथ्याङ्क संकलन गरी उक्त व्यवसायमा संलग्न ५६८ व्यवसायीहरु मध्ये समानुपातिक प्रतिनिधित्व हुने गरि अध्ययन क्षेत्रमा रहेका पर्यटन व्यवसायीहरु मध्ये, होटल÷लज संचालक, सवारी चालक, होम स्टे संचालक हर्स राईडर, पर्यटन लक्षित कृषि जन्य बस्तु उत्पादन गर्ने उत्पादकहरु मध्येबाट जम्मा १०० जना व्यवसायहरुहरु छनौट गरी प्रश्नावली, र स्थलगत अवलोकनलाई प्रमुख औजारको रुपमा लिइ अध्ययन गरिएको छ । तथ्याङ्क संकलनको क्रममा इलाम जिल्लाका प्रमुख पर्यटकीय क्षेत्रहरुमा गई तिनीहरुको बारेमा स्थलगत अवलोकनको क्रममा अवलोकन फारम निर्माण गरि आवश्यक सुचना तथा तथ्याङ्क संकलन गरिएको छ । त्यसैगरि अध्ययन क्षेत्रका नमुना छनौटमा परेका व्यवसायीहरुबाट प्राप्त सुचनाहरुलाई प्राथमिक तथ्याङ्कको स्रोतको रुपमा लिइएको थियो भने, मेची पहाडी पर्यटन प्रवर्धन समिति, इलाम पर्यटन प्रवर्धन सरोकार समिति, जिल्ला विकास समिति इलाम, केन्द्रीय तथ्याङ्क विभाग, पर्यटन मन्त्रालय पर्यटन विभाग र अन्य संस्थाहरुबाट प्रकाशित र अप्रकाशित तथ्याङ्कहरुको सहयोग लिइएको छ ।
इलाम जिल्ला सुदुर पुर्वी नेपालका प्रमुख गन्तव्य स्थलको रुपमा विकसित भइरहेको छ । यसको मुख्य आधार भनेको यहाँको हरियाली स्वच्छ शितल वातावरण नै हो । यस अध्ययनको क्रममा इलाम जिल्लामा सन्दकपुर, माइपोखरी, कन्याम, श्री अन्तु, सिद्धिथुम्का, छिन्टापु, इलाम नगरपालिका, माङ्सेबुङ, माङ्मालुङ्, गजुरमुखी, टोड्के झरना, हाँसपोखरी पाथिभरादेवी, पशुपतिनगर, हाँगेथाम÷चोयाटार, मिक्लाजुङ यस क्षेत्रको पयटकीय क्षेत्र र पर्यटन व्यवसायको प्रशस्त सम्भावना रहेका क्षेत्रहरु हुन ।
अध्ययनको लागि नमुना छनौट गरिएको क्षेत्रमा पर्यटनलाई लक्षित गरि होटल÷लज, होम स्टे, हर्स राइडिङ, सवारी चालक कृषि जन्य बस्तु उत्पादन गर्ने तथा अन्य पर्यटन लक्षित व्यवसाय गरि जम्मा ५६८ परिवारका व्यवसायीहरुको वर्तमान अवस्थाको बारेमा उल्लेख गरिएको छ । जसमा सबैभन्दा बढी होटल/लज संचालकहरु रहेको र होम स्टे व्यवसायीको सुरुवातको चरणमा रहेको छ ।
अध्ययन क्षेत्रमा रहेका व्यवसायीहरुको व्यवसायगत औषत बार्षिक आम्दानी, खर्च तथा बचतको अवस्थालाई अध्ययन गरि विश्लेषण गरिएको छ । जसमा होटल संचालकले औषतमा सबैभन्दा बढी औ.रु. १२,५०,००० आम्दानी गर्ने गरेको पाइयो भने सवैभन्दा कम लगानी औ रु. १,५०,००० गर्दा औ.रु. ५,००,००० हर्स राइडिङ् व्यवसायले आम्दानी गरेको देखिन्छ जुन अन्य व्यवसायीहरुको औषत लगानीको तुलनामा बढी रहेको देखिन्छ ।
पर्यटन व्यवसाय र पर्यटन व्यवसायमा संलग्न परिवारका अन्य सदस्यहरुको गैर पर्यटन व्यवसायबाट हुने आम्दानीलाई तुलना गरीएको छ । पर्यटन व्यवसायबाट औषत बार्षिक आम्दानी रु. ७,८३,३३३.३३ रहेको छ भने गैर पर्यटन व्यवसायमा औषत बार्षिक आम्दानी रु. ४,१०,००० रहेको छ । जुन गैर पर्यटन व्यवसायको औषत बार्षिक आम्दानी भन्दा रु. ३,७३,३३३.३३ ले बढी हुन आँउछ ।
पर्यटन व्ययवसायको किसिम, संख्या औषत बार्षिक आम्दानी, खर्च र बचतको विवरण अध्ययन गरि प्रस्तुत गरिएको छ । जस अनुसार बढी आम्दानी रु. १२,५०,००० हुने होटल व्यवसायको खर्च रु. ५,००,००० देखिन्छ जुन अन्य व्यवसायको भन्दा औषतमा बढी हो । व्यवसायगत आम्दानी तथा खर्च र बचतको अवस्थालाई हेर्दा व्यवसायीहरुको औषत बचतमा सन्तोषजनक अवस्था देखियो । त्यसैगरी पर्यटनलाई आधार मानेर व्यवसाय संचालन गर्ने संचालकहरुको व्यवसायगत हुने विभिन्न खर्चको क्षेत्र जम्मा औषतमा हुने खर्चको विवरणलाई समेत अध्ययनमा विश्लेषण गरिएको छ ।
व्यवसायीहरुको व्यवसाय संचालनको लागि व्यवसाय संचालनको लगानीको आधारलाई अध्ययनले विश्लेषण गरेको छ । संक्षेपमा भन्नु पर्दा पर्यटनलाई प्रमुख आधार बनाएर संचालन गरिने व्यवसायको सुरुवातको लागि कम्तीमा ५० प्रतिशत रकमको मैज्दात हुन आवश्यक देखिएको छ । लामो समयदेखि यस क्षेत्रमा दर्ता भइ सचंलन भइरहेकका व्यवसायहरु संचालन गर्नका लागि चाहिने कम्तीमा २५ प्रतिशत सहयोग स्थानीय बित्तिय संस्थाहरु तथा चिनजानका साथीभाई तथा साहुमाजनको ऋण सहयोगमा सचंलन भइरहेको देखिन्छ भने होम स्टे संचालनका लागि उपयुक्त स्थानमा घर भएको खण्डमा सामान्य वस्ने कोठा तथा खानेकुराको व्यवस्थापनका लागि चाहिने मात्र रकम लगानीले सचंलन गर्न सकिने देखिएको छ ।
नमुना छनौटमा परेका व्यवसायीहरुको शिक्षाको अवस्थालाई हेर्दा निरक्षर व्यवसायीहको संख्या शुन्य पाइएको छ । अध्ययन क्षेत्रका रहेका पर्यटन व्यवसायीहरु सामान्य साक्षर सम्म रहेका छन् । साक्षर मात्र भएका व्यवसायी संख्या ६ प्रतिशत छ भने ३४ प्रतिशत व्यवसायीहरुले उच्च मा.वि. सम्म अध्ययन गरेको पाइयो जुन अन्य व्यवसायीहरुको संख्याको तुलनामा सबैभन्दा उच्च संख्या हो ।
व्यवसायीहरुका विद्यालय जाने उमेर समुहका बालबालिकाको अवस्थालाई हेर्दा १०० परिवारका जम्मा ६० जना बालबालिका रहेकोमा ४९ जना बालबालिकाहरु निजी विद्यालयमा अध्ययन गर्दै गरेको पाइन्छ । त्यसमा पनि १६ जना बालबालिकाहरु जिल्ला बाहिरका निजी विद्यालयमा अध्ययन गर्दै गरेको अध्ययनले देखाएको छ । सरकारी विद्यालयमा जाने विद्यार्थीहरुको संख्या कम हुनुमा व्यवसायीहरुको आर्थिक अवस्था सवल रहेको तथा हाल निजी विद्यालयको तुलनामा सरकारी विद्यालयको शैक्षिक विश्वासनियता कम रहेको देखिन्छ ।
अध्ययनका क्रममा अध्ययन क्षेत्रमा रहेका व्यवसायीहरुका व्यवसायगत विभिन्न समस्याहरुहरुका बारेका विश्लेषण गरिएको छ । मुख्य रुपमा भाषाको समस्या, तालिमको अभाव, भू–स्वामित्वको समस्या, व्यवसाय संचालन गर्ने छुट्टै ठाँउको समस्या, व्यवसाय तथा व्यवसायीहरुका सूरक्षणको समस्या तथा कतिपय व्यवसायको बारेमा सुचना संचार र व्यवसाय दर्ता सम्बन्धी लगायतका समस्याहरुका वारेमा विश्लेषण गरिएको छ ।
यो अध्ययनमा समावेश पर्यटन व्यवसाय तथा व्यवसायीहरुका समस्या समाधानका उपायहरुको समेत चर्चा गरिएको छ । व्यवसायीहरुलाई समय समयमा तालिम तथा अभिमुखिकरणको व्यवस्था हुनुपर्ने, व्यवसाय तथा व्यवसायीका सुरक्षा, व्यवसाय संचालन गर्ने छुट्टै स्थानको व्यवस्था गर्नु पर्ने जस्ता विविध समाधानका उपायहरु समेत खोजी गरि व्याख्या विश्लेषण गरिएको छ ।
